जुगल भुर्तेल सरको एउटा पुरानो ब्लग पढेपछि मनमा केहि लेखु जस्तो लाग्यो. अनि लेख्न सुरु गरे "बाल्यकालको राजनिती". हामीलाई सानामा राजनीति के कस्तो हो भन्ने खास केहि थाहा हुदैन तर चाख बहुत हुन्छ. कम्तिमा मलाइ चाही सानै देखि राजनीतिमा चाख थियो. धेरै राजनीतिक बिचार हरु सुनियो सानामा र एउतै प्रश्न मनमा सधै आइरह्यो, "कसले भनेको चाही सहि हो?"
मैले प्रजातन्त्र, बहुदल जे भन्नुहोस- त्यो जाने सुनेको भनेको २०४६ को जनआन्दोलन पछि मात्रै हो. त्यो आन्दोलनको बारेमा मेरो अनुभब र राजनीतिका अरु कुराको बारेमा केहि पहिलेका दुइटा ब्लगमा कनिकुथी केहि लेखेको छु. हेर्ने भए यहा छ. Part I Part II
त्यो आन्दोलन को सफलता पछि मैले के थाहा पाए भने हाम्रा बाउ त् सार्है क्रान्तिकारी रहेछन. कम्युनिस्ट भएर प्रजातन्त्र ल्याउन सिक्षक को सरकारी जागिर नै छोडेर हिनेका र सानोतिनो नेतानै भएका रहेछन गाउका. अब घरमै नेता भेटे पछी "बाइ डिफल्ट" कम्युनिस्ट भए म. मेरा बाउले राजनिती गरेर जीवनमा के पाए, त्यो उनैलाई थाहा छैन अहिले. अब बुडा भएका बाउलाई यो उमेरमा हिसाब माग्ने कुरो पनि भएन. तर उनको राजनीति को दौडाइले घरमा आय बन्द भयो. परिवार पाल्न हम्मे भयो. हामि पहिले देखिकै गरिब. छोराछोरी पाल्न झनै साह्रो भयो. अनि "गरिबको पार्टि" कम्न्युसिट भन्ने हाम्रैलागी भने जस्तो भो.
मैले प्रजातन्त्र, बहुदल जे भन्नुहोस- त्यो जाने सुनेको भनेको २०४६ को जनआन्दोलन पछि मात्रै हो. त्यो आन्दोलनको बारेमा मेरो अनुभब र राजनीतिका अरु कुराको बारेमा केहि पहिलेका दुइटा ब्लगमा कनिकुथी केहि लेखेको छु. हेर्ने भए यहा छ. Part I Part II
त्यो आन्दोलन को सफलता पछि मैले के थाहा पाए भने हाम्रा बाउ त् सार्है क्रान्तिकारी रहेछन. कम्युनिस्ट भएर प्रजातन्त्र ल्याउन सिक्षक को सरकारी जागिर नै छोडेर हिनेका र सानोतिनो नेतानै भएका रहेछन गाउका. अब घरमै नेता भेटे पछी "बाइ डिफल्ट" कम्युनिस्ट भए म. मेरा बाउले राजनिती गरेर जीवनमा के पाए, त्यो उनैलाई थाहा छैन अहिले. अब बुडा भएका बाउलाई यो उमेरमा हिसाब माग्ने कुरो पनि भएन. तर उनको राजनीति को दौडाइले घरमा आय बन्द भयो. परिवार पाल्न हम्मे भयो. हामि पहिले देखिकै गरिब. छोराछोरी पाल्न झनै साह्रो भयो. अनि "गरिबको पार्टि" कम्न्युसिट भन्ने हाम्रैलागी भने जस्तो भो.
हामीलाई "बाइ डिफ़ल्ट" कम्युनिस्ट बन्न घरमै उपलब्ध नेता भन्दा पनि अन्य आफन्त का किस्सा र कहानीले झन् सहयोग गरे. मेरो दाइहरु बाट के सुने मैले भने बुवाका मावलीहरुले त बुवालाई झन् धेरै दुख दिएका रहेछन हाम्रा बाउ कम्न्युसिट भए भनेर. मावली ले नै पुलिसमा खबर गरिदिएर पुलिसले घरमा छापा मार्या थियो रे. सबै "राता गाता भएका किताब" पुलिसले लिएर गएर गाड्यो रे, जलायो रे. ति मावलीहरु प्रजातन्त्र आएपछि खर्लप्पै कांग्रेस भए. अनि हामीमा कम्युनिस्ट हुनुभन्दा अर्को कुनै बिपकल्प नै थिएन.
अहिले सोच्दा हाम्रा दाजुहरु को कहानी मलाइ अलि हावा लाग्छ. तर ठुलो भएर अलिकति जान्ने सुन्ने भए पछि फेरी हामी दाजुभाइ साथ् बसेर कहिले पनि यो कुरामा छलफल गरेनौ. बेकारको "टाइम खराब" गर्न कसलाई समय छ र! सायद सबैलाई यहि लाग्यो.
तर उ जमानामा को राम्रो, को नराम्रो भन्ने कुरा एउटा मै भर पर्थ्यो- फलानो कम्युनिस्ट हो कि होइन? धनि जति सबै कांग्रेस अनि खराब, अनि गरिब र सर्बहाराको पार्टी कम्युनिस्ट - असल पार्टी -हाम्रो बुझाइ त्यती थियो. सबै चार खुट्टे असल, सबै दुइ खुट्टे खराब भनेर ओरेल ले भने जस्तो. ठ्याकै त्यस्तै तरिकाले दिमाग मा कम्युनिस्ट को चित्र घुसाइदियेका थिए त्यति बेलाका जान्ने सुन्नेले.
मेरो बुझाइलाइ अझै मलजल के ले दियो भने मैले मावल गएर बसेर पढ्नुपर्ने भो - घरको गरिबीले गर्दा. तर त्यो मावल मेरो मावल थियो - मेरो आमाको माइती. त्यो मैले माथि भनेको मेरा बाउको मावली चाही मेरा बाउकी आमाको माइती. म मावल आइपुगे चार कक्षा बाट पढाइ सुरुगर्न चन्द्रगढी - ३, झापा.
मेरा मावलीहरु अलिकति धनी थिए. धनी ता के भन्नु - खानको समस्या थिएन, मावली हजुरबुवा जजमानी गरेर कमाउनुहुन्थ्यो, अलिकति जग्गा र घरमा गाइ गोरु. गाउमा त्यति भए पछि जीवन चलिहाल्थ्यो त्यो बेला. छोरीको दुख सम्झेर मलाइ बिए सम्म पढाइदिन्छु भनेर ल्याउनुभो.
रमाइलो के भैदियो भने कासी गएर पढेर आएका मेरा हजुरबुवा कांग्रेश, बाउको सिको गरेर मामा कांग्रेस अनि बिहे नगरेकी दुइटी छोरी समेत सबै अरु बाकी पाच छोरी र ज्वाइहरु कम्युनिस्ट. बाउआमा कम्युनिस्ट भए पछि हामी नाती नातिना (चल्लाहरु) हरु "उम्रिदैका तिन पात कम्युनिस्ट". हजुरआमा भान्सामै व्यस्त - राजनितीमा काला अक्षर.
पाहुना आएका दिन त्यो घरमा राजनीतिक छलफल गजबका हुन्थे. हुन् ता सबै आ-आफ्नो काममा ब्यस्त भए पनि सबैलाई छ बजे खाना खाए पछि नौ नबजुञ्जेल टुकी को उज्यालो मा आआफ्नो राजनीतिक दर्शन भन्न समय मिल्थ्यो. पहिलो आम निर्बाचनमा कांग्रेसले जितेको थियो, हजुरबुवा दङ्ग. सके सम्म सभ्य शब्द प्रयोग गरेर हजुरबुवा कम्युनिस्टलाई गालि गर्नुहुन्थ्यो. ससुराले जे भने पनि ज्वाईहरु, चुपचाप लागेर सुन्थे मात्रै - बुडा बाउ समानका मान्छे को आदर गर्न होला. तर मलाइ चाही भित्रभित्रै उकुसमुकुस हुन्थ्यो. एकदिन मैले मुख खोल्ने निधो गरे. हजुरबुवा र म छलफल गर्न थालेउ किन हजुरबुवा गलत भनेर. मलाइ थाहा पाए सम्म सबै कुरा भने किन कम्युनिस्ट राम्रा भनेर. जंगिनु भो हजुरबुवा - "तलाई टाउको काट्ने मान्छे राम्रो लाग्न थाले? आरके (राधाकृष्ण मैनाली) र सीपी (चन्द्रप्रकाश मैनाली) मिलेर गरिब राजबंशी को टाउको काट्या छन् अनि तिमेरु तेस्तालाई नेता मान्छौ!"
मलाई आरके र सिपीले गरिब राजबंशीको कहा कहिले टाउको काटे थाहा थिएन. अब बुढा मान्छे लाइ के जवाफ दिने? मैले जाने जति दर्शन ता अघि नै भट्याइसके. त्यतिकैमा तल भान्साबाट बोलावाट आयो सानीमा (आन्टी) को. सहि समयमा बचाउ आयो भनेर दङ्ग परेर आए तल. कम्युनिस्ट आण्टीहरु बाट दामी गाली खाइयो: हजुरबा सग आइन्दा राजनीतिक कुरामा बहस नगर्नु. म रनभुल्लमा परे. चुप लागे. तर सोचे के हो यो मैले ता आण्टीहरुकै पार्टीको बचाउ गर्या थिए. उत्तर थिएन उसबेला तर अहिले लाग्छ घरभित्र राजनीतिक गफ हान्नु भनेको चाही "कमन पिपल" का लागी "वेस्ट अफ टाइम" नै हो. त्यो जमानामा सानिमाहरुले पनि त्यहि सोचे.
त्यो दिनको छलफल त्यति मै सकियो तर मनमा कौतुहल रहिरह्यो. सिपि को बारेमा ता मैले गजब का कहानी मात्रै सुनेको थिए - उनले कसरि जेल मुनि सुरुङ्ग खनाएर भागेका थिए रे. सधै उच्च सब्दमा पन्चहरुलाई चक्मा दिने नेता भनेर सुनेको हो उनको बारेमा. कसैले उनले टाउको पनि काटे भनेर त मलाइ भनेन. जान्न एकदमै मन लाग्यो.
तर घरमा राजनीतिका कुरै नगर्नु भनेर "फतवा" आए पछि मैले त्यहा केहि जान्न पाइएला भनेर आसै नगरे हुन्थ्यो. अनि बाहिरको सहारा लिन थाले.
मैले भने नि अघि हाम्रो मावली धनी थियो. दुइ दुइ वटा साइकिल थिए घरमा.
कहिले काही मिलमा गएर चामल र चिउरा कुटाउन सकोस नातीले भनेर साइकिल चलाउने छुट थियो मलाइ. साइकिल लिएर हान्निए. राधाकृष्ण र सीपीको पुरानो घर तिर. त्यो घरमा मेरो साथि (खड्का) हरु बस्थे. पहिले मेरै साथीले भन्यो जे जति उसले जानेको. अनि थाहा पाए दुवागढी/धाइजन/ज्यामिरगढ़ी कतै बस्ने गरिब राजबंशीलाई पुलिसलाई सुचना दिएको भनेर कमरेड हरुले सफाया गरेका रहेछन. मैले ता सुनेको थिए कांग्रेसहरु फटाहा हुन्छन, झुट बोल्छन. नाइँ. हजुरबाले बोलेकै कुरा ठिक रहेछ. अनि म कस्तो कम्युनिस्ट? कम्युनिस्ट भनेर गर्ब गर्न थाल्दा नथाल्दै सोच्नुपर्ने बेला आयो.
********************************
हजुरबुवासग बिबाद भएको दिन पश्चात हजुरबुवाको ब्यबहार पनि अलि बदलियो म प्रति. हकार्ने, झपार्ने भन्दा पनि अलि "सिरियस" कुरा पनि म सग "सेयर" गर्नुहुन्थ्यो हजुरबुवा म कच्चा केटाकेटी नै भए पनि.
एकदिन पारिखेत दुवागढीमा धानबारीमा पानी लगाएर फर्कदै थियौ. हडिया खोला तर्नुपर्ने थियो. अलिमाथी डाडामै थियौ हामी. हजुरबुवाले भन्नुभो पुहातुबारी हाइस्कुल तर्फ देखाउदै, "नानी, त्यो हाइस्कुलको छानो देखिस नी, त्यो हामीले सिल्गुडीबाट लिएर आएका. त्यस्तो खालको बाक्लो सिमेन्टेड छानो यो गाउमै पहिलो चोटी हो". "राधाकृष्ण (मैनाली) हरुको पनि साथ् थियो!" म उहालाई सुनिमात्र रहे. हजुरबा भन्दै जानुभो, "एकदिन हामी सबै मिलेर यो गाउको बिकासको बारेमा कुरा गर्दै थियौ, आरके र सिपी जुरुक्क उठेर जंगिए मसग र भने हो! यहि बिकासको कुरोमा त तपाइँ र हाम्रो नीती मिल्दैन"
"नानी! मैले बुझिन त्यो दिन उनीहरु किन कड्किए किनकि म ता उनीहरुले जिताएर नै चन्द्रगढ़ी गाबिसको प्रधान्पंच बनेको. अलि दिन पछि राजबंशीलाई मारेछन अनि मैले थाहा पाए उनीहरुको नीती"
हजुरबुवाले त्यति भन्दा हामी खोला तरी सकेर घर छेउको बारीमा आइपुगेका थियौ. साझ परिनै सकेको थियो. घर पस्नु पहिले हजुरबुवाले फेरी भन्नु भो बारीको एक कुना देखाएर, "जब उनीहरुले राजबंसीलाई मारे भन्ने थाहा पाए, उनीहरुद्वारा सम्पादित सबै पत्रिका मैले त्यहा खाल्डो खनेर गाडिदिये"... उहा गाइ दुहुन बाल्टी माग्दै भान्सा भित्र पस्नुभो, म बारीको कुनो हेरिरहे.
पहिलो चोटि जीवनमा सिरियस भएर सोच्न बाध्य गरायो, "कम्युनिस्ट बन्ने की नबन्ने!".....बाकी अर्को अंकमा.
No comments:
Post a Comment