Showing posts with label France Visit. Show all posts
Showing posts with label France Visit. Show all posts

Monday, 24 December 2012

पेरिस भ्रमण - फर्केर हेर्दा - भाग तिन (अन्तिम भाग)

मेट्रोमा चढेर हामी कन्कोर्ड़े पुग्येउ। कन्कोर्ड़े को बारेमा ज्यादा जानकारी यहा छ। http://en.wikipedia.org/wiki/Place_de_la_Concorde

तपाइले फ्रेन्च रिभोलुसनको बारेमा ता सुन्नु भएको होला। हो यही ठाउमा फ्रेन्च रिभ्लुसनको क्रममा राजा लुइस सोर्हौ लाइ 21 जनवरी 1793 मा मारिएको थियो। फोटो मैले विकिपेडिया बाट लिएको हु।

तेसपछि हामि पेरिस गए पछि जानै पर्ने आइफेल टावार तर्फ लागेउ। आइफ़ेल टावर सेन नदीको किनार मा छ। यहा पुगेर यसलाई उज्यालोमा मजाले हेरे पश्चात नौका चढेर सेन नदीको यात्रा गरियो। 11 युरोमा करिब एकघन्टा को यात्रा सकिदा रात परि सकेको थियो। आइफ़ेल टावरमा सबै बती जलिसकेका थिए र यो रोसनी नै रोशनी को बिचमा चम्की रहेको थियो। हुन ता केहि पैसा तिरेर (सायद 12 युरो मा) आइफ़ेल टावर चढ्न पाइन्छ तर यसको टिकट काट्न निकै लामो लाइन लाग्नु पर्छ। लाइन लाग्नैइ 2-3 घण्टा लाग्ने हुदा हामि यसमा नचढी फर्कने निधो गर्यौ।


आइफेल टावर हेर्दा थाहा हुन्थ्यो- पेरिस एउटा रोमान्टिक सहर हो। यहा आइफ़ेल टावरको ब्याक्ग्राउण्ड मा किस क्यामरा मा कैद गर्न धेरै जोडी हरु तछाड मछाड गरिरहेको सजिलै देख्न सकिन्थ्यो।



(आइफेल टावर अगाडि एउटा मिठो याद दिलाउने चुम्बन लिदै प्रेमी प्रेमिका र त्यो समय कैद गर्ने उनीहरुको प्रयास)



(सेन नदीमा बेजोडले दौडी रहेको डुंगा )


(जल्दो बल्दो आइफेल टावर - रात्रीकालिन समय )


(लुभ्रे म्युजियम बाहिर - लुभ्रेको बारेमा धेरै जान्न यहा हेर्नुहोला  http://en.wikipedia.org/wiki/Louvre )



(Cathedral Notre Dame de Paris - Photo Source: Wikipedia) धेरै जान्न यहा http://en.wikipedia.org/wiki/Notre_Dame_de_Paris



The Basilica of the Sacred Heart of Paris, commonly known as Sacré-Cœur Basilica (French: Basilique du Sacré-Cœur, pronounced [sakʁe kœʁ]), is a Roman Catholic church and minor basilica, dedicated to the Sacred Heart of Jesus, in Paris, France. धेरै जान्न यहा http://en.wikipedia.org/wiki/Sacr%C3%A9-C%C5%93ur,_Paris

 This is The Arc de Triomphe. The Arc de Triomphe (Arc de Triomphe de l'Étoile) is one of the most famous monuments in Paris. It stands in the centre of the Place Charles de Gaulle (originally named Place de l'Étoile), at the western end of the Champs-Élysées.[3] There is a smaller arch, the Arc de Triomphe du Carrousel, which stands west of the Louvre. The Arc de Triomphe (in English: "Triumphal Arch") honours those who fought and died for France in the French Revolutionary and the Napoleonic Wars, with the names of all French victories and generals inscribed on its inner and outer surfaces. Beneath its vault lies the Tomb of the Unknown Soldier from World War I.

धेरै जान्न यहा http://en.wikipedia.org/wiki/Arc_de_Triomphe

National Assembly of France http://en.wikipedia.org/wiki/French_National_Assembly

सेन नदीमा डुंगा मा यात्रा गर्ने क्रममा हामीलाई पेरिसको बारेमा धेरै बर्णन सुनाइयो। यसको कला, संस्कृति र यसको म्युजिकको बारेमा धेरै सुन्न पाइयो। यहा भएको युनिभर्सिटी, म्युजियम को पनि राम्रो बखान सुनियो। कसरि यसले दोस्रो बिस्वयुद्ध ताका दुख खेप्नु पर्यो र कसरि यसले सबै दुख बिर्सेर अघि बढ्यो भन्ने बडो राम्रो कमेंट्री सुन्न पाउदा पेरिस भ्रमण साच्ची नै मनमोहक भयो।



मोर अन आइफेल टावर यहा http://en.wikipedia.org/wiki/Eiffel_Tower
 त्यो दिनको टुर तेतिमै सिमित भयो।

भोलिपल्ट उठियो। पहिले लुभ्रे म्युजियम गइयो, तेस पश्चात साक्रे कुर चर्च र सेन्ट नोट्रेदाम क्याथेड्रल हेरियो। बाकी भएको दिन  ओपेरा र फ्रान्सको संसद भवन तिर वाक गरेर बिताइयो। तेस्तै आरक दे त्रीउम्फ पनि हेरेउ हामीले.

सबै ठाउ लाइ कभर गर्ने गरि मैले माथि फोटो राखेको छु र सानो कमेन्ट र फरदर Links हरु पनि दिएको छु।

पेरिस भ्रमण यत्ति नै। सुझाब को आस छ। मेरो ब्लग हेर्दै गर्नुहोला। 

(यस भ्रमणको भाग एक - http://nepalikabitagajal.blogspot.com/2012/12/blog-post.html  र दुइ - http://nepalikabitagajal.blogspot.com/2012/12/blog-post_22.html यहाँ छ)

Friday, 21 December 2012

पेरिस भ्रमण - फर्केर हेर्दा - भाग एक

केहि दिन अघि पेरिस (Paris - the capital of France) , फ्रान्सको राजधानी जाने मौका मिल्यो। यो मेरो दोस्रो पेरिस भ्रमण थियो। मैले काम गर्ने एनजीओको रिपोर्ट सबमिट गर्न भनेर मा पेरिस पुगेको थिए। काम भयो दुइ चार दिन निरन्तर। अनि अन्तिमका तिन दिन पेरिस हेर्ने अवसर मिल्यो।

भनि हाले पहिले पनि गएको थिए यहि वर्ष मार्च मा। तेती बेला पनि मिलेको थियो दुइ दिन पेरिस हेर्न र मुख्य मुख्य ठाउ हरु हेरिसकेको थिए। यसपटक पनि तिनै मुख्य मुख्य ठाउहरु हेरे। तर पहिलेको तुलना मा बढी समय पाए। पेरिसलाई गहिरिएर हेरे। नजिकबाट बुझ्ने कोसिस गरे। दोस्रोपटक भएर होला - ट्राभेलिंग अलिक इजी लाग्यो। त्यो पेरिसमा दौडने सर्प जस्ता मेट्रो ट्रेन हरुका कनेक्सन राम्ररी बुझे। आज तिनै अनुभब हरुका बारे लेखने जमर्को गरेको छु।

पेरिसलाई कला (Arts) , संस्क्रिती (Culture), आर्किटेक्चर (Architecture) र फेसन (Fashion) को सहर भन्दा रहेछन र यो साच्ची नै तिनै कुरा हरुको प्रतिनिधित्व गर्दछ।

कुरा सुरु गरौ फेसन बाट। पेरिस साच्ची नै स्वतन्त्रताको प्रतिक हो। यहा मान्छेको कला लाइ निर्बाध देखाउने अवसर छ। यो अवसर आज बाट हैन। यो धेरै पहिले बाट स्वतन्त्र हो र धेरै नै फेसन का ब्रान्ड हरु पेरिस मा ओरिजिन भएका छन्। ति राम्रा र चिटिक्क मिलेका भवन हरुमा रहेका आकर्सक सपिङ्ग मल हरु हेर्दा लाग्छ - सबै कुरा यहि बाट किनी हालु। तर मूल्य यति बढी कि किनी हाल्न चाही नसकिने। हेरेरै चित्त बुझाए मैले चाही।

कला र आर्किटेक्चर मा चाहि यो सहर संसारकै सार्है राम्रा सहर हरु मध्ये अग्र स्थान मै आउछ। कुरोलाई अघि बढाउ  यहि बाट पेरिस मा के के देखियो र कसरि पेरिस घुमियो भन्ने बारेमा.

म पेरिस सहर ट्रेन बाट छिरेको थिए। पेरिसमा गारे डेल इस्ट (Gare De'l Est) , गारे डेल नोर्ड (Gare Del Nord)  अनि गारे डेल ल्योन (Gare Del Lyon) जस्ता प्रमुख ट्रेन स्टेसन छन्। तपाइँ कहा बाट आउनु भएको हो त्यस्कुरामा डिपेण्ड हुन्छ ट्रेन कहा रोकिन्छ भन्ने। म 250 - 350 किलोमिटर प्रतीघंटा को गतिमा दौडने टिजिएफ़ (TGF) (फ्रान्सको ट्रेन) चढेर गारे डेल इस्टमा उत्रिए रातिको 11.30 बजे को लोकल समय अनुसार। 

Some Photos from Gare de Paris-Est Train Station



(Screens which shows Train Schedules)


(Superfast - ICE - Deutsch Bahn - More from http://en.wikipedia.org/wiki/Intercity-Express )


SNCF - TGV - High Speed French Trains (More: http://en.wikipedia.org/wiki/SNCF_TGV_R%C3%A9seau




(Information Board in French and English)



(Mall like environment inside Train Station)


(More information on Gare de Paris-Est Train Station: http://en.wikipedia.org/wiki/Gare_de_Paris-Est

हामी चार जना थियौ। होटल गारे डेल इस्ट र गारे डेल नोर्ड दुवै ट्रेन स्टेसन बाट नजिकै पर्ने गरि बुक गरिएको थियो। चार जना एउटै रुम मा रहने गरि होटल तिन दिनका लागि बुक गरिएको थियो। तिन दिनको 440 यूरो। के सार्हो महँगो। हिडेर नै होटल जाने प्लान थियो तर रातको 11.30 पिअम मा पुगिएला न पुगिएला भनेर ट्याक्सी लिने बिचार गरियो। ट्याक्सी लिएर होटल पुगेउ। नजिकै रहेछ। मात्र 6 युरो को बिल थियो। ट्याक्सी ड्राइभर ले फ्रेन्च मा के के भन्न थाल्यो। अलि अलि बुझियो। डेढ़ भाडा लाग्छ भन्ने रातको समय भएकाले। कनी कनी ड्राइभरले बिल दियो लेखेर 9 यूरो 40 सेन्ट को। मैले तेस्का हातमा 10 यूरो थमाए र भने मर्सि (Merci in French means Thank you! धन्यबाद )


युरोपका आफ्नै भाषा छन्। इन्ग्लिश युरोपको भाषा हैन। फ्रेन्च हरु ता एङ्ग्लिश पटक्कै बोल्दैनन। थाहा पाएको थिए मैले। सिके दुइ चार सब्द र तेसैले काम चलाए। 

राति गइयो र होटल मा सुतियो। बिहान उठियो र होटल मै आठ यूरो पे गरेर ब्रेकफास्ट गरियो अनि 9 बजे तिर बिहान घुम्न निक्लेउ हामी। सनिबार को दिन थ्यो त्यो। 

सबै भन्दा राम्रो पक्क्ष पेरिसको के हो भने यसको चारै तिर मेट्रो ट्रेनको राम्रो कनेक्सन छ। अझ हामि ता पेरिसको हार्ट मै बसेका थियेउ। हाम्रो होटल बाट केवल दुइ सय मिटरको दुरीमा दुइवटा मेट्रो स्टेसन रहेछ। त्यो बिहान थाहा पायेउ। होटल ले दिएको फ्री को म्याप हेरेर। अनि होटल को रिसेप्सन मा अंग्रेजी बोल्ने मानिस रहेछन तिनलाई सोधपुछ गरेर। पेरिसका प्राय सबै होटल मा फ्रीको म्याप पाइन्छ यो राम्रो कुरा हो।  

हामि बसेको होटल बाट केवल दुइ सय मिटर को दुरीमा रहेका दुइवटा मेट्रो स्टेसन हरु Grands Boulevards (Paris Métro) (More from Here: http://en.wikipedia.org/wiki/Grands_Boulevards_(Paris_M%C3%A9tro)  and  
Bonne Nouvelle (Paris Métro) (More from Here: http://en.wikipedia.org/wiki/Bonne_Nouvelle_(Paris_M%C3%A9tro

रहेछन। हामी तेती तिर लाग्येउ। कुन टिकेट लिने मेट्रो को र कसरि युज गर्ने भनेर नेट मा राम्रै रिसर्च गरेका थियेउ जानु अघि। तेसैले डाइरेक्ट गएर पेरिस दुइ जोनको डे टिकट लियियो। लगभग प्रति व्यक्ति 6.80 युरो पर्यो। 

(More Details on how to buy and which ticket to buy can be read from many websites and blog but we found this very very useful http://parisbytrain.com/ . If you are going to visit Paris, do not forget to read this website in details before you go there. This makes your transportation within Paris very very easy.)

मेट्रो को पास लिएर हामि लाग्येउ पेरिस घुम्न अनि पहिले गयेउ.......................................

 क्रमश: (अर्को ब्लगमा)




(रिमाइण्डर नोट: यो ब्लग को दोस्रो भाग यहा छापिएको छ  http://nepalikabitagajal.blogspot.com/2012/12/blog-post_22.html )