Friday 26 June 2015

कागजात प्रमाणीकरण सम्बन्धि नेपाली ब्यबस्था: नेपालको कानुन, कठै! नेपालीले के जानुन - भाग दुइ

कागजात प्रमाणीकरण सम्बन्धि नेपाली ब्यबस्था: नेपालको कानुन, कठै! नेपालीले के जानुन - भाग दुइ

- घनश्याम खड्का, हाल: दिल्ली, भारत/स्थायी ठेगाना: काकरभिट्टा, झापा

अनुभबको आधारमा तयार गरेको यो लेखमा मैले नेपालमा कागजात प्रमाणीकरण कसरि गर्ने, र कँहा कँहा कस्तो दुख पाउने भन्ने बारेमा चर्चा गरेको छु।

नेपालमा कागजात प्रमाणीकरण को बारेमा एउटा लेख लेख्न सुरु गरेको थिए। यता छ पहिलो भाग । त्यो पढेर मात्रै यो पढ्नु होला अनि बुझ्नुहुन्छ सबै कुरा।

अब कथालाई नया मोडमा लगौ है त।

मानौ पररास्ट्र को कन्सुलर अफिस जुन त्रिपुरेश्वर काठमान्डू मा छ त्यहा बाट जसो तसो कागजात दुख पाई नपाइ प्रमाणित गर्नु भो (मतलब छाप लगाउनु भो) अब तपाइँ दौडेर गएर जुन बिदेशी दुतावासले त्यो कागज मागेको हो त्यहा गरेर बुझाउदा भो यदि त्यो देश को दुतावास नेपालमा छ भने। मानौ त्यो देशको दुतावास नेपालमा छैन तर भारत को राजधानी दिल्लीमा छ भने अलि बढी काम गर्नुपर्छ तपाइले।

पहिलो काम ता दिल्ली आउनुपर्यो, अनि दिल्ली आएपछि त्यो देशको दुतावासमा गएर त्यो कागज बुझाउने बित्तिकै त्यसले लिइ हाल्छ भन्ने छैन। त्यो देशको दुतावास नेपालमा नभएको कारणले त्यो देशको दिल्ली दुतावासमा त्यो कागज बुझाउनु अघि तपाइले नेपाली दुतावास नयादिल्लीबाट त्यो कागजमा अर्को एउटा छाप लगाउनुपर्छ। अनि मात्रै त्यो कागज उनीहरुले (बिदेशी देशको दिल्ली दुतावासले) बुझ्नेछ। तसर्थ जुन जुन देश को दुतावास नेपालमा छैन त्यहा बुझाउने कागजात मा नेपाली दुतावासको छाप हुनु जरुरि छ।

उदाहरण का लागि तपाइँ क्युबा जादै हुनुहुन्छ। मानौ (मलाइ तथ्य थाहा नभएर मानेको यहा, तपाइलाइ कुरो बुझाउन) क्युबाको दुतावास नेपालमा छैन र नेपालको दुतावास पनि क्युबामा छैन र तपाइँ क्युबाको न्युदिल्ली दुतावासबाट विसा लिदै हुनुहुन्छ भने तपाइले क्युबाको दुतावास दिल्लीमा बुझाउनुपर्ने कागजातमा(जस्तै: तपाइको जन्मदर्ता, बिबाह दर्ता, अबिबाहित स्थितिको प्रमाणपत्र, नेपाल प्रहरीबाट प्राप्त चारित्रिक प्रमाणपत्र आदि इत्यादि) नेपाली दुतावास दिल्लीले एउटा छाप थपे पछि मात्रै क्युबाको दुतावास दिल्लीले लिन्छ। यो कुरा ध्यान दिनुहोला। प्राय सबै देशमा बुझाउनु पर्ने कागजात यहि प्रक्रियाबाट बुझाउनुपर्दछ।

नेपालको दिल्ली दुतावासमा छाप लगाउन त्यति गाह्रो छैन। एउटा सादा कागजमा निबेदन लेखेर दिए हुन्छ। किन चाहियो, के कागज हो, कसको भन्ने खालका सामान्य प्रश्न को सामना गर्नु नपर्ला भन्न सकिन्न।

मानौ तपाइँ क्युबाको कुनै सरकारी अफिसमा (मानौ: क्युबाको अध्यागमनमा) नाता प्रमाणित गरेको कागज बुझाउदै हुनुहुन्छ भने माथिको उदाहरणमा यदि क्युबामा नेपाली दुतावास छैन भने त्यो कागज मा नेपालको पररास्ट्र कन्सुलर डिभिजन का अतिरिक्त, भारतको दिल्ली मा रहेको नेपाली दुतावास र भारत मा रहेको क्युबा दुतावासको छाप लगाउनुपर्नेछ।

यदि क्युबामा नेपाली दुतावास छ भने त्यो कागज मा नेपालको पररास्ट्र कन्सुलर डिभिजनको छाप लगाए पछि सिधै क्युबा गएर क्युबामा रहेको नेपाली दुतावासको छाप लगाए भयो। दिल्ली भ्रमण गरि राख्नुपरेन। तसर्थ यो केसमा दिल्ली को भ्रमण गरिराख्नुपरेन।

अर्को उदाहरण हेरौ है: यदि क्युबामा नेपाली दुतावास छैन तर क्युबाको दुतावास नेपालमा छ भने, नेपालको पररास्ट्र कन्सुलर डिभिजनको छाप लगाए पछि नेपालमा रहेको क्युबाको दुतावास मा जानुहोस। त्यहा बाट छाप लागेपछि फेरी कुनै नेपाली दुतावास बाट छाप लगाइरहनुपर्दैन।  सिधै क्युबा गएर कागज बुझाए हुन्छ।

माथि उल्लेखित सिनारियो हरु बुझ्नु भो? बुझ्नुभयेन भने फेरी दोहोर्याई तेहेर्याई पढ्नुहोला। कुनै दिन काम लाग्नसक्छ। यसका आधारमा बाहिर जानेहरुलाई ज्ञान बाढ्न पनि सक्नुहुनेछ।

अब तपाइहरुको मनमा एउटा प्रश्न उब्जियो की: तेरीमा झ्याकने कतिवटा छाप लाउनुपरेको हो? किन यस्तो? यसो बिचार गर्दा यसको मूल कारण यो रहेछ:

पहिलो कुरा ता अर्को देशमा बनाइएको, उत्पति भएको कागजात सहि हो होइन भन्ने कुनै आधार हुनु नै पर्यो। यसका लागी धेरै देश ले प्रोसेस सजिलो गर्न "एपोस्टल कन्भेन्शन" भन्ने बनाएका रहेछन। तर खै किन हो नेपाल यो कन्भेन्शन/सन्धिको हस्ताक्षर नगरेको पार्टी भएको हुदा थुप्रो छाप लगाउनुपर्दो रहेछ हाम्रो कागजातमा। यो सन्धिको बारेमा विकिपेडिया मा यस्तो लेखिएको रहेछ:

The Hague Convention Abolishing the Requirement of Legalisation for Foreign Public Documents, the Apostille Convention, or the Apostille Treaty is an international treaty drafted by the Hague Conference on Private International Law.

संसारका १०५ देशले यो सन्धिमा हस्ताक्षर गरेका रहेछन र प्रोसेस अलि सजिलो हुने रहेछ। तर हाम्रो देस नेपालमा सजिलो र छोटोछरितो काम गर्ने चलन नभएको हुदा यो सन्धिमा हस्ताक्षर कुनै दिन होला नहोला अनुमान गर्न गाह्रो छ।

अब कुन कागज कहाबाट लिने र कहा कहा जाने भन्ने छोटो जानकारी.

निम्न कागजहरु तपाइको स्थायी बसोबास गरेको गाबिस/नपा/उनपा/महानगरपालीका बाट लिने:(नपा/उनपा/महानगरपालीकाले त्यो कागज वार्ड अफिसलाई जारी गर्नुभन्ने अधिकार दिएको हुनसक्छ)

१) जन्मदर्ता प्रमाणपत्र, २) मृत्युदर्ता प्रमाणपत्र, ३) विवाहदर्ता प्रमाणपत्र, ४) अविवाहित प्रमाणपत्र, ५) सम्बन्धविच्छेद दर्ता प्रमाणपत्र, ६) नाता प्रमाणित प्रमाणपत्र, ७) वसाइ सराई प्रमाणपत्र
सबै कागज अंग्रेजीमा लेखिएको हुनुपर्दछ। यदि वार्ड अफिसले दिएको कागज हो भने त्यसमा नपा/उनपा/महानगरपालीका को छाप पनि हुनुपर्दछ। सम्बन्धविच्छेद दर्ता प्रमाणपत्र को लागी अदालतको प्रमाणित आदेश हुनुपर्दछ। यदि सम्बन्ध बिच्छेद बिदेसी अदालत बाट भएको हो भने त्यसको कुरै नगरौ अहिले। प्रोसेस लामो हुन्छ। त्यो कागज तयार भएपछी जिविस, अनि पररास्ट्र कन्सुलर साखामा आउनुहोस।

शैक्षिक प्रमाणपत्र: एसएलसी र प्लुस टु को प्रमाणपत्रमा उनीहरुको अफिस सानोठिमी भक्तपुर बाट छाप लगाउने अनि सिक्षा मन्त्रालयबाट छाप लगाउने अनि पररास्ट्र कन्सुलर शाखामा आउने।

त्रिविको प्रमाणपत्रमा उनीहरुको अफिस सायद बल्खु (मलाइ यो त्यति क्लियर छैन। उनीहरुको अफिस सायद जमल मा पनि छ क्यार!) बाट छाप लगाउने अनि सिक्षा मन्त्रालयबाट छाप लगाउने अनि पररास्ट्र कन्सुलर शाखामा आउने।

प्रहरी प्रतिवेदन: नेपालमा बसोबास गरेका ले प्रहरी कार्यालय रानीपोखरी, रत्नपार्क बाट लिने। बिदेशमा रहेकाले आफ्ना साथि-भाइ मार्फत नक्साल बाट लिने। नक्साल जाने हो भने भ्यालिड भिसाको कपि चाहिन्छ। त्यो अंग्रेजीमा हुन्छ प्रतिबेदन। प्रतिबेदन लिएर पररास्ट्र, कन्सुलर साखा जाने।

फोटोकपी प्रमाणीकरण (नागरिकताको प्रमाणपत्र, राहदानी, सवारीचालक अनुमतीपत्र, प्यानकार्ड (कर परिचय पत्र)): जुन अफिसले दिएको हो यी डकुमेण्ट हरु त्यहि बाट एक कपि फोटोकपिमा उनीहरुको सहि माग्ने। अनि ओरिजिनल र फोटोकपी दुवै लिएर जाने पररास्ट्र कन्सुलर साखा।

नागरिकता आजकाल एक साइड नेपाली, एक साइड अंग्रेजीमा दिन थालेछन। सजिलो भा छ। त्यसको फोटोकपिमा नागरिकता दिने अफिसले सहि गर्न मान्यो भने। मान्यो भने है किनकि ""नोटरी पब्लिक कानुन" आएको छ। हामीले सहि गर्न मिल्दैन पनि भन्दा रहेछन गोबरगणेश साखा अधिकृतहरु"।

तर तपाइको नागरिकता मेरो जस्तो पुरानो छ भने प्रोसेस अलि झन्झटिलो छ। नागरिकता दिने अफिसले यसलाई अंग्रेजीमा त्रान्स्लेट गरिदिनुपर्छ. यो फर्म्याट मा:



हेर्नुहोस पररास्ट्र ले यो ड्राफ्ट दिएर यस बमोजिम गरेर लिएर आउ भन्यो। तर पररास्ट्र ले भने बमोजिम गर्दियेनन झापाका सहायक प्रमुख जिल्ला अधिकारी कमलबहादुर थापाले। हामि सग यस्तो पावर नै छैन, कहा पररास्ट्र ले भन्ने बित्तिकै गरिन्छ भने उनले। अनि भने पुरानो नागरिकता हरायो भन्नुहोस अनि नया बनाउनुहोस, त्यहा अंग्रेजीमा हुन्छ एक साइड। के गर्ने अनि?? तपाइँ नै भन्नु त


हेर्नुहोस कागजात प्रमाणीकरणका हर एक पहेली का बारेमा जति लेखे पनि कम हुन्छ। कुनै प्रश्न भए सोध्नुहोला यहा कमेन्ट मा वा इमेलमा। जानेजती कुराको जवाफ दिन्छु नै।

जादाजादै "नोटरी पब्लिक" को काम र तिनीहरुको फटाइ को बारेमा दुइ-चार शब्द खर्चिदैछु छोटकरीमा:

नोटरी पब्लिक को कामै छैन नेपालमा त भन्दिन, छ होला काम तर कागजात प्रमाणिकरणमा उनीहरुको काम छैन। उनीहरुलाई यो काममा नलगाउनुहोला। किन भन्दा पररास्ट्रले उनीहरुले गरेको अनुबाद र प्रमाणिकरण लाइ रद्दीको टोकरीमा हालिदिदोरहेछ। अब पररास्ट्र को कदम सहि हो वा गलत हो उही जानोस, तर यस्तै रहेछ यहाको चलन। त्यै भएर समय र पैसा नोटरी पब्लिकमा नखर्चेको बेश। तर मैले एक दुइ नोटरी पब्लिक को फटाइ देखे काठमान्डू मा। कसरी नेपालीले नेपालीलाइ नेपालमै दिल खोलेर ठग्छन भन्ने उदाहरण

बिचरा विदेशबाट भर्खरै फर्केका दाइको सम्बन्ध बिच्छेद भएछ काठमान्डू जिल्ला अदालतको आदेशले। दाइले कमायेछन विदेशमा मिहिनेत गरेर, काठमान्डूमा घर किनेछन। उनकी बुढी (भाउजु) काठमान्डूको हावामा रमाइलो गर्दै रहिछिन। दाइले थाहा पाए, मुद्दा हाले काठमान्डूमा। जिते मुद्दा। सम्बन्ध बिच्छेद भयो। त्यो वकिल/नोटरी पब्लिकले जिल्ला अदालतको आदेश अंग्रेजीमा उल्था गरेर छाप लगाएछ त्यो कागजमा दुइचार ठाउ। बुढा मान्छे कागज बोकेर आयेछन पररास्ट्र। पररास्ट्र किन टेर्थ्यो नोटरी पब्लिक लाइ?

गर्नु के पर्थ्यो त? 

त्यो जिल्ला अदालतको सक्कलै प्रमाणित आदेश लिएर जानु रे त्यो गाविसमा जहा बिबाह दर्ता छ। त्यो आदेश को आधारमा गाविसले कागज बनाइदिदो रहेछ "फलाना फलाना अदालतको आदेशले यो गाविसमा दर्ता भएको बिबाहदर्ता अब बिच्छेद भएको छ भनेर"। त्यो पनि गाबिस सचिबले अंग्रेजीमा लेखिदिनुपर्ने। अनि त्यो कागज बोकेर जिविस जानुहोस- जिल्ला बिकास समिति, जिल्लाको सदरमुकाम अनि त्यहाँ बाट छाप लगाएर आउनुहोस पररास्ट्र, कन्सुलर साखामा। त्यहा उनीहरुलाई अंग्रेजी भाषामा चित्त बुझ्यो भने लगाइदिञ्छन छाप। बुझ्नु भो?

त्यो मोरो फटाहा नोटरी.... ३-४ हजार कमाइ हाल्यो होला बादी बाट!

प्रश्न शोध्नुहोस, कमेन्ट लेख्नुहोस है। अहिलेलाई कलम बन्द गरे!

(NOTE: आजकाल यो ब्लग नेपालिकबिले चलाउदैनन. केहि जुनियर भाइ हरु लाइ "गुगल एड्सेन्स" को प्रयोगका लागि यो ब्लग जिम्मा लगाइएको छ. नेपाली कबि/घनश्याम खड्काले लेखेका लेखहरु उनको पुरा नाम राखेर प्रकाशित हुनेछन. कमेंट्स इमेलमा पठाए पनि भो: nepalikabitaharu@gmail.com)

No comments: