Showing posts with label Nepalese Democracy. Show all posts
Showing posts with label Nepalese Democracy. Show all posts

Sunday, 25 January 2015

सभामुखको निर्णय र लोकतन्त्रको आगामी बाटो - बिशेष सम्पादकीय

सभामुखको निर्णय लोकतन्त्रको आगामी बाटो
बिशेष सम्पादकीय
बिगत चार बर्ष भन्दा पनि बढी समय देखि संबिधान बनाउने नाममा रुमल्लिरहेको संविधानसभाले अब आफुलाई सुम्पेको कामलाई अघि बढाउन गति लिदै गरेको देखिन्छ. हिजोको सभामुख सुवास नेम्वाङ्गको साहसी निर्णयले अब संबिधान बनाउने प्रयास सही दिशा तरफ जाने नै . यसका लागि सुवास नेम्वाङ्ग धन्यबादका पात्र हुन् जसले लोकतान्त्रिक बिधीलाई "कनटीन्युटी" दिने साहस देखाएका छन्.
सुवास नेम्वाङ्गलाइ थाहा नभएको थिएन- उनको यो कदमबाट अजासु पत्रकार आफुलाई स्वतन्त्र भन्न रुचाउने उपग्रहरुलाइ थप मसाला मिल्नेछ - नेम्बाङ्ग लाइ एमालेको कार्यकर्ता बनेको आरोप लाग्नेछ. तर नेम्बांगले आफ्नो व्यक्तिगत फाइदा हुने, आफ्नो "इमेज" लाई उपग्रहहरुको "स्ट्याण्डर्ड" अनुसार "क्लिन" राख्नु भन्दा देश जनताले सुम्पेको ऐतीहासिक अभिभारालाई पुरा गर्ने तर्फ कदम चलेका छन्. यसले जनतामा संबिधान नबन्ने पो हो की भन्ने आसंका का बिचमा संविधान बन्न सभाले बामे सर्न सुरु गरेको आभास दिनेछ.
यो कुरा हामीले बुझ्नु जरुरि की संबिधान बन्ने यो प्रक्रिया सबैभन्दा उत्तम ता होइन, तर बिल्कुलै आवस्यक हो. सबैभन्दा राम्रो गतिलो संबिधान सहमती मै लेखिने हो. तर प्रमुख पार्टिहरु बीच सहमती नहुदा अपनाइनुपर्ने अर्को लोकतान्त्रिक उत्तम बाटो प्रक्रियाद्वारा संबिधान बनाउनु नै हो. सबै पक्षले यो बुझ्नु जरुरी थियो कि २००७ साल बाट नेपाली कांग्रेस पार्टीले उठाएको "संबिधान सभा" मार्फत संबिधान लेख्ने माग र पछि गएर माओबादीद्वारा स्थापित गरेको एजेन्डाका लागि धेरै जनताले आफुलाई समय समय मा आन्दोलन मा उतारेका हुन्. अब पनि संबिधान बन्न नसकेको खण्डमा जनताको लोकतन्त्र प्रतिको बिश्वास नै धमिलो हुने सम्भावना प्रसस्त थियो. यो घडिमा सभामुख नेम्बांगको कदमले लोकतन्त्र नै उत्तम ब्यबस्था लोकतान्त्रिक बिधी बाटै जनताको चाहना बमोजिमको साशन ब्यबस्था स्थापित गराउन सकिन्छ भन्ने संदेश गएको . तसर्थ सभामुखको कदम अहिलेको परस्थितिमाडक्ट्रिन अफ निसेसिटी”बाट अघि बढेको देखिन्छ.
यो पनि स्पस्ट गरिनु जरुरी की सभामुखको कदम एकदमै विषम परिस्थितिमा बिपक्षिहरुको असहयोगको कारणले गर्दा उब्जिएको हो. जनताले बिर्सिएका छैनन् सबै पार्टीहरु संबिधान बनाउन दुइ तिहाइ माग्दै संबिधान सभा - को चुनाब मा होमिएका थिए. उनीहरुको जनतासामू माग प्रस्ट थियो की संबिधान सभा - मा दुइ तिहाइ नहुदा संबिधान बन्न सकेन दुइ तिहाइ पुगेमा बहुमतिय प्रक्रिया का आधारमा संबिधान बनाइनेछ. संबिधान सभा - को चुनाब लगत्तै पार्टीहरु द्वारा जनतासामु गरिएका बाचाहरुमा पनि यो कुरो प्रस्ट थियो की सकेसम्म सहमतीबाटै सहमती असम्भब भएमा प्रक्रियाद्वारा बहुमतीय/दुइ तिहाइ प्रक्रियाबाट समयमा नै संबिधानको निर्माण गरिनेछ. यस्ता बाचाका बाबजुद बिपक्षीहरुद्वारा सदनमा तोडफोड हुनु, सदनलाई चल्न नदिनु, सभासद चिनकाजी श्रेष्ठलाई प्रक्रियामा जाने प्रस्ताब पेश गर्न नदिएकोले नै सभामुखले हिजोको कदम उठाउनुपरेको हो. यसमा यदि कोइ जिम्मेवार छन् भने मुलत बिपक्षी पार्टीहरु नै जिम्मेवार छन् जो जनताको अभिमत (जुनलाई जनादेश या मतादेश जे भने पनि हुन्छ) लाइ चट्टक्कै बिर्सिएर नया सीराबाट आफ्नोमनपसंद” संबिधान लेख्ने मुडमा छन्. लोकतन्त्रमा बाहुबली भएकै आधारमा जनताको जानदेश लत्याउन मिल्दैन भन्ने संदेश माओबादी लगाएतका पार्टीहरुले ढिलो चाडो बुझ्नै पर्दछ
हामीले यो पनि बुझ्नु जरुरी की प्रक्रियामा जाने निर्णयले सहमती बार्ताका ढोकाहरु सदाका लागि बन्द गरिनु हुदैन. संबिधान जस्तो ऐतिहासिक राजनीतिक दस्तावेज - सकेसम्म सहमतीकै आधारमा लेख्नुपर्छ. सकेसम्म सबै बुदा दफामा यो सम्भब नभएमा धेरै भन्दा धेरै दफा बुदा सहमतीकै आधारमा लेख्नु राम्रो हुनेछ. यो कुरा सत्तापक्षले राम्रोसग बुझ्नुपर्छ बार्ता सहमतीको ढोका सदैब खुल्ला हुनुपर्दछ. नेकपा माओबादी अन्य दलहरुले पनि सहमति भै सकेका हुन सक्ने बिसयमा नया बखेडा झिक्नु सही हुनसक्दैन. तसर्थ माओबादी अन्य मोर्चाको बार्ता नै नगर्ने हठले नेपाल नेपाली जनतालाई कनै फाइदा गर्नेछैन. यदी यस प्रकारको असहमती संक्रमणकाल बढ्ने हो भने बिदेशी शक्तीहरुले फेरी खेल्ने मौका पाउनेछन.
अहिलेको समयको माग भनेको देशको राजनीतीबाट आजित भएका जनतालाई सबै वर्ग, क्षेत्र, जात, बर्ण लिङ्गको अधिकार सुनिचित गर्ने राजनीतिक दस्तावेज - संबिधान - समयमा नै निर्माण गर्नु हो. यस दायित्वलाइ प्रजातन्त्र, लोकतन्त्र जनतन्त्र मा बिस्वास गर्ने कुनै पनि पार्टिले पन्छाउन मिल्ने कुरै होइन. जनताले दिएको अभिमतलाई सम्मान गर्दै प्राजातान्त्रिक पद्धतिद्वारा संबिधान निमार्णले नै आजसम्म प्राप्त सबै खाले सफलतालाई सस्थागत गर्न सक्छ. प्रक्रियाबाट बटारिएर जोरी खोज्नेहरुलाई भने अर्को चुनाबमा जनताले हिसाब बुझाउने नै छन्. यस कुराको हेक्का राख्दा नै राम्रो हुनेछ
यो बिशेष सम्पादकीय टुङ्ग्याउनु अघि भन्नैपर्ने अझै दुइटा कुरा के हो भने सामजिक संजालमा जानी नजानी उपग्रहको स्वरुप लिन खोज्नेहरुबाट बारम्बार सोधिने दुइ प्रश्नको उत्तर अविचलित भएर भन्नु जरुरि . पहिलो प्रश्न हुन्छ: के पेलेरै संबिधान बनाउनु ठिक हो की, सहमतीमा बनाउ भन्ने गलत हुन्? फर्स्ट थिङ्ग फर्स्ट: पेलेर संबिधान? असम्भब. बिल्कुल गलत. तर लोकतान्त्रिक प्रक्रिया द्वारा संबिधान बनाउनुलाई पेलेर संबिधान बनाउनु भनेर बुझ्ने राजनीतिक चेत अझै धेरै गलत. अनी सहमतीको नाममा हलो अड्क्यायेर संबिधान सभा लाइ "निकम्माहरुको क्लब" बनाउने प्रयास झन् धेरै गलत. राजनीतिक सचेतता भएकाहरुलाई यो कुरा बुझ्न गाह्रो नहुनु पर्ने हो.

अर्को बारम्बार सोधिने प्रश्न यो हुन्छ: समाबेशी गणतन्त्रात्मक संबिधान चाहिएको की केवल एक थान? अहिलेलाई उनीहरुको उत्तर प्रतिप्रश्नले दिदा नै ठिक होला: केवल एकथान संबिधान चाहिएको हो भने ता २०४७ को छदै थियो नी, हैन र? गिरिजा बाबुको नेतृत्वमा २०६२-६३ मा गरिएको शान्तिपूर्ण आन्दोलन त्यसपछिको मधेश आन्दोलन केवल एकथान संबिधानका लागी मात्रै गरिएको थिएन. यो कुरो अहिलेको संबिधान सभामा प्रतिनिधित्व गर्ने पार्टीहरुले बुझेका पक्कै छन. तब  उनीहरु सिए - लाइ असफल हुन् नदिन लोकतान्त्रिक बिधी अपनाउदैछन

Wednesday, 10 April 2013

छ्यालिश सालको आन्दोलन लाइ सम्झिदा - Nepal's Democracy in 2046 BS

दुइ हजार छयालिश सालको जनआन्दोलन लाइ सम्झेर धेरै अघि एउटा ब्लग लेखेर ड्राफ्ट मोडमा राखेको थिये। उद्देस्य यो थियो की चैत्र छबिस गतेको पुर्बसंध्यामा त्यो लेखलाई पोस्ट गर्नेछु। तर चैत्र छब्बीस को दिनमा यो सालमा म इटाली भ्रमणमा भएको कारण त्यो लेखलाई पोस्ट गर्न पाईन तर ढिलै भए पनि नया साल बैसाख एक गते भन्दा पहिले नै पोस्ट गर्ने बिचार गरेर त्यो लेख यहा राखेको छु। ब्लग लेख्दा युनिकोड मा टाइप गर्न सिक्दै थिए। हुन त् अहिले पनि सिक्दैनै छु तर यो लेख केहि अघि लेखिएको हुदा मिलाएर, बुझेर पढिदिनु हुन्  अनुरोध छ। 
********************************************
भाग - एक 
कुरो २०४६ सालको हो। प्रजातन्त्र वा बहुदल जे आएको थियो भन्नुहोस। भर्खरै आएको थियो। चैत्र २६ गते राजाले राती ११ बजे बहुदल माथिको प्रतिबन्ध हटाएछन्त्यतिखेर मलाइ यो सबैकुरा थाहा थिएन। म छ बर्षको ता थिए। के थाहा होस् र। पछि बुझ्दा थाहा पाए। ठुलो लफडा भएको र छ तेतिखेर बहुदल ल्याउनलाई। 

बहुदल आएको अर्को दिन हुनुपर्दछ। सायद चैत्र  २७ घर छेउको ठुलो पशुबजारमा मान्छे भेला भएका थिए। बाजा गाजा थियो। जे बी टुहुरेका गीतहरु माइकबाट बज्दैथिये। त्यो सबै कुरामा मेरो र त्यहा भएका मानिसहरुको ध्यान त्यती आकर्षीत भएन। हाम्रो मन र आखा चाही एउटा बजिरहेको संख र मानिसहरुको हुल तर्फ भएको थियो। संख बजिरहेको थियो। मानिस हरुले केहि चिज बोकेका थिए। सायद मरेको मान्छे जस्तो। तेही भएर संख फुकिरहेका थिए। हामी दौडियेउ त्यो पशुबजार तिर किनकि त्यो संख बजाउने हुल त्यति जादैथियो। मलाई सम्झना छ - ममी र म थियौ त्यहा. हुन ता सबै दाजु, भाइ, दिदीहरु पनि त्यतै हुनुपर्दछ। हाम्रो घर पशुबजार भन्दा टाढा भएकोले त्यो रमीता हेर्न पशुबजार का वरीपरी भएका घरका बरण्डा र बार्दली मा मानिसहरुको भिड थियो। हामि पनि चढ्यौ तिनै चिने जानेका बस्नेत, चौलागाई वा बन्जराका घरका बार्दलीमा। तर यतिन्जेल भाको के हो, को मरेको पो हो की भन्ने मलाई पत्तो थिएन। अब माथी बार्दली बाट हेर्दा दुइ जना लाइ सेतो कपडामा मरेको मानिस जस्तो बेरेको प्रस्टै देखिदा अब लाग्यो की कोइ दुइजना ता मरेछन। को होलान जस्तो लाग्यो। फेरी मरेका मानिसलाई यो हुलमा, सभामा किन पो ल्याका हुन् - की पंचायत का मानिसलाई पो मारेकी जस्तो पनि लाग्यो। फेरी आइमाइको बिचमा म केटाकेटी, त्यसैले आमाहरुको गफगाफ मा ध्यान दिदा कुरो बुझे। ति मरेका त राजा रानी रहेछन। राजा रानीका पुत्ला अरे। केहि लाग्छ अब। 

पहिलो कुरा त मलाइ छ बर्ष को उमेरमा राजारानी छन् भन्ने बाहेक कुनै कुरा थाहा थिएन।दोश्रो कुरा पुत्ला भनेको के हो धेरै थाहा थिएन। तर धेरै प्रश्न गरिन मैले। त्यहा हल्लाखल्ला थियो। सबै आइमाई, लोग्ने मान्छे का आआफ्नै बिचार। तिनी हरू जे जे बोल्थे सुनिरहे। अनि एकछिन पछि आगो लागेको देखियो। राजारानीका पुत्ला जलाएका रे! राजारानी प्रती आक्रोस पोखेका रे। त्यहा "बिरे चोर मुर्दा बाद, पम्भादेबी मुर्दाबाद" भन्ने नारा पनि लाग्दै थिए। एकहोरो संख बजेको आवाज पनि सुनिन्थ्यो। माइकमा गित पनि बजेकै थिए। टाढै बाट अबिर हावा मा उडिरहेको पनि देखियो अनि घरी घरी पररर ताली बजेको सुनिन्थ्यो। उता पशुबजार को चौरमा ताली बज्दा यता घरका बार्दली मा बसेका मान्छे ले पनि थाहा पाउथे। अनि यता बार्दलीका मान्छे पनि जोसिएर ताली पड्काउथे। मैले पनि पड्काए।

यसरी स्वागत गरिएको थियो छयालीस सालको बहुदललाई।
...................................................................................................(क्रमश:)

भाग - दुइ 


बहुदल आएको खै कती दिन पछि हो। एक्ज्याक्ट डेट मैले बिर्से। तेस्तै चैत्र सत्ताइस देखि तीसको बिचमा हुनुपर्दछ। नेपाली कांग्रेस का तीन नेता पशुबजारमा भाषण गर्न आउने कुरो थियो। मेरो घरको राजनीतिक बाताबरण चाही कम्युनिस्ट विचारधाराले प्रभावित थियो तर बहुदल भर्खर आएकोले जुनसुकै पार्टीको सभा भए पनि हामि हौस्सियेका थियौ। तीनजना नेता हुनुहुन्थ्यो - किसुन जी, गणेशमान जी र गिरिजा बाबु। हामी तेतिबेला उहा हरुलाई कृष्ण प्रसाद भट्टराई, गणेशमान सिंह र गिरिजा मात्रै भनेर जान्दथेउ। म छ बर्षको थिए। 

हाम्रा घरमा किशुनजी र गणेशमानजी को बोल्ने तरिका र थेगोलाई लिएर "जोक" हुन्थियो। गिरिजा बाबुको नाम मैले तेती सुनेको पनि थिइन। सायद कहिलेकाही गिरीजा हल्दार भनेको सुन्न सकिन्थ्यो। म भन्दा चार पाच वर्ष जेठा मेरा दाइहरु भन्थे की बीपीले गिरिजामा नेता हुने कुनै क्वालिटी नदेखेर केवल पुलिसको सामान्य हल्दार मात्र बन्छ गिरिजा भनेर भन्नुभाको थियो रे। अब तेत्रा महान बीपीले भन्नुभाको र त्यो जमाना मा मेरा दाइहरु जत्ति जान्ने कोइ छैनन जस्तो लाग्ने मलाई यो पत्याउन कुनै गाह्रो थिएन की गिरिजा केवल सामान्य नेता हुन् - महान नेता हरु किशुन जी र गणेशमान जी नै हुनुहुन्छ। त्यसैले गइयो त्यो दिन भाषण सुन्न। 

गणेशमान जी र किशुन जी दौरा सुरुवाल, कोट र कालो नेपाली टोपी लगाएर आउनु भएको थियो। अझै मलाइ याद भएझै लाग्छ - किशुनजी सेतो कोट, खैरो खैरो टोपी र मोटो फ्रेम भएको चस्मा मा हुनुहुन्थ्यो। गणेशमान जी कालो कोट र कालै टोपी। उहाहरुले के के बोल्नु भो मलाइ तेती याद भएन, न त कुनै मतलब नै थियो। म त उहाहरुले उहाहरुको त्यो थेगो कसरी प्रयोग गर्नुहोला भन्ने सुन्न मा बढी ध्यान केन्द्रित गर्दै थिए। मलाई थाहा पाउनु थियो साच्चिकै हो की केवल उहाहरुलाई गिज्ज्याउन मात्रै मेरा दाजुहरुले तेसो भनेका हुन् भनेर मलाई जाच्नु थियो। 

उहाहरुले बोल्न थाल्नु भो।उहाहरु ता साच्चिकै थेगो प्रयोग गर्नुहुदो र छ। गणेशमान जी हरेक चोटी "माने" "माने" भन्नुहुन्थ्यो, मानिस हरु गललल हास्थे। ताली पड्काउथे। सायद गजबको कुरा गर्नुहुन्थ्यो गणेशमान जी। म चाही उहाको त्यो थेगो सुनेर हास्थे। एकदमै "फन्नी" लाग्थ्यो। अब पालो आयो किशुन जी को। उहा पनि आफ्नै थेगो प्रयोग गर्ने - सायद "चाइनेजो" होला। फेरी पनि उहाले बोल्दा मानिस हरु कुनै बेला गलल हास्थे, कुनै बेला ताली पड्काउथे। हुन् त मलाइ नेताका भाषणमा त्यती रुचि नभए पनि अरुले ताली पड्काउदा चाही म पनि रमाएर ताली पड्काउथे है। 

अनि पालो आयो गिरिजा बाबुको। 

गिरिजा ता मान्छे नै कस्तो हौ। सार्है अग्लो। बिजुलीको पोल वा रुख जस्तै सिधा अग्लो। उहा तक्लू हुनुहुन्थ्यो त्यो दिन। चस्मा लगाउनु भाको। एउटा खाकी को तर सादा खाकी (सेनाको जस्तो बुट्टे हैन) को पाइन्ट लगाउनु भाको तर लामो भएर तल तिर मोड्नुभको। हेर्दै चौकीदार जस्तो। नेताको कुनै गुण मेरा बालख आखाले त्यो दिन देखेनन्। उहाले पनि भाषण ठोक्नु भो। सबै का कुरा सुनेर घर आइयो। 

तेस पछी मैले तिन नेता लाइ एकसाथ कहिल्यै देखिन। गणेशमान जी र किशुनजी लाइ त फेरी देख्ने मौका पाइन। गिरिजा बाबु दश बर्ष पछि छप्पन सालको चुनाब प्रचार प्रसार गराउने क्रममा हेलिकप्टर उडाउदै त्यहि पशुबजारको मैदानमा प्रधानमन्त्री र नेपाली कांग्रेशका सभापतीको रुपमा आउनुभयो। यसपटक उहा एकदमै गोर्हो नेता जस्तै देखिनुहुन्थ्यो।

Wednesday, 6 February 2013

बहुदल, प्रजातन्त्र , नेपाल र माओबादी

आजकाल मैले प्रजातन्त्र र बहुदलका बारेमा लेख्दै छु। लेखाइ त्यति ठुलो चिजमा त् हैन त्यही पनि आफ्ना अनुभब लेखौ भन्ने जोश चलेर आएकोले लेख्न सुरु गरेको हो। जोश के कुराले गर्दा चलेको भन्नुहुन्छ भने माओबादीको हेटौडा महाधिबेशन र तेस्ले देखाउने राजनितीक निकासका बारेमा चर्चा सुनेर र पढेर मलाई पनि आफ्ना पुराना अनुभब सेयर गरौ जस्तो लाग्यो। त्यही भएर लेख्दैछु।

नेपाल मा अहिले के छ, कुन मोडलको राज्यब्यब्स्ता छ कसैलाई थाहा छैन। कसैलाई यो प्रजातन्त्र लाग्दछ, कसैलाई गणतन्त्र , कसैलाई लोकतन्त्र, कसैलाई बाबुरामको दिनानुदिन बढ्दै गरेको घमण्ड तन्त्र आदि इत्यादि। 

अहिलेको नेपालको शाशन ब्यबस्ता जे जस्तो भए पनि समयक्रमले हामीलाई यो मोडमा ल्याइपुर्याउदा दुइटा घटना हामीले बिर्सन सक्दैनौ। ति हुन् प्रजातन्त्रका लागी नेपालि जनताले गरेको संघर्ष। ति दुइवटा संघर्ष हरु नेपाली इतीहासमा प्रमुख रहनेछन। ति हुन्  - प्रजातन्त्र को लागी २००७ सालमा गरिएको क्रान्ती र २०४६ को जनाअन्दोलन र तेस्ले मुलुकमा ल्याएको प्रजातान्त्रिक परिवर्तन। 

२००७ सालको क्रान्तीको बारेमा नेपालि इतिहास का किताब हरुमा पढियो र २०४६ सालको क्रान्ति अलि अलि आफैले देखियो. सुनियो. भोगियो. म २०६३ को तथाकथित आन्दोलनलाई प्रजातान्त्रिक क्रान्ति मानि हाल्न सक्दिन. यो केवल माओबादि घमण्ड र केहि हद सम्म राजा ज्ञानेन्द्रको अदुरद्रिस्टिको परिणाम थियो. तेस्माथी २०६३ का उपलब्धी के हुन् भन्ने हाम्रो सामू यकिन नहुदा यसलाई सफल जनआन्दोलन मानी हाल्न सकिदैन. अहिले लाइ कुरा गरौ २०४६ को आन्दोलन को 

२०४६ चैत्र २६ गते नेपाली हरुका लागी एकदमै महत्वपुर्ण दिन थियो. नेपाली हरुले प्रजातन्त्र अथवा बहुदलिय ब्यबस्ता फेरी एकपटक फिर्ता पाएका थिए. कांग्रेश को सरकार आयो त्यस पछि. कम्न्युस्ट पार्टी एमाले प्रमुख प्रतिपक्षि रह्यो. अर्को कम्न्युस्ट पार्टी संयुक्त जनमोर्चा केवल ९ सिट जित्न सफल भयो. त्यो संयुक्त जनमोर्चा कै एउटा पाटो माओबादि हो. माओबादीले बुझ्यो की अब जनताको मन जित्न सकिदैन र सत्ता कब्जा गर्ने एउटा मात्रै बाटो भनेको डर, हत्या हिँसा देखाएर हो. माओबादीले त्यो बाटो चुन्यो. 


त्यतिबेला का राजनीतिक सक्ती हरु बिसेष गरेर एमाले र कान्ग्रेशले देश को बिकासमा हात हाल्नुपर्थ्यो तर सबै कुरालाई थाती राखेर कांग्रेश र एमालॆ जुध्न थाले. एमालॆ ले कर्मचारीको आन्दोलन गराएर प्रजातन्त्र लाइ कम्जोर गर्ने काम सुरु गर्यो. उता मदन भण्डारीको दुर्घटनामा निधन पश्चात देशको बाताबरण बिग्रियो. यता गिरिजा बाबुको आफ्नै महत्वाकांछा र "ग्रीडी नेचर" ले काँग्रेस भित्र कलह सुरुभयो र २०५१ को मध्यावधी चुनाब देशले बेहोर्यो. 

जतिबेला माओबादीले शसस्त्र हिँसा सुरु गर्यो. तेस बखत २०४६ सालको प्रजातन्त्र केवल ६ बर्षको थियो. केही काम हुने पाएको थिएन. र माओबादीले तेस्पछि कुनै काम गर्ने अवसर दिएन. अहिले सोच्दा लाग्छ. यदि माओबादिले आतंक को बाटो नरोजेको भए हामीसग जनयुद्द ताकाको ११ बर्ष र तेस्पछिको अहिलेको छ बर्ष जुन २०६३/६४ को आन्दोलन पछि पनि राम्ररि सदुपयोग हुन् पाएको छैन, गरेर १७ बर्षको समय हुन्थियो र हामी धेरै अघि बढी सक्थेउ. माओबादिको ध्वंश र बिनास ले मुलुकलाई धेरै पछि ठेलेको छ र माओबादीकै आनावस्यक हत्या र हिँसा का कारण हामी धेरै पछि परेका छौ.  

२०४६ को आन्दोलन यो देशलाई परिबर्तन गराउने एउटा युगान्तकारी समयको सुरुवात थियो तर हामीले यसको पहिचान गर्न सकेनौ. माओबादीले रगतको खोलो यो देशमा बगाएर यसको पहिचान गराउन दिएनन् र हामी धेरै पछि पर्यौ. त्यही भएर नेताका फोस्रा दश बर्षमा देसको कायापलट गराउने भासण अझै सुन्दै बस्नु परेको छ.