जब टिकट मिल्यो तब दौडदै हामी मेट्रो तिर लागेउ, सिधै आइफेल टावर जाने भनेर तर त्यहाबाट आइफेल टावर जाने मेट्रो मिल्दो रहेनछ। मनै खिन्न भो। अनि फेरि मेट्रोको म्याप ऊल्टाई पल्टाई हेरेउ। मेट्रो को रुट पनि हेरेउ हामीले कहा कहा जान्छ मेट्रो भनेर। आखिर पेरिस ता चारैतिर घुम्नु नै थियो। त्येहै भएर प्लान बदल्येउ हामीले- निधो गरेउ कि अब सबै भन्दा पहिले हामि ईन्भ्यालिड्स जान्छौ भनेर। ज्यादा जानकारीको लागि यहा हेर्नुहोस। http://en.wikipedia.org/wiki/Les_Invalides
Wikipedia says Les Invalides (French pronunciation: [lezɛ̃valid]), officially known as L'Hôtel national des Invalides (The National Residence of the Invalids), is a complex of buildings in the 7th arrondissement of Paris, France, containing museums and monuments, all relating to the military history of France, as well as a hospital and a retirement home for war veterans, the building's original purpose.
यो भवनको सामुन्ने बाट हेर्दा हामीलाई निककै भब्य लाग्यो। धेरै पुरानो भवन - अर्कितेक्चार पनि धेरै राम्रो र सामरिक दृष्टिले महत्वपुर्ण भवन हेरियो। यहा मिलिटरी म्युसियम पनि रहेछ। बिना पैसा पनि धेरै हेर्न सकिन्छ तर कुनै कुनै भाग हेर्न तपाइले टिकट काट्नुपर्छ। हामीले निर्णय गर्येउ की जुन भाग फ्रिमा हेर्न पाईन्छ त्यो मात्र हेरौ अनि फोटो खिचेर निक्लेउ हामि त्यहा बाट।
(Photo taken from the front of Les Invalides)
(Seen on the roof of Les Invalides - Some sort of Arts)
(The Great Napoleon Bonaparte in Les Invalides)
(The view of Eiffel Tower from Les Invalides)
यसको चारै तिर बाट हेर्ने काम सकिए पछि हामी निस्कियेउ।
हामि यो भनको सामने रहेको रोड पकडेर हिनी रहेउ। र एउटा पुल मा पुग्येउ। यो धेरै पुरानो पुल रहेछ। त्यो पुल लाइ Pont Alexandre III भन्दा रहेछन। यो फ्रान्स र रसियाको मित्रताको प्रतिक रहेछ। ज्यादा जानकारी http://en.wikipedia.org/wiki/Pont_Alexandre_III र फोटो विकिपेडिया बाट लिएको छु।
त्यो पुल लाइ धेरै बेर चारै तिर बाट हेरिसके पछि हामि पुल पारी गयेउ। Champs-Élysées तरफ पुगियो। त्यहा धेरै ता बुझ्न सकिएन। बेलायतमा वर्ल्ड वार टू ताका प्रधानमन्त्री रहेका Winston Churchill को सालिक र उनको भनाइ रहेछ।
हामीले तेस्को फोटो लियेउ र कन्कोर्डे तिर लाग्येउ मेट्रो पक्रेर। तेस्पछि......................
अर्को ब्लग मा क्रमश.
हेर्दै गर्नुहोला अनि पढ्दै गर्नुहोला।
(रिमाइण्डर नोट: यो ब्लग को पहिलो भाग यहा छापिएको छ http://nepalikabitagajal.blogspot.com/2012/12/blog-post.html )
Showing posts with label TGV. Show all posts
Showing posts with label TGV. Show all posts
Saturday, 22 December 2012
Friday, 21 December 2012
पेरिस भ्रमण - फर्केर हेर्दा - भाग एक
केहि दिन अघि पेरिस (Paris - the capital of France) , फ्रान्सको राजधानी जाने मौका मिल्यो। यो मेरो दोस्रो
पेरिस भ्रमण थियो। मैले काम गर्ने एनजीओको रिपोर्ट सबमिट गर्न भनेर मा
पेरिस पुगेको थिए। काम भयो दुइ चार दिन निरन्तर। अनि अन्तिमका तिन दिन पेरिस
हेर्ने अवसर मिल्यो।
भनि हाले पहिले पनि गएको थिए यहि वर्ष मार्च मा। तेती बेला पनि मिलेको थियो दुइ दिन पेरिस हेर्न र मुख्य मुख्य ठाउ हरु हेरिसकेको थिए। यसपटक पनि तिनै मुख्य मुख्य ठाउहरु हेरे। तर पहिलेको तुलना मा बढी समय पाए। पेरिसलाई गहिरिएर हेरे। नजिकबाट बुझ्ने कोसिस गरे। दोस्रोपटक भएर होला - ट्राभेलिंग अलिक इजी लाग्यो। त्यो पेरिसमा दौडने सर्प जस्ता मेट्रो ट्रेन हरुका कनेक्सन राम्ररी बुझे। आज तिनै अनुभब हरुका बारे लेखने जमर्को गरेको छु।
पेरिसलाई कला (Arts) , संस्क्रिती (Culture), आर्किटेक्चर (Architecture) र फेसन (Fashion) को सहर भन्दा रहेछन र यो साच्ची नै तिनै कुरा हरुको प्रतिनिधित्व गर्दछ।
कुरा सुरु गरौ फेसन बाट। पेरिस साच्ची नै स्वतन्त्रताको प्रतिक हो। यहा मान्छेको कला लाइ निर्बाध देखाउने अवसर छ। यो अवसर आज बाट हैन। यो धेरै पहिले बाट स्वतन्त्र हो र धेरै नै फेसन का ब्रान्ड हरु पेरिस मा ओरिजिन भएका छन्। ति राम्रा र चिटिक्क मिलेका भवन हरुमा रहेका आकर्सक सपिङ्ग मल हरु हेर्दा लाग्छ - सबै कुरा यहि बाट किनी हालु। तर मूल्य यति बढी कि किनी हाल्न चाही नसकिने। हेरेरै चित्त बुझाए मैले चाही।
कला र आर्किटेक्चर मा चाहि यो सहर संसारकै सार्है राम्रा सहर हरु मध्ये अग्र स्थान मै आउछ। कुरोलाई अघि बढाउ यहि बाट पेरिस मा के के देखियो र कसरि पेरिस घुमियो भन्ने बारेमा.
म पेरिस सहर ट्रेन बाट छिरेको थिए। पेरिसमा गारे डेल इस्ट (Gare De'l Est) , गारे डेल नोर्ड (Gare Del Nord) अनि गारे डेल ल्योन (Gare Del Lyon) जस्ता प्रमुख ट्रेन स्टेसन छन्। तपाइँ कहा बाट आउनु भएको हो त्यस्कुरामा डिपेण्ड हुन्छ ट्रेन कहा रोकिन्छ भन्ने। म 250 - 350 किलोमिटर प्रतीघंटा को गतिमा दौडने टिजिएफ़ (TGF) (फ्रान्सको ट्रेन) चढेर गारे डेल इस्टमा उत्रिए रातिको 11.30 बजे को लोकल समय अनुसार।
Some Photos from Gare de Paris-Est Train Station
(Screens which shows Train Schedules)
(Superfast - ICE - Deutsch Bahn - More from http://en.wikipedia.org/wiki/Intercity-Express )
SNCF - TGV - High Speed French Trains (More: http://en.wikipedia.org/wiki/SNCF_TGV_R%C3%A9seau
(Information Board in French and English)
(Mall like environment inside Train Station)
(More information on Gare de Paris-Est Train Station: http://en.wikipedia.org/wiki/Gare_de_Paris-Est
हामी चार जना थियौ। होटल गारे डेल इस्ट र गारे डेल नोर्ड दुवै ट्रेन स्टेसन बाट नजिकै पर्ने गरि बुक गरिएको थियो। चार जना एउटै रुम मा रहने गरि होटल तिन दिनका लागि बुक गरिएको थियो। तिन दिनको 440 यूरो। के सार्हो महँगो। हिडेर नै होटल जाने प्लान थियो तर रातको 11.30 पिअम मा पुगिएला न पुगिएला भनेर ट्याक्सी लिने बिचार गरियो। ट्याक्सी लिएर होटल पुगेउ। नजिकै रहेछ। मात्र 6 युरो को बिल थियो। ट्याक्सी ड्राइभर ले फ्रेन्च मा के के भन्न थाल्यो। अलि अलि बुझियो। डेढ़ भाडा लाग्छ भन्ने रातको समय भएकाले। कनी कनी ड्राइभरले बिल दियो लेखेर 9 यूरो 40 सेन्ट को। मैले तेस्का हातमा 10 यूरो थमाए र भने मर्सि (Merci in French means Thank you! धन्यबाद )

युरोपका आफ्नै भाषा छन्। इन्ग्लिश युरोपको भाषा हैन। फ्रेन्च हरु ता एङ्ग्लिश पटक्कै बोल्दैनन। थाहा पाएको थिए मैले। सिके दुइ चार सब्द र तेसैले काम चलाए।
राति गइयो र होटल मा सुतियो। बिहान उठियो र होटल मै आठ यूरो पे गरेर ब्रेकफास्ट गरियो अनि 9 बजे तिर बिहान घुम्न निक्लेउ हामी। सनिबार को दिन थ्यो त्यो।
सबै भन्दा राम्रो पक्क्ष पेरिसको के हो भने यसको चारै तिर मेट्रो ट्रेनको राम्रो कनेक्सन छ। अझ हामि ता पेरिसको हार्ट मै बसेका थियेउ। हाम्रो होटल बाट केवल दुइ सय मिटरको दुरीमा दुइवटा मेट्रो स्टेसन रहेछ। त्यो बिहान थाहा पायेउ। होटल ले दिएको फ्री को म्याप हेरेर। अनि होटल को रिसेप्सन मा अंग्रेजी बोल्ने मानिस रहेछन तिनलाई सोधपुछ गरेर। पेरिसका प्राय सबै होटल मा फ्रीको म्याप पाइन्छ यो राम्रो कुरा हो।
हामि बसेको होटल बाट केवल दुइ सय मिटर को दुरीमा रहेका दुइवटा मेट्रो स्टेसन हरु Grands Boulevards (Paris Métro) (More from Here: http://en.wikipedia.org/wiki/Grands_Boulevards_(Paris_M%C3%A9tro) and
Bonne Nouvelle (Paris Métro) (More from Here: http://en.wikipedia.org/wiki/Bonne_Nouvelle_(Paris_M%C3%A9tro)
रहेछन। हामी तेती तिर लाग्येउ। कुन टिकेट लिने मेट्रो को र कसरि युज गर्ने भनेर नेट मा राम्रै रिसर्च गरेका थियेउ जानु अघि। तेसैले डाइरेक्ट गएर पेरिस दुइ जोनको डे टिकट लियियो। लगभग प्रति व्यक्ति 6.80 युरो पर्यो।
(More Details on how to buy and which ticket to buy can be read from many websites and blog but we found this very very useful http://parisbytrain.com/ . If you are going to visit Paris, do not forget to read this website in details before you go there. This makes your transportation within Paris very very easy.)
मेट्रो को पास लिएर हामि लाग्येउ पेरिस घुम्न अनि पहिले गयेउ.......................................
क्रमश: (अर्को ब्लगमा)
(रिमाइण्डर नोट: यो ब्लग को दोस्रो भाग यहा छापिएको छ http://nepalikabitagajal.blogspot.com/2012/12/blog-post_22.html )
(रिमाइण्डर नोट: यो ब्लग को दोस्रो भाग यहा छापिएको छ http://nepalikabitagajal.blogspot.com/2012/12/blog-post_22.html )
Subscribe to:
Posts (Atom)