Showing posts with label Nepali Sahitya. Show all posts
Showing posts with label Nepali Sahitya. Show all posts

Monday, 11 April 2016

पारीजातको शिरीषको फूल - केही मनमा लागेका कुरा

नेपाली साहित्य आकाशकी एक उज्वल नक्षत्रको नाम हो पारीजात - बिष्णु कुमारी वाइवा उनको कृती "शिरीषको फूल" धेरै बर्ष अघि पढेको थिए सायद १५ बर्ष अघि होला जति बुझ्न सकेको थिए त्यति बेला, त्यै आधारमा बढो राम्रो लागेको थियो त्यो पुस्तक फेरी पढ्ने मौका मिल्यो, केहि दिन अघि फेरी पढे, उतिनै राम्रो लाग्यो अझ खासमा भन्नुपर्दा, पहिलेको भन्दा अझै धेरै राम्रो लाग्यो छिप्पिसकेको मेरो उमेरले सायद पहिले भन्दा धेरै बुझ्यो, सम्झ्यो, जान्यो त्यहि भएर नै होला केहि पेजहरु, केहि वाक्यहरु, केहि सम्बादहरु, केहि भावनाहरु दोहोर्याएर, तेहेर्यायेर पढ्न मन लाग्यो अनि दोहोर्याएर, तेहेर्यायेर पढे त्यहि पढ्ने क्रममा केहि वाक्यहरु नोट गरे कपिमार आज तिनै वाक्यहरुको सेरोफेरोमा मेरो मनमा उब्जेका केहि भावनाहरु कोर्दैछु

यो मेरो लेख कृतिको समिक्षा गर्ने मनसायले लेखिएको हैन त्यो क्षमता मेरो छैन मेरा वाक्यरचना र भाषिक सुद्धता हेरेर त्यति कुरा ता तपाइले पनि अनुमान गरिसक्नुभयो होला यो मेरा मनमा गढ़ेका केहि वाक्य, र केहि सम्बादहरुलाई "कनटेक्स्ट" दिएर केलाउने प्रयत्न मात्रै हो अहिलेलाई यति भनौ यो किताब पढेपछि मनमा लागेका खुल्दुलीहरु, जागेका इच्छा र भावनाहरुलाई टिपोट गर्ने एउटा सानो प्रयत्न हो मेरो थाहा छैन लेख्दै जादा यो के बन्ने हो थाहा छैन मनले चाहेका सबै कुरा ब्यक्त गर्न सकुला वा नसकुला हुनसक्छ लेख्न चाहेको एउटा कुरो हो तर लेख्दै जादा म बहकिन सक्छु र सोचे जस्तो लेख्न नसकुला थाहा छैन केही थाहा छैन तर केही न केही लेख्ने प्रयत्न गरेको छु

मेरो यो सानो मनोबादको सुरुवात पूर्व "शिरीषको फूल" को कथा छोटकरीमा भन्नु जरुरी छ कथा भन्दा पनि यसका पात्रहरु महत्वपूर्ण छन् कथा बरीको वरिपरि घुम्दछ बरीको पुरा नाम सकम्बरी हो उ सिबराजकी बहिनि हो तिन वटी मध्ये एउटी र २४ बर्षकी छ उ दुब्ली, ख्याउटे, पातली र मरिन्च्यासे छ तर उसका अस्वाभाविक उठेका छाती छन् चुरोट पिउन मन पराउछे बरीलाइ एकतर्फी माया गर्छ सुयोग सुयोग एउटा जड्याहा हो, उ पुर्ब सैनिक हो बिस्वयुद्ध लडेर आएको भूपू सैनिक उ स्वीकार्छ उसले कहिले मान्छे मार्न पाएन अनि अर्को प्रसंगमा भन्छ, "उसले नांगी स्वास्नीमान्छे लाइ धेरैपटक छोएको छ, आफ़ुसगै सुताएको छ, रातभरि खेलेको छ तर सायद कसैसग प्रेम गरेको छैन" सुयोग लगभग पैतालिस बर्षको बुढो छ उ सिबराजको जाड पिउने साथी हो र सिबराजकी बहिनी बरीलाई खुबै मन पराउदछ तर बरीलाई यो बताउन सक्दैन

"बरी, म तिमीलाई प्रेम गर्दछु" भन्ने आट सुयोगलाई कहिलेपनि आएन तर उ बरीलाई एकपटक जबर्जस्ती चुम्बन गर्दछ. हो, बारीले यसको प्रतिरोध ता गर्दिन तर उ मौन रहन्छे त्यसपछि बरी बिरामी पर्छे निको नहुने व्यथाले उसले प्राण त्याग्छे सुयोग छट्पटाउछ, सिबराज छट्पटाउछ

कथा यस्तै नै हो लगभग यत्ति नै होअनि यो किताब यति बिघ्न मनपर्नु को कारण चाहि के हो नि? खै! यहि हो, यसै कारण ले मनपर्यो भन्न गाह्रो छ किनभने यो किताबमा यस्ता पाटाहरु छन्, जुन अनुभब गर्न सकिन्छ तर ब्यक्त गर्न गाह्रो छ त्यति नै गाह्रो जति सुयोगलाई बरीप्रतिको प्रेम अभिव्यक्त गर्न गाह्रो भो बरीले पनि त त्यो जबर्जस्ती चुम्बन को बारेमा केहि भनिन अनि बरी हुदा र नहुदा शिवराजको मनमा के गुज्रंथ्यो  त्यो पनि ता अभिव्यक्त छैन  केवल सुयोग किताब भरी फ़त्फ़ताइरहन्छ कहिले बरीलाई प्रेम गर्छु भन्छ, कहिले यो थाहा पाए सिबराजले के भन्दो हो ठान्दछकहिले के प्रेम गर्न सकिने कुरो हो र भन्ने प्रश्न आफैसग गर्दछ यी र यस्तै भावनाहरुको संयोजन हो शिरीषको फूल

अब लागौ ति केहि प्रसंग, भावना र सम्बादहरुप्रति जसले कुनै न कुनै बेला जो कसैको मन छुने गर्दछ

1. "म सग छ नै के र! म त रित्तीसकेको भाडो हो ""बरी एउटा ढंगले बोल्न जान्दिन...... केहि हुदैन रे मलाइ आत्मग्लानी ता हुन्छ"

यी माथीका भावनाहरु सुयोगद्वारा व्यक्त गरिएका हुन् सुयोग चालिस नाघेको रिटायर्ड सुबेदार सुयोगसिंह हो उ जब पहिलोपल्ट सिबराज को घर जान्छ, तब सिबराजका तिनै बहिनीहरुलाई देख्दछ/भेट्दछ तिन बहीनीहरु मध्ये बरी भिन्न छे उ अरुले के भन्लान भन्ने नसोची प्याच्च बोलीदिन्छे अथवा भनौ आइमाइमा हुनुपर्ने जस्तो लजालुपना उसमा छैन दोश्रो-तेश्रो पटक जादैमा उ बरीको रुखोपना र सिधाबिचारले मर्माहत झैँ हुन्छ र माथिका बिचारहरु ब्यक्त गर्दछ यसले बरी कस्ती खालकी केटी हो भन्ने प्रस्ट्याउदछ

2. सायद मासुको तिर्खा मेट्छे!........त्यो केटो सायद के तिर्खा मेट्छ!.... तर मैले स्वास्नी मान्छेलाइ छोएको छु

कथाको सुरुवातमा सुयोगलाई थाहा छैन उ किन बरीप्रती आकर्षित भएको छ। के यो माया हो? के उ साच्चै बरीलाई प्रेम गर्दछ? उ अनभिज्ञ छ, यसै हो भन्न सक्दैन उ टोहोलाउछपहिलेका कुरा सम्झन्छ झ्याल को नजिक बसेर त्यसक्रममा देख्दछकी पसलेकी स्वास्नी एउटा चना-चटपटे बेच्ने केटासग माया गर्दछे भर्याङ्ग मुनीको अध्यारोमा उनीहरु के के गर्दछन, अनि सन्तुष्ट हुन्छन।  सुयोग सोच्दछ उनीहरुको मासुको तिर्खा मेटाईरहेका छन् । अनि आफुले पनि कुनै दिन गरेका रमाइलाहरु सम्झन्छ ।  

3. तपाइँ कस्तो बेपता हुनुभएको?..... यो युग नै अल्कोहल को हो।पर्सी बरीको जन्मदिन.....कोशिश गर्छु।  कोसिश गर्छु हैन, म तपाइलाइ यहि आएर लिएर जान्छु

सिबराज र सुयोग केहि दिन बारमा भेट्दैनन । अनि एकदिन सिबराज गुनासो गर्दै आउछ। अनि त्यो दिन बरीको जन्मदिनको समारोहमा सुयोगलाई आमन्त्रण पनि गर्दछ। सुयोग बरीको अघि पर्न खासै मन गर्दैन। कुरो टार्ने प्रयास गर्छ।आउने कोसिस गर्ने कुरा गर्दा सिबराजले सुयोगलाई त्यो दिन लिन आउने भन्छ। यसपछि सुयोग चिन्तामा छ। जाने की नजाने? अब सिबराजले लिन आउछु भन्नुको मतलब लिएरै जान्छ। कसरी जाने त्यो घरमा। अनि बरीको के के भनाइ सुन्नुपर्ने हो। त्यो सोमत नभएकी केटी जे पनि बोल्छे, भन्न सक्छे। यस्तै-यस्तै बिचार सुयोगको मनमा आइरहन्छ।  

 4. बुढो ठाट्टियेर आयो भन्ने हो की बरीलेमानिस कोहि थिएन सायद निम्त्याइएको म मात्रै हो की? सलाई कोरेर टाउको निहुराइ म तिर हामी धेरै नजिक थियौ तपाइलाइ त् यो नभई हुदैन रे नि.... "एरिस्ट्रोक्रियाट" ब्रान्डी निकाली.... भन्दै गइ: शिब रक्स्याहा, शिवको साथी रस्याहा जय होस् बरीको....बरीको जन्म दिन सधै सधै आइ रहोस समयमै मर भन्नुपर्छ....के छोप्न बाच्ने! बरी उहाले मान्छे काट्नु भएको छैन! त्यो रात शिवले मलाई रक्सी खुवाउन सम्म ख्वायोम भन्दा सुन्दर शिबराजलाइ केटि नपाउने कुरै भएन।

बरीको जन्मदिनमा बरीको घर नजाने निर्णय गरेर सुयोग आफ्नो डेरा/घरबाट भाग्न खोज्छ तर सफल हुदैन   सिबराजले कहिँ न कहिँ उसलाई भेट्टाइहाल्छ र लिएर जान्छ  त्यो घरमा पुग्ने क्रममा सुयोगले देखेको र सुनेको कुरा माथीका वाक्यहरुमा सुयोग बोल्दछ   उ नया सुट लाएर गएको हुन्छ र मनमनै सोच्दछ सायद बरी उसको बारेमा नानाभाती बोल्दी हो  एउटा बुढो रक्स्याहा, अबिबाहित बोको सुटमा सजिएर आयो पो भन्ने हो की बरीले सूयोगको मनमा यस्तैकुराहरु खेल्दछ  बरीले शिबराजको साथी रक्स्याहा भनेपछि उ आफैलाई हीनभावले हेर्दछ अनि स्वीकार गर्छ उ बुढो, उमेर काटेको, रक्स्याहा हो  त्यो रात उनीहरु धेरै पिउछन      


 5. सायद बरीमा यौन भन्ने रोग नै छैन बरीसग मिल्ती हुने मान्छे म होइन उ आफ्नो मिलेको शरीरलाई अत्याधुनिक फ़ेशनहरुले लपेट्ने गर्दथी क्यान्सर लाग्ला है बरी भन्थे, उ स्वागत छ भनि जवाफ दिन्थी पाए त उ बाबुको नाम पनि काढ्दी हो केटि पाइएन भन्न त लाज लाग्नुपर्ने हो, कस्तैले पनि पाउछ तिम्रो इस्वरत्वलाई पनि चुरोट खान सिकाइदेउ बरी.... मोजसग  दशवटा खाइदिञ्छु पखालेर अपराध पखालिन्छ र? तपाइको छातीभित्र पनि उकुशमुकुश छ जस्तो छ नि? सिपाही को के भर?

 यी विभिन्न प्रसंगमा व्यक्त बिचारहरु हुन्। यी बिचारहरुको कुनै खास मेल वा बहाब छैन। सायद बरीलाई देख्दा/हेर्दा सुयोगमा त्यस्तो कुनै भावना आएन र बरीले पनि सजग भएर आइमाइको जस्तो ब्यबहार नगर्दिदा सूयोगको मनमा यौनको प्रसंग उठेको हुनुपर्दछ। जहासम्म "आफ्नो मिलेको शरीरलाई अत्याधुनिक फ़ेशनहरुले लपेट्ने" कुरो छ, यो बरीकी बहीनी सानुको बारेमा गरिएको कमेन्ट हो। सानुका नितम्बहरु अत्यन्तै आकर्षक भएको झल्को सुयोगले पहिलो देखाइमै उजागर गर्दछ र लामो समयसम्म सुयोग उसका नितम्बहरुमा आखा गाडीरहन्छ। यहा "इश्वर" र "इस्वरत्व" को छलफल हुन्छ बरी र सूयोगको बिचमा। बरीले केहि भन्न बाकी नराखी भानिदिन्छे सिपाहीलाई के बिश्वास गर्न सकिन्छ र! सुयोगलाइ ती वाक्यहरुले घोच्छ नै।

6. एउटा कमा लागेको छ उसको प्रेममा

जब पसलेकी स्वास्नी थला परेर अस्पताल भर्ना हुन्छे, चना चट्पटे बेच्ने केटो र पसलेकी स्वास्नीको भर्याङ्ग तलतिरको अध्यारोमा छेकिएर गर्ने प्रेम केहीदिनका लागि रोकिन्छयहि हो प्रेम मा कमा लाग्नुमासुको तिर्खा मेट्न केहि दिनका लागी रोकीनु

7. बरी भोली मधेश जादैछमहिना दिनको लागी जमेर बस्नुभयेछ सुयोगजी....बोल्नु हुन्न नी... त्यहा चुरोट पाइदन र?  के चाहान्छु म बरीसग? को हो बरी? सम्झे बरी भोलि जादैछे तर फर्किन्छे

 
जब सुयोगले पहिलोपटक बरी मुमासग तराइ/मधेश जाने खबर सुन्छ, उसको ओठ तालु सुक्छ। उ एकोहोरिन्छ, शान्त हुन्छ र त्यसपछि सिबराजले के के बोल्यो उसको दिमागले टिप्दैन। उ सुर्तामा छ अब एक महिना उ बरीलाई देख्न पाउनेछैन। किन निन्याउरो उ? के उ साच्चै बरीलाई प्रेम गर्छ?भन्न गाह्रो छ। तर सिबराज सुयोगको कुनै भावना बुझ्दैन।


 8. बरी तिमीलाई केश पालेको कत्ति स्वाहेको छ, अब ता केश पाल है


बरी फर्कन्छे तराईबाट लामो केश पालेर।  अरु समय बरीको टाउको मुडुलो हुन्छ। छोटो केश। तर यसपटक केश लामो छ।  सुयोगलाई राम्रो लाग्छ। प्रशंशा गर्छ त्यो केशको र फेरी नकाट्न आग्रह गर्दछ। तर अर्को पटक सुयोग जब बरीको घर जान्छ, उसले देख्छ बरीले बिधवा आइमाइको झैँ छोटो हुने गरि कपाल काटेकी छ। बरीको लागी सुयोग कोइपनि होइन त? उसका भनाइ र आग्रहले कुनैपनि महत्व राख्दैनन् र? 


**********

"रुचि हुनु वा रुची देखाउने उमेर थिएन" सुयोग भन्छ फोटो फर्काउन आउदा उ बात बात मा आफु बुढो भएको महसुश गर्छ उ सोच्दछ यो उमेरमा उसले कसरि "बिहेभ" गर्नुपर्छ सेन्सिटिभ छ उ आफ्नो उमेर र आफु कस्तो देखिन्छु भन्ने कुरामा सचेत र चिन्तित छ सुयोग उसको बिहे भएको छैन, यो एउटा कारण हुनसक्छ

गला धेरै खुला भएको.... अनि छाती बेस्कन उठेको सुयोग बार बार बरीको स्तन वा बक्षस्थल हेरेर त्यसबारेमा आफ़ैसग बार बार कमेन्ट गरिरहन्छ। बरीको हुलियाको बर्णन गर्दा सुयोग उसको बेस्कन उठेका बक्ष्स्थलको बारेमा भन्न बिर्सदैन उसका आखा स्वाभाविकरुपमा बरीका छोपिएका स्तनको वरपर दौडनछ्न

**********

"किरा भित्र निसासिएर मर्छअसाध्यै रमाइलो हुन्छ सुयोगजी" यो सुनगाभाले किरा मार्छ त यसमा रमाउनुपर्ने किन? फूलबाट तपाइँ कति जीवन को थोत्रो दर्शन तर्फ लाग्नुभयो मर्न आउने मर्छन, मेरो केही भन्नु छैन गर्मि भयो भित्र आउनुस एउटा सिपाही र फूल कस्तो अमिल्दो कुरा.......

बरी र सुयोग एउटा सुनाखरी/सुनगाभालाई हेरेर छलफल गर्छन।  त्यो सुनगाभा जहा किरा/भमरा बस्नासाथ यसले आफुलाई खुम्च्याउछ र कीराहरूलाई मार्दछबरीलाई यो रमाइलो लाग्छ।  उ ठान्दछे यसले फूलको सुरक्षा गर्छ सुयोगलाई लाग्छ झरेर जाने फूलले आफुलाई के सुरक्षा गरोस।  बरीले कटाक्ष गर्छे सबैकुरामा जीवनको दर्शन जोड्नु आवस्यक छैन।

 ************
  "बिहा गर्नुस, अब बुढो भैसक्नु भो" बरीले सुयोगलाई भनेको सन्दर्भ सुयोग चिन्तामा डुब्छ: म बुढो भएछु, म बुढो देखियेछु

*************

मैले सकम्बरी लाइ मारे मैले सकम्बरी को हत्या गरे अब तिमीले सिबराजलाई आत्महत्या गर्न बाध्य गर्यौ यो त्यहि बार हो यो त्यहि सिबराज हो उसले आत्महत्या गरेन बरी एउटा अमुल्यहीन मृत्यु मरेकी छकहिलेकाही बरीको प्रसंग सुयोग आफै उठाउछबरीको अस्तित्व छैन र म सम्झन्छु यहा प्रेम को कुनै अस्तित्व छैन

एकपटक केवल एकपटक सुयोग बरीलाई चुम्बन गर्दछत्यसपस्चात बरी बिरामी पर्दछे खासमा भन्नुपर्दा बरीलाई आजकाल सन्चो हुदैन सुरुवाती दिनहरु चिन्ताका बिषय हुदैनन् तर लामो समय बित्दा पनि बरीलाइ रोगले च्यापीरहन्छ अब चिन्ताको बिषय भो यो सिबराज भन्छ यदी बरीलाई केही भैहाल्यो भने उ आत्महत्या गर्नेछ बरी तराइ जान्छे कतै त्यताको हावापानीले पो ठिक गर्ने हो कि अन्तमा खबर आउछ।सुयोगले पनि यो थाहा पाउछ सुयोगले शिबराजको घरमा कामगर्ने  आइमाइबाट यो खबर सुन्दछ कि बरीले संसार त्यागी सुयोगले न त प्रेमको इजहार गर्न सक्यो, न त त्यो जबर्जस्ती चुम्बन गरेको घटना कसैलाई भन्न नै सक्यो, न त बरीले त्यो बारे के सोची र माफी पो माग्नुपर्ने हो की भन्ने टुंगो नै गर्न सक्यो कातरको जस्तो जीवन बाच्यो उसले र अझै बाच्दैछआजकाल सिबराज र उ रक्सी पिउन उही पुरानो बारमा भेट भै रहन्छन सुयोगलाई लाग्छ एउटा निस्सार जीवन बाचेर मुल्यहीन मृत्यु लाइ अगाल्नपुगी बरी आखीरमा सबै निस्सार जीवन नै बाचिरहेका छन्

 र यो पुस्तकमा सबैभन्दा बढी प्रयोग भएको शब्द होला "निस्सार"!

घनश्याम खड्का, धुलाबारी र खगेन्द्र कोइराला, धरान

Sunday, 6 September 2015

के किताबको कभर चोरी भएकै हुन् त?

एउटा सानो बिचार यो बिसयमा खासमा मेरो भन्नु केहि पनि थिएन, भन्नु पनि छैन तर आज केहि समय बचेको छ कामबाट त्यहि भएर एउटा सानो मन्तब्य दीइहालौ भन्ने सोच आयो

हिजोबाट त्वितरमा एउटा हल्ला सुरुभएको छ त्यो हो नेपाली किताब प्रकाशक/लेखकले कभर डिजाइनमा बाहिर का अरुका फोटाहरु चोरेर कभर बनाएका छन् त्यो सुनेर/पढेर हर्ष-बिष्मात केहि लागेन म नेपाली/नेपालबाट छापिने पुस्तकको "टार्गेट अडियन्स" हैन यसको मतलब नेपाली किताब पढ्दै पढ्दिन भन्ने हैनघरमा अरुले नै किनेर राखेका किताब चाही पढ्छु नै तर आफै बजार गएर नेपाली किताब चाही बिरलै किन्छु म यहि कारण ले होला नया बग्रेल्ती खुलेका हाटबजारका टहरा जस्ता किताब लेखक/प्रकाशक सग कुनै आश छैन म सग यति सम्म गिर्लान भनेर सोचेको पनि थियिन। नगिर्लान भनेर आश गर्ने कुनै आधार पनि थिएन/छैनम एकदमै न्युट्रल हो यो मामलामा यो खबरले नेपाली साहित्यको धरातल कम्जोर रहेछ भन्ने चिन्ता आएन मनमा केवल खुल्दुली लाग्यो साच्चै चोरेका नै पो हुन् की "चोरका खन्ति"हरु को कमि नभएको यो देशमा भन्ने

त्यसपछि आकारपोस्टका त्वीतहरु  देखियो उनका त्वीतहरु र त्यहा भएका छलफल अलि टेक्निकल लाग्यो तर साधारण सबैले बुझ्ने भाषामा भन्दा धेरै फोटाहरु अनलाइन किन्न पाइन्छ र ति फ़ोटाहरुलाइ करार बमोजिम कभर डिजाइनको रुपमा प्रयोग गर्नु अन्तरास्ट्रिय प्रयोग नै हो त्यहा छलफल गर्ने केहीले अन्य त्वीतर प्रयोगकर्ता (जसले प्रकासक/लेखकलाई चोरी गरेको आरोप लगाए) को मजाक पनि उडाएको पाइयो। अन्तरास्ट्रिय प्रयोग/नीतिनियम थाहा पाउनुछैन, केवल त्वितर मा अरुलाई चोरिगरेको आरोप लगाए पुग्यो भन्ने खालका आसयका ट्वीट हरु  पनि देखियो

त्यसपछि अझै टेक्निकल त्वीतहरु हेर्न पाइयो अजित बरालको मलाइ थाहा भएसम्म उनि फ़ाइन्प्रिण्ट पब्लिसरसग जोडिएका छन् तर उनको ध्याकर्षण भनेर पोस्ट गरिएको त्व्वित्मा के र कसरि उनको ध्यान आकर्षण भो त्यो बारेमा कुनै कुरो छैन उनको टेक्निकल भाषालाई मैले बुझेसम्म सिम्प्लिफाई गरेर भन्दा उनले पनि फोटाहरु किनेर नै प्रयोग गरेका हुन् (उनको त्वीतमा लाइसेन्स कि र भेक्टर फाइलको कुरो छ) त्यहि भएर कुनै चोरी-सोरी होइन

म कानुन नपढेको मान्छेले पनि अजितको त्वीत पढेर यदि अजितले भनेको सच्चो हो भने (र उनलाई बिश्वास नगर्नु पर्ने कुनै आधार छैन) यो भन्न सक्छु "अजित ह्याज अ स्ट्रंग लिगल आर्गुमेण्ट टु स्ट्याण्ड इन द कोर्ट अफ ल" तर एउटा पाठक को रुपमा चाही उनको क्लारिफिकेशन अलि खल्लो लाग्यो म फेरी दोहोर्याउन चाहन्छु कि म आफैलाई नेपाली पुस्तकको "रिडर" भन्न त रुचाउदिन किनकि म त्यो "ट्याग"लाइ "जस्टिफाई" गर्न सक्दिन"बट फर अ मोमेन्ट, आइ एम स्टेपिङ्ग इन्टु दि शुज अफ अ रिडर अफ नेपाली बुक्स" मलाइ लाग्छ अजितको शंका निवारण गर्न जारि गरिएको पत्रले नेपाली पाठकलाई चाही खल्लो महसुश गराउनेछ

यसो भन्नुमा मेरा दुइटा कारणहरु छन्: पहिलो ता पाठकलाई लाग्छ नै कि यत्रो किताब छापेको छ र (आरोप पनि छ कि आजकालका किताब महंगा भए भन्ने) एउटा "मौलिक" नेपालीपन झल्काउने किताब कभर बनाएका छैनन् लेखक/प्रकाशकले। नेपालीपन झल्काउने र मौलिक नेपाली कभर ले नै नेपाली पुस्तकलाई सोभा दिन सक्छ।  नेपाली पुस्तकको टार्गेट कुनै अन्तरास्ट्रिय मार्केट हैन र जे जस्तो कभर बनाए पनि विदेशबाट फोटो किनेर हाल्नुपर्ने जरुरि पाठकले देख्छन जस्तो लाग्दैन। 

अर्को कुरा फोटो किनेको भन्दैमा पहिले नै अर्को पुस्तक को कभर भै सकेको फोटो नेपाली पुस्तक को पनि कभर बनाउनु चाहि "माल पाएर चाल नपाउनु जस्तै हो" हो प्रकृति, पुतली, पहाड, फुलको फोटो किनियो पनि होला बाहिरबाट तर "अब्स्ट्र्याक्ट" इमेज्हरु जो पहिले नै अर्को कुनै किताबको गाता भै सकेका छन् तिनैलाई नेपाली किताबको गातामा पनि राख्नु चाहिँ पुरै दिवालियापन हो। उदाहरणको लागि हेरौ न मोहन मैनालीको “मान्ठा हराएको जुग” र एरिक ब्राड्फ़ोर्ड एड्रेओन को "अ डान्स विद शाडोज" दुबैको कभर एउटै छ यस्तो काम इथिकल्ली सहि हो जस्तो चाही लाग्दैन मलाइ, एउटा पाठक भएर सोच्दा। फोटो किनेको छ भन्दैमा एउटाको गाता जुरुक्क उठाएर कुनै लाज शरम बिना नै अर्को किताबमा हालेको छ

र अन्त्यमा, सलमान खान द्वारा होस्ट गरिएको गत बर्ष को रियालिटी सो "बिग बोस"मा सलमान भन्ने गर्थे, "डु म्यान, डु व्हाटेभर यु वान्ट टु डु". त्यहि कुरा मेरी स्वर्गबासी हजुरआमा अलि क्रुड भाषामा भन्नुहुन्थ्यो, "जे सुकै गरुन राडा-राडी हरु"! म सोच्दैछु सलमानको इस्टायलमा भनौ या हजुरआमाको लवजमा