Showing posts with label CPN UML. Show all posts
Showing posts with label CPN UML. Show all posts

Saturday, 9 February 2013

कम्युनिजम प्रतिको बुझाइ र कम्युनिस्ट प्रशिक्षण

मैले यो मेरो ब्लगमा कसरी मैले मदन भण्डारी लाइ चिने धेरै बर्ष पहिले गाउमा हुदा भनेर लेखेको छु। त्यसपछि मेरो कम्युनिजम प्रतिको लगाब बढ्दै गयो। पछि काठमान्डू आएर त्रिचन्द्र कलेजमा पढ्दा मुल्यांकन मासिकका सम्पादक श्याम श्रेष्ठ सग एकदिनको कम्युनिजम को बारेमा प्रशिक्षण लिन गएको थिए। त्यो बारेमा मेरो अनुभब यहा छ। 

श्याम श्रेष्ठ को गेट सहितको र गेटमा कुकुर देखी सावधान लेखेको पत्रिकाको कार्यालय घर रहेछ। उनको बसाइ पनि त्यही हो कि हैन मलाइ थाहा भएन। त्यो चाही अन्तरक्रिया प्रकाशन प्रा. लि. को नवयुबा र मुल्यांकन मासिकको घर रहेछ। एउटा ठुलो कोठामा हामि बस्यौ पन्ध्र जना जती। भुइमा चट्टाई/दरी ऒछ्याइयेको थियो र त्यसैमा बस्यौ  हामी। बिचमा बसे हाम्रा गुरु श्याम श्रेष्ठ। पहिले क्रान्तीकारी पारामा नमस्कार गर्दै सबै को परिचय लिने दिने काम भयो। त्यस पश्चात उनले आफ्नो परिचय अलिक लम्बेतान दिदै कम्युनिजम्को बारेमा गफ दिन थाले। उही थोत्रो मार्क्स, कार्ल्स, एंगेल्स, आदि इत्यादि। एमाले कम्न्युस्ट नै होइन भन्ने खालको कुरा गरे। तेस पछि राजा ज्ञानेन्द्र लाइ टन्नै गाली गरे। त्यस बखत राजाले साशन हातमा लिएका थिए। कांग्रेसी नेता देउवा प्रती पनि सक्तो रिस पोखे। अनि माओबादी प्रति चाही अलि नरम देखिए। 

उनले जे जे भने पनि हो हो ए ए भन्दै सुने मैले। मलाइ धेरै उनीबाट जान्ने मन थिएन। मैले पोलिटिक्स का कीताब खोजि खोजि पहिले देखिनै पढ्न थालेको थिए। त्यहि भएर उनले भन्न सुरु गरेका कुरा एकदमै पहिलो लेभल का भएर खासै नया लागेन। 
खासै चाख लागेन मलाइ उनको बोलाइ मा। नेता हरुका अलिक कडा भासण सुन्ने बानी भएर होला श्याम श्रेष्ठ कम्न्युस्ट भएर पनि अलि नरम जस्ता देखिए। यो केटाले चाख लिएको छैन भन्ने उनलाई नलागोस भनेर यता तेता के के जाती बोले मैले, प्रश्न गरे तर त्यति धेरै चाखलाग्दो नया कुरा भएन त्यो दिन। 

त्यस पछि प्रस्न उत्तर को कार्यक्रम भयो बेलुका चार बजेतिर। एमाले किन कम्न्युस्ट हैन भन्ने खालका प्रसङ्ग उठे र प्रसंग उठ्यो मदन भण्डारीको "जबज" - जनताको बहुदलीय जनबाद र सिपि मैनालीको नया जनबाद (नौलो जनबाद - नज) । मैले त्यतिबेला र अहिले सम्म पनी नबुझेको कुरो यी दुइ बिचमा के फरक छ। मलाई लाग्यो कि मौका यहि हो अब प्रश्न सोधी हाल्नु पर्दछ। र मैले सोध्नु भन्दा पहिले मेरो एउटा साथीले श्याम जी लाइ प्रश्न गर्यो कि फरक के छ जबज र नज को बिचमा।

आजचाही बुडा ले प्रस्ट जवाफ देलान र सबै खुल्दुली मेटाइदेलान भन्ने थियो नि आफुलाई त। तर कहा हुन्थियो बुडा ले त के के भने भने। लटर पटर जवाफ दिए। केहि बुझेको भए मरिजाउ। त्यो साथीले फेरी प्रश्न गर्यो त्यहि बिसयमा अनि बुडाले पनि फेरी उही पारामा लटरपटर जवाफ  दिए। मैले बुझे या त बुडा लाइ नै थाहा छैन किनभने उनि एमाले लाइ कम्न्युस्ट भनेर गन्दैनन। त्यही भएर त्यता तिर तेती धेरै ध्यान दिएका छैनन्। या त यो कुरो नै यति गाह्रो छ बुझ्नका लागि कि हाम्रो राजनीतिक चेतना को स्तर लाइ अझै खार्नुपर्दछ हामीले यो कुरो बुझ्नलाई। अनि लखर लखर गर्दै बेलुका म घर फर्किए हिन्दै टेकुबाट हनुमानस्थान/बबरमहल सम्म। 

***********************************

भोलिपल्ट गइयो त्रिचन्द्र कलेज। फेरी गइयो त्रिचन्द्रको छतमा गफ गर्दै, घाम ताप्दै गर्न। हिजो श्याम श्रेष्ठको कम्न्युस्ट बिचार को प्रवचन सुन्न आउन नपाउने साथीहरुले सोधे - के भयो? कस्तो भयो। मेरो अर्को साथीले जोत्न सुरु गर्यो। बढाई चढाई गफ हान्यो है तेस्ले अब। हामीले यो सिकेउ, त्यो सिकेउ, श्याम जी ले यो भन्नु भो, त्यो भन्नु भो भनेर निकै बेर जोत्यो। अनि त्यो सुन्ने साथीले पनि हौसी हौसी सोध्न थाल्यो। यो बारेमा पनि कुरा भो, त्यो बारेमा पनि कुरा भो? लेनीन को बारेमा? स्टालिन को बारेमा? मेरो साथीले हो हो भन्दै गफ हान्यो। अनि कुरा आइ पुग्यो नौलो जनवाद र जनताको बहुदलिय जनवादको बारेमा। सोध्ने ले सोध्यो, भन्ने ले पनि हो हो भन्नुभो, सिकाउनु भो भन्दै गफ ठोक्यो। तब एक्ज्याट फरक के छ भनेर जब प्रश्न आयो - तब गफ हान्ने मेरो साथि अकमकियो, कपाल कनायो र फिस्स हास्दै म तिर हेर्यो। म उसलाई हेरेर एकछिन ट्वाल्ल परे र फिस्स हासिदिये। केटोले कुरा बुझ्यो की म उसको केहि सहयोगी हुन सक्दिन। त्यस बारेमा मैले केही बुझेको भए ता मारिदिनु। तेस्पछि केटो आफै सम्हालियो। र कनी कनी फेरी जोत्न सुरु गर्यो। अर्को साथीले कुरो धेरै क्लियर पार्न प्रश्न गरिरह्यो अनि भन्ने ले अन्तिम अश्त्र छोड्यो, "श्याम जी ले भन्नु भो, यो बुझ्न धेरै गाह्रो छ अरे। निकै पढे पछि मात्रै बुझिन्छ अरे।" अब चाही मैले पनि हो त्यहि भन्नु भो भनेर सही थापिदिए र कुरोलाई पुर्णबिराम लगायेउ। 

तेस्पछी समयक्रम यस्तो भयो की मैले ती साथीहरुलाई आजसम्म (लगभग बाह्र वर्ष पछि सम्म) भेटेको छैन। अहिले ता नाम पनि बिर्यिये। र फेरी कुनै कम्न्युष्ट पार्टीको प्रशिक्षण लिन गैयेन। अलि पछि आएर कम्युनिजम को सत्यता धेरै नै बुझियो र यसप्रतिको मोह पनि मर्दै गयो।  (समाप्त)

Thursday, 7 February 2013

जनताको बहुदलीय जनबाद र मदन भण्डारी सगको मेरो चिनाजानी

मैले अघिल्लो पोस्टमा मदन भण्डारीको मृत्युको बारेमा एउटा रिफरेन्स दिएको थिए। तेस्बारेमा अलिकती लेख्ने मन छ। मदन भण्डारी बिचरा दुर्घटना मा मरेछन। तर ती को हुन् मलाइ केहि थाहा थिएन। म हजुरबुवा हजुरआमा सग माओल मा बस्थे। अबिबाहित दुइजना सानिमा/आन्टी हुनुहुन्थ्यो मावलमा। हजुरबुवा काँग्रेस तर सानिमा हरु एमाले। बाउ को आखा छली छली राजनीतिका कुरा हुन्थे। मेरो पार्टी पनि एमाले तेस बखत। म गरिबको छोरो - अनि गरीबको पार्टी कम्न्युस्ट भन्थे। त्यहि भएर एमालेलाई दायाबाया नसुनी सपोर्ट गरिन्थ्यो त्यो जमानामा। म नौ या दस बर्ष को थिए र मेरो पार्टी एमाले भए पनि यी मदन भण्डारी भन्नेलाई चिनेको सुनेको थियिन। हरेक दिन नौ बजे समाचार आउथ्यो रेडियोमा। सुनिन्थ्यो बिहानको भात खादै र तेस्पछि स्कुल जान्थे म। 

नौ बजेको समाचारमा भनेछ। मदन भण्डारी दुर्घटनामा परे। हराए भनेर। सानिमा हरुले दुख मनाउ गर्नुभो। म स्कुल हिडे। स्कुल पुगे पछि हेडसर सायद बिष्णु सर हुनुहुन्थ्यो - नोटिस पढेर सुनाउनु भो र टास्नुभो सुचना पार्टीमा - आजलाई स्कुल छुट्टी किनकि हाम्रा महान नेता मदन भण्डारी हराए। सायद तेतिन्जेल सम्म मदन गइ नै सके भन्ने खबर र छ क्यार अहिले सम्झिदा नभए किन स्कुल छुट्टि दिन्थे र। हेडसर सिवाकोटी एमाले का खुंखार गाउका नेता थिए। ज्यादा कुरा बताएनन। नोटिस सुनाएर, पिउन ले नोटिस सुचना पार्टीमा तास्दा नटास्दै साइकील निकालेर सर हिडे। हामि पनि बाट्यो लागेउ। बाटामा मेरो क्लास भन्दा सिनियर साइलो दमाइको छोरा सग भेट भयो। उ पनि हिड्दै घर फर्कदै गरेको। एउटा खुट्टा जन्मजातै अलि छोटो वा कुँजो थियो। बिस्तारै हिड्थ्यो। तेही भएर अरु भन्दा ढिलो हिड्ने हुदा एक्लै बिस्तारै आउदै रहेछ। मैले भेटे र उ सग गफ्फिदै बिस्तारै घर आए। आउन पनि कुनै हतार नै थिएन। 

अनि उसले सोध्यो र बतायो। को हुन् मदन भण्डारी। कसरी उनले स्वयम् राजा बीरेन्द्रलाई मुकुट खोलेर चुनाब लड़ना च्यालेन्ज गरेका थिए। कसरी किसुन जी पनि हार्नु भो मदन भण्डारी सग आदि इत्यादि सबै कुरा बतायो त्यो दाइले। अनि थाहा पाए को थिए मदन भण्डारी। 

तेस्पछि अलि ठुलो हुदै गइयो। पत्रपत्रिका पनि पढ्न थालियो र थाहा भो मदन भण्डारी ले "जनताको बहुदलिय जनबाद" (जबज) भन्ने कार्यपत्र एमालेको महाधिबेशनमा पेश गरेर चन्द्र प्रकाश मैनाली (उर्फ सिपि मैनालीको सायद नौलो जनबाद भन्ने कार्यपत्र) लाइ माथ ख्वाएका रहेछन। 

यसरि चिने मदन भण्डारीलाई मैले। तर जबज के हो मैले तेती बेला बुझिन, ज्यादा बुझ्न पनि चाहिन। 
****************************************************************

ठुलो भैयो। त्रिचन्द्र आइयो बीएस्सी बढ्नलाई। आउँन ता गाउबाट डाक्टर, नभए पक्का इन्जिनियर बन्ने आफ्नो सपना, परिवार, इस्टमित्र, नातेदार र असल छिमेकीहरु सम्मको सपना बोकेर आइया थियो। तर काठमान्डौ को एकबर्ष को बसाइले त्यो कुनै सपना पुरा हुने नदेखेर 2002 मा त्रिचन्द्र जोइन गरियो। बियस्सी पढ्नलाई। एक ता भर्ना नै ढिलो भएको थियो। ति माथी भर्खर मरेका सपनाहरुको सोक मन्नौने क्रम जारि नै रहेकोले प्रथम बर्षमा केहि पढ़ियेना। हुन् ता कसैले पढेको पनि देखिन। तेही भएर मनमा सन्तोक चाही थियो कि कुनै गलत काम गरिएको छैन भन्ने। कलेज पनि ज्यादा जाने गरेको थियिन। हप्ता या दश दिनमा एकचोटी मात्रै। त्यहा जादा पनि वाहि राजनीती र हावादारी गफ मात्रै। त्रिचन्द्र पुरै कांग्रेसको अड्डा थियो तेस बखत। देउवा नेविसंघ र कोइराला नेविसंघ दुइटै थिए त्यसबखत। बाहिर बाहिर नेविसंघ भए पनि भित्र चाही कम्न्युस्ट थिए म। बिचार मिल्ने केहि साथि भेट भए। उनीहरु म भन्दा ज्यादा जान्ने कम्न्युस्ट थिए। त्रिचन्द्रको छत मा गएर घाम ताप्दै गफ़िन्थे राजनितीका बारेमा। यत्तिकैमा हाम्रो प्लान बन्यो की मुल्यांकन मासिकका सम्पादक/प्रकाशक श्याम श्रेष्ठ ले उनकै घरमा सनिबार कम्युनिज्म सम्बन्धी राजनितीक प्रसिक्षण गराउछन यदी हामीले दश पन्ध्र जनाको ग्रुप बनाएर उनलाई रिक्वेस्ट गरयौ भने। मलाई त तेती धेरै इन्ट्रेस्ट थिएन ति प्रसिक्क्षण मा तर साथि हरुसग साथ नछोड्न र उनीहरुलाई ति दस - पन्द्र जनाको ग्रुप बनाउन गाह्रो भाको देखेर मैले पनि भाग लिने भनेर सहमति जनाए। समय र गते फिक्स भयो अनि एक सनिबार 2002-2003 को हामी श्याम श्रेष्ठ को घर /छापाखाना (टेकु तिर कता हो) मा भेला भयेउ। (क्रमश:)

(यो मेरो ब्लगको दोश्रो भाग यहा छापिएको छ। तपाइँ यो पढेर सुझाब र सल्लाह दिनुहोला।)