Showing posts with label Kagjat Pramanikaran Nepal. Show all posts
Showing posts with label Kagjat Pramanikaran Nepal. Show all posts

Friday, 26 June 2015

कागजात प्रमाणीकरण सम्बन्धि नेपाली ब्यबस्था: नेपालको कानुन, कठै! नेपालीले के जानुन - भाग दुइ

कागजात प्रमाणीकरण सम्बन्धि नेपाली ब्यबस्था: नेपालको कानुन, कठै! नेपालीले के जानुन - भाग दुइ

- घनश्याम खड्का, हाल: दिल्ली, भारत/स्थायी ठेगाना: काकरभिट्टा, झापा

अनुभबको आधारमा तयार गरेको यो लेखमा मैले नेपालमा कागजात प्रमाणीकरण कसरि गर्ने, र कँहा कँहा कस्तो दुख पाउने भन्ने बारेमा चर्चा गरेको छु।

नेपालमा कागजात प्रमाणीकरण को बारेमा एउटा लेख लेख्न सुरु गरेको थिए। यता छ पहिलो भाग । त्यो पढेर मात्रै यो पढ्नु होला अनि बुझ्नुहुन्छ सबै कुरा।

अब कथालाई नया मोडमा लगौ है त।

मानौ पररास्ट्र को कन्सुलर अफिस जुन त्रिपुरेश्वर काठमान्डू मा छ त्यहा बाट जसो तसो कागजात दुख पाई नपाइ प्रमाणित गर्नु भो (मतलब छाप लगाउनु भो) अब तपाइँ दौडेर गएर जुन बिदेशी दुतावासले त्यो कागज मागेको हो त्यहा गरेर बुझाउदा भो यदि त्यो देश को दुतावास नेपालमा छ भने। मानौ त्यो देशको दुतावास नेपालमा छैन तर भारत को राजधानी दिल्लीमा छ भने अलि बढी काम गर्नुपर्छ तपाइले।

पहिलो काम ता दिल्ली आउनुपर्यो, अनि दिल्ली आएपछि त्यो देशको दुतावासमा गएर त्यो कागज बुझाउने बित्तिकै त्यसले लिइ हाल्छ भन्ने छैन। त्यो देशको दुतावास नेपालमा नभएको कारणले त्यो देशको दिल्ली दुतावासमा त्यो कागज बुझाउनु अघि तपाइले नेपाली दुतावास नयादिल्लीबाट त्यो कागजमा अर्को एउटा छाप लगाउनुपर्छ। अनि मात्रै त्यो कागज उनीहरुले (बिदेशी देशको दिल्ली दुतावासले) बुझ्नेछ। तसर्थ जुन जुन देश को दुतावास नेपालमा छैन त्यहा बुझाउने कागजात मा नेपाली दुतावासको छाप हुनु जरुरि छ।

उदाहरण का लागि तपाइँ क्युबा जादै हुनुहुन्छ। मानौ (मलाइ तथ्य थाहा नभएर मानेको यहा, तपाइलाइ कुरो बुझाउन) क्युबाको दुतावास नेपालमा छैन र नेपालको दुतावास पनि क्युबामा छैन र तपाइँ क्युबाको न्युदिल्ली दुतावासबाट विसा लिदै हुनुहुन्छ भने तपाइले क्युबाको दुतावास दिल्लीमा बुझाउनुपर्ने कागजातमा(जस्तै: तपाइको जन्मदर्ता, बिबाह दर्ता, अबिबाहित स्थितिको प्रमाणपत्र, नेपाल प्रहरीबाट प्राप्त चारित्रिक प्रमाणपत्र आदि इत्यादि) नेपाली दुतावास दिल्लीले एउटा छाप थपे पछि मात्रै क्युबाको दुतावास दिल्लीले लिन्छ। यो कुरा ध्यान दिनुहोला। प्राय सबै देशमा बुझाउनु पर्ने कागजात यहि प्रक्रियाबाट बुझाउनुपर्दछ।

नेपालको दिल्ली दुतावासमा छाप लगाउन त्यति गाह्रो छैन। एउटा सादा कागजमा निबेदन लेखेर दिए हुन्छ। किन चाहियो, के कागज हो, कसको भन्ने खालका सामान्य प्रश्न को सामना गर्नु नपर्ला भन्न सकिन्न।

मानौ तपाइँ क्युबाको कुनै सरकारी अफिसमा (मानौ: क्युबाको अध्यागमनमा) नाता प्रमाणित गरेको कागज बुझाउदै हुनुहुन्छ भने माथिको उदाहरणमा यदि क्युबामा नेपाली दुतावास छैन भने त्यो कागज मा नेपालको पररास्ट्र कन्सुलर डिभिजन का अतिरिक्त, भारतको दिल्ली मा रहेको नेपाली दुतावास र भारत मा रहेको क्युबा दुतावासको छाप लगाउनुपर्नेछ।

यदि क्युबामा नेपाली दुतावास छ भने त्यो कागज मा नेपालको पररास्ट्र कन्सुलर डिभिजनको छाप लगाए पछि सिधै क्युबा गएर क्युबामा रहेको नेपाली दुतावासको छाप लगाए भयो। दिल्ली भ्रमण गरि राख्नुपरेन। तसर्थ यो केसमा दिल्ली को भ्रमण गरिराख्नुपरेन।

अर्को उदाहरण हेरौ है: यदि क्युबामा नेपाली दुतावास छैन तर क्युबाको दुतावास नेपालमा छ भने, नेपालको पररास्ट्र कन्सुलर डिभिजनको छाप लगाए पछि नेपालमा रहेको क्युबाको दुतावास मा जानुहोस। त्यहा बाट छाप लागेपछि फेरी कुनै नेपाली दुतावास बाट छाप लगाइरहनुपर्दैन।  सिधै क्युबा गएर कागज बुझाए हुन्छ।

माथि उल्लेखित सिनारियो हरु बुझ्नु भो? बुझ्नुभयेन भने फेरी दोहोर्याई तेहेर्याई पढ्नुहोला। कुनै दिन काम लाग्नसक्छ। यसका आधारमा बाहिर जानेहरुलाई ज्ञान बाढ्न पनि सक्नुहुनेछ।

अब तपाइहरुको मनमा एउटा प्रश्न उब्जियो की: तेरीमा झ्याकने कतिवटा छाप लाउनुपरेको हो? किन यस्तो? यसो बिचार गर्दा यसको मूल कारण यो रहेछ:

पहिलो कुरा ता अर्को देशमा बनाइएको, उत्पति भएको कागजात सहि हो होइन भन्ने कुनै आधार हुनु नै पर्यो। यसका लागी धेरै देश ले प्रोसेस सजिलो गर्न "एपोस्टल कन्भेन्शन" भन्ने बनाएका रहेछन। तर खै किन हो नेपाल यो कन्भेन्शन/सन्धिको हस्ताक्षर नगरेको पार्टी भएको हुदा थुप्रो छाप लगाउनुपर्दो रहेछ हाम्रो कागजातमा। यो सन्धिको बारेमा विकिपेडिया मा यस्तो लेखिएको रहेछ:

The Hague Convention Abolishing the Requirement of Legalisation for Foreign Public Documents, the Apostille Convention, or the Apostille Treaty is an international treaty drafted by the Hague Conference on Private International Law.

संसारका १०५ देशले यो सन्धिमा हस्ताक्षर गरेका रहेछन र प्रोसेस अलि सजिलो हुने रहेछ। तर हाम्रो देस नेपालमा सजिलो र छोटोछरितो काम गर्ने चलन नभएको हुदा यो सन्धिमा हस्ताक्षर कुनै दिन होला नहोला अनुमान गर्न गाह्रो छ।

अब कुन कागज कहाबाट लिने र कहा कहा जाने भन्ने छोटो जानकारी.

निम्न कागजहरु तपाइको स्थायी बसोबास गरेको गाबिस/नपा/उनपा/महानगरपालीका बाट लिने:(नपा/उनपा/महानगरपालीकाले त्यो कागज वार्ड अफिसलाई जारी गर्नुभन्ने अधिकार दिएको हुनसक्छ)

१) जन्मदर्ता प्रमाणपत्र, २) मृत्युदर्ता प्रमाणपत्र, ३) विवाहदर्ता प्रमाणपत्र, ४) अविवाहित प्रमाणपत्र, ५) सम्बन्धविच्छेद दर्ता प्रमाणपत्र, ६) नाता प्रमाणित प्रमाणपत्र, ७) वसाइ सराई प्रमाणपत्र
सबै कागज अंग्रेजीमा लेखिएको हुनुपर्दछ। यदि वार्ड अफिसले दिएको कागज हो भने त्यसमा नपा/उनपा/महानगरपालीका को छाप पनि हुनुपर्दछ। सम्बन्धविच्छेद दर्ता प्रमाणपत्र को लागी अदालतको प्रमाणित आदेश हुनुपर्दछ। यदि सम्बन्ध बिच्छेद बिदेसी अदालत बाट भएको हो भने त्यसको कुरै नगरौ अहिले। प्रोसेस लामो हुन्छ। त्यो कागज तयार भएपछी जिविस, अनि पररास्ट्र कन्सुलर साखामा आउनुहोस।

शैक्षिक प्रमाणपत्र: एसएलसी र प्लुस टु को प्रमाणपत्रमा उनीहरुको अफिस सानोठिमी भक्तपुर बाट छाप लगाउने अनि सिक्षा मन्त्रालयबाट छाप लगाउने अनि पररास्ट्र कन्सुलर शाखामा आउने।

त्रिविको प्रमाणपत्रमा उनीहरुको अफिस सायद बल्खु (मलाइ यो त्यति क्लियर छैन। उनीहरुको अफिस सायद जमल मा पनि छ क्यार!) बाट छाप लगाउने अनि सिक्षा मन्त्रालयबाट छाप लगाउने अनि पररास्ट्र कन्सुलर शाखामा आउने।

प्रहरी प्रतिवेदन: नेपालमा बसोबास गरेका ले प्रहरी कार्यालय रानीपोखरी, रत्नपार्क बाट लिने। बिदेशमा रहेकाले आफ्ना साथि-भाइ मार्फत नक्साल बाट लिने। नक्साल जाने हो भने भ्यालिड भिसाको कपि चाहिन्छ। त्यो अंग्रेजीमा हुन्छ प्रतिबेदन। प्रतिबेदन लिएर पररास्ट्र, कन्सुलर साखा जाने।

फोटोकपी प्रमाणीकरण (नागरिकताको प्रमाणपत्र, राहदानी, सवारीचालक अनुमतीपत्र, प्यानकार्ड (कर परिचय पत्र)): जुन अफिसले दिएको हो यी डकुमेण्ट हरु त्यहि बाट एक कपि फोटोकपिमा उनीहरुको सहि माग्ने। अनि ओरिजिनल र फोटोकपी दुवै लिएर जाने पररास्ट्र कन्सुलर साखा।

नागरिकता आजकाल एक साइड नेपाली, एक साइड अंग्रेजीमा दिन थालेछन। सजिलो भा छ। त्यसको फोटोकपिमा नागरिकता दिने अफिसले सहि गर्न मान्यो भने। मान्यो भने है किनकि ""नोटरी पब्लिक कानुन" आएको छ। हामीले सहि गर्न मिल्दैन पनि भन्दा रहेछन गोबरगणेश साखा अधिकृतहरु"।

तर तपाइको नागरिकता मेरो जस्तो पुरानो छ भने प्रोसेस अलि झन्झटिलो छ। नागरिकता दिने अफिसले यसलाई अंग्रेजीमा त्रान्स्लेट गरिदिनुपर्छ. यो फर्म्याट मा:



हेर्नुहोस पररास्ट्र ले यो ड्राफ्ट दिएर यस बमोजिम गरेर लिएर आउ भन्यो। तर पररास्ट्र ले भने बमोजिम गर्दियेनन झापाका सहायक प्रमुख जिल्ला अधिकारी कमलबहादुर थापाले। हामि सग यस्तो पावर नै छैन, कहा पररास्ट्र ले भन्ने बित्तिकै गरिन्छ भने उनले। अनि भने पुरानो नागरिकता हरायो भन्नुहोस अनि नया बनाउनुहोस, त्यहा अंग्रेजीमा हुन्छ एक साइड। के गर्ने अनि?? तपाइँ नै भन्नु त


हेर्नुहोस कागजात प्रमाणीकरणका हर एक पहेली का बारेमा जति लेखे पनि कम हुन्छ। कुनै प्रश्न भए सोध्नुहोला यहा कमेन्ट मा वा इमेलमा। जानेजती कुराको जवाफ दिन्छु नै।

जादाजादै "नोटरी पब्लिक" को काम र तिनीहरुको फटाइ को बारेमा दुइ-चार शब्द खर्चिदैछु छोटकरीमा:

नोटरी पब्लिक को कामै छैन नेपालमा त भन्दिन, छ होला काम तर कागजात प्रमाणिकरणमा उनीहरुको काम छैन। उनीहरुलाई यो काममा नलगाउनुहोला। किन भन्दा पररास्ट्रले उनीहरुले गरेको अनुबाद र प्रमाणिकरण लाइ रद्दीको टोकरीमा हालिदिदोरहेछ। अब पररास्ट्र को कदम सहि हो वा गलत हो उही जानोस, तर यस्तै रहेछ यहाको चलन। त्यै भएर समय र पैसा नोटरी पब्लिकमा नखर्चेको बेश। तर मैले एक दुइ नोटरी पब्लिक को फटाइ देखे काठमान्डू मा। कसरी नेपालीले नेपालीलाइ नेपालमै दिल खोलेर ठग्छन भन्ने उदाहरण

बिचरा विदेशबाट भर्खरै फर्केका दाइको सम्बन्ध बिच्छेद भएछ काठमान्डू जिल्ला अदालतको आदेशले। दाइले कमायेछन विदेशमा मिहिनेत गरेर, काठमान्डूमा घर किनेछन। उनकी बुढी (भाउजु) काठमान्डूको हावामा रमाइलो गर्दै रहिछिन। दाइले थाहा पाए, मुद्दा हाले काठमान्डूमा। जिते मुद्दा। सम्बन्ध बिच्छेद भयो। त्यो वकिल/नोटरी पब्लिकले जिल्ला अदालतको आदेश अंग्रेजीमा उल्था गरेर छाप लगाएछ त्यो कागजमा दुइचार ठाउ। बुढा मान्छे कागज बोकेर आयेछन पररास्ट्र। पररास्ट्र किन टेर्थ्यो नोटरी पब्लिक लाइ?

गर्नु के पर्थ्यो त? 

त्यो जिल्ला अदालतको सक्कलै प्रमाणित आदेश लिएर जानु रे त्यो गाविसमा जहा बिबाह दर्ता छ। त्यो आदेश को आधारमा गाविसले कागज बनाइदिदो रहेछ "फलाना फलाना अदालतको आदेशले यो गाविसमा दर्ता भएको बिबाहदर्ता अब बिच्छेद भएको छ भनेर"। त्यो पनि गाबिस सचिबले अंग्रेजीमा लेखिदिनुपर्ने। अनि त्यो कागज बोकेर जिविस जानुहोस- जिल्ला बिकास समिति, जिल्लाको सदरमुकाम अनि त्यहाँ बाट छाप लगाएर आउनुहोस पररास्ट्र, कन्सुलर साखामा। त्यहा उनीहरुलाई अंग्रेजी भाषामा चित्त बुझ्यो भने लगाइदिञ्छन छाप। बुझ्नु भो?

त्यो मोरो फटाहा नोटरी.... ३-४ हजार कमाइ हाल्यो होला बादी बाट!

प्रश्न शोध्नुहोस, कमेन्ट लेख्नुहोस है। अहिलेलाई कलम बन्द गरे!

(NOTE: आजकाल यो ब्लग नेपालिकबिले चलाउदैनन. केहि जुनियर भाइ हरु लाइ "गुगल एड्सेन्स" को प्रयोगका लागि यो ब्लग जिम्मा लगाइएको छ. नेपाली कबि/घनश्याम खड्काले लेखेका लेखहरु उनको पुरा नाम राखेर प्रकाशित हुनेछन. कमेंट्स इमेलमा पठाए पनि भो: nepalikabitaharu@gmail.com)

Thursday, 25 June 2015

कागजात प्रमाणीकरण सम्बन्धि नेपाली ब्यबस्था: नेपालको कानुन, कठै! नेपालीले के जानुन

कागजात प्रमाणीकरण सम्बन्धि नेपाली ब्यबस्था: नेपालको कानुन, कठै! नेपालीले के जानुन

- घनश्याम खड्का, हाल: दिल्ली, भारत/स्थायी ठेगाना: काकरभिट्टा, झापा

अनुभबको आधारमा तयार गरेको यो लेखमा मैले नेपालमा कागजात प्रमाणीकरण कसरि गर्ने, र कँहा कँहा कस्तो दुख पाउने भन्ने बारेमा चर्चा गरेको छु।

के तपाइँ विदेश जादै हुनुहुन्छ? या विदेश जाने सुर-सार मा हुनुहुन्छ की? जाने ठाउ र गर्ने काम र उद्देस्यलाइ ध्यान राखेर तपाइलाइ विभिन्न कागजातको आवस्यकता पर्दछ। नेपाल र विदेश स्थित विभिन्न ठाउमा प्रस्तुत गर्नुपर्ने, बुझाउनु पर्ने कागजात "ओरिजिनल" हो होइन थाहा पाउन तपाइले त्यो कागजातलाई विभिन्न देशी बिदेशी दुतावास, र नियोगहरुबाट प्रमाणित गराएर मात्र त्यसलाई सम्बन्धित देश र ठाउ मा बुझाउन पाइन्छ। यो प्रक्रियालाई कागजात प्रमाणीकरण (Legalisation of Documents/Documents Attestation) भनिन्छ र एउटा लामो, र झन्झटिलो प्रक्रिया को लागि समय र खर्च खर्चिन तयार रहनुहोला।

उदाहरण को लागि: मानौ की तपाइँ स्पेनको रेजिडेन्स परमिट होल्डर हुनुहुन्छ। अब तपाइँ नेपालको कुनै आफ्नो गाउबाट श्रीमती र छोरालाई पनि स्पेन मै बस्न मिल्ने गरि नेपालबाट स्पेन लिएर आउन चाहनुहुन्छ। यसका लागि ता सबैभन्दा पहिले तपाइले आफ्नो नेपालमा स्थायी बसोबास गरेको गाविसमा जानुपर्दछ र त्यहा बाट फलाना फलानी मेरो छोरो/छोरी/श्रीमती आदि भन्ने नाता प्रमाणित गरेको कागज लिनुपर्दछ। यसका लागि हरेक गाबिस का आफ्नै नियम होलान: जस्तै की के आधारमा फलाना फलानी तपाइकै छोरो/छोरी/श्रीमती हो भन्ने खुल्दछ। यसका लागि तपाइको बिबाह दर्ता, छोरा छोरीको जन्म दर्ता, जनसंख्या कार्ड आदि सहायक बन्दछन।

यो कुरा याद गर्नुहोला कि त्यसरी गाबिसबाट निकालिएको नाता प्रमाणित कागजात अंग्रेजी भासामा इस्यु गरिएको हुनुपर्दछ र यो आश गरौ की त्यहा काम गर्ने गाबिस सचिब (जो निजामति को खरिदार सरह को जागिर गर्छन) लाइ सामान्य अंग्रेजी भाषाको ज्ञान होस्। त्यस्तो कागजात अंग्रेजीमा दियिने हुदा लेटर प्याड पनि अंग्रेजी मै हुनु जरुरी छ। गाबिस सचिबले ढाट्लान, छक्याउलान, छैन भन्लान तर आवस्यक परेमा पाखुरा सुर्किन पछि नपर्नुहोला त्यस्तो अवस्था आएमा।

अब गाबिस बाट निकालिएको त्यो कागज बोकेर तपाइँ जिल्ला बिकास समितिको कार्यालय (जिविस) जिल्ला सदरमुकाम जानुहोस। त्यहा पनि अंग्रेजीमा कागज को पछि "यो कागज फलाना फलाना गाबिस बाट निकालिएको हो है" भनेर त्यहाका कार्यकारी प्रमुखले सहि गरेपछी अब काठमान्डू को लागि यात्रा सुरु गरे भो।

उहिले उहिले गाबिस वा नगरपालीका बाट इस्यु गरिएका कागजात नेपालीमा हुन्थे र त्यसलाई "कानुन किताब खाना" नामको अफिसमा लगेर अंग्रेजीमा ट्रान्स्लेट  गर्नुपर्थ्यो तर अहिले "नोटरी पब्लिक कानुन" पास भए पछि "कानुन किताब खाना" नामको अफिस खारेज भएको छ र कागजात इस्यु गर्ने निकायले नै अंग्रेजीमा दिने हुदा अरु कुनै निकायमा धाइ रहनु पर्दैन। (अनि नेपालमा नोटरि पब्लिकको काम चाही के हो, बुझी नसक्नुको छ। यसबारेमा पछि चर्चा गर्छु।)

पत्याउनु भएन। हेर्नुहोस फोटो:





तपाइँ सिधै नेपाल सरकारको पररास्ट्र मन्त्रालय अन्तर्गतको "कन्सुलर डिभिजन" जुन अहिले काठमान्डू त्रिपुरेश्वरमा छ त्यहा जानुहोला। त्यहा सामान्य भिड हुन्छ। आत्तिनुपर्ने कुनै कारण छैन। त्यहा बाट डकुमेन्ट छाप लागेपछि त्यो डकुमेन्ट बिदेशी नियोगमा बुझाउन योग्य भयो।

*******

माथि मैले गरेको बखान पढेर तपाइलाइ लाग्यो होला, "ए सजिलै रहेछ. दुइ तिन ठाउ धाउदा काम बन्यो!". यति छिट्टै मख्ख नपर्नुहोला। भने जति र सोचे जति सजिलो हुन्न। यो नेपाल हो हजुर!! :)

मैले माथि नाता प्रमाणित कागजको उदाहरण दिएको छु। त्यो साधारणतया कमन डक्युमेण्ट हो। गाबिस सचिबले बुझ्लान। तर विभिन्न देश को नियम अनुसार तपाइलाइ यस्तो खालको कागज चाहिएला कि पहिले ता गाबिस सचिबले नै "हुन्न, त्यस्तो डक्युमेण्ट दिने मिल्दैन हामीले भन्लान". जस्तै: तपाइको सम्पतिको भ्यलुएसन, वा तपाइलाई त्यो गाउ बाट बाहिर गएर बस्न अनुमति छ आदि इत्यादि।

हेर्नुहोस हरेक देशका आफ्ना नियम हुन्छन, जे पनि माग्न सक्छन। त्यो देश जाने हो भने त्यो कागज लिएरै जानुपर्यो नि।

कहिले कहिले ता गाबिस सचिबले के लेख्ने हो आफै ड्राफ्ट गरेर ल्याउनु पनि भन्लान। त्यै पनि गाउ आफ्नो हो. त्यहा तपाइँको धेरै सग चिनजान हुन्छ। गाउका साना ठुला नेता लाइ भनेर कसो न कसो गरेर गाबिस वा नपा/उनपा बाट त्यो कागज ता निकाल्नुहोला।  त्यस्पस्चात जिविस मा खासै अप्ठ्यारो नपर्ला। तर सबै भन्दा गाह्रो काम नेपाल सरकारको पररास्ट्र मन्त्रालय अन्तर्गतको "कन्सुलर डिभिजन" जुन अहिले काठमान्डू त्रिपुरेश्वरमा छ, त्यहाबाट छाप लगाउनु हो।

तपाइलाइ कागजको "अंग्रेजी मिलेन", "ड्राफ्ट मिलेन", "स्टाण्डर्ड/मोडेल अनुसार भएन", "यस्तो कागज इस्यु गर्नै मिल्दैन", "नेपाल सरकारको इज्जत को कुरा हुन्छ कहा यस्तो कागज दिने", "तपाइँ माथि पाच नम्बर मा जानुहोस, हरि सरलाई भेत्नुहोस, दुबसु/क्रिशु सरलाई/ राजभण्डारी सरलाई  भेट्नुहोस", हाबी जाबी, के के जाती भनेर दुख दिन्छन। त्यहा मानेनन भने तपाइको केहि जोर चल्दैन। यस्तो ड्राफ्ट बनाउनु भनेर सुझाब दिन सक्छन, वा स्टाण्डर्ड/मोडेल को फोटोकपी दिन सक्छन।

अनि के गर्नुपर्यो तपाइले फेरी? यात्रा सुरु गर्नुहोस गाउको। कताको हो तपाइँ: झापा, ताप्लेजुङ्ग, स्यांग्जा, गुल्मी, मुस्ताङ्ग। फेरी गाबिस/नपा, फेरी जिविस, फेरी पररास्ट्र कन्सुलर डिभिजन। मनभरी भगवान सग प्रार्थना गरि रहनु होला पररस्ट्रको छाप नलागुन्जेल। अघि निकै सजिलो रहेछ भन्ने सोच्दै हुनुहुन्थ्यो नी। देख्नुभो!

यो लेखमा म मेरो अनुभवले कमाएको सारा ज्ञान दिनेछु। सबै कुरा लेख्दा लेख लामो हुने हुदा, बाकी अर्को अंकमा....जादा जादै दुइ तिन वटा टिप्स:

१. पररास्ट्र मन्त्रालय ले नेपालीमा लेखिएको कागजमा प्रमाणीकरण गर्दैन। नेपालीमा लेखिएको कागज बोकेर नेपाल सरकार, परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभाग, त्रिपुरेश्वर, काठमाडौं , नेपाल को अफिसमा नजानुहोला। समयको अनावस्यक खर्च मात्र हुन्छ। त्यसैले कागज जहा बाट निकालेको हो, त्यहि निकाल्ने अफिसलाई नै कागज अंग्रेजीमा दिन भन्नुहोला। अझै पनि कतिपय अफिसमा नोटरी पब्लिक कानुन आएको र "कानुन किताब खाना" खारेज भएको थाहा छैन।  त्यसैले कागज नेपालीमा दिएर "कानुन किताब खाना" बाट अंग्रेजीमा अनुबाद गर्नु भन्ने ज्ञान दिने ज्ञानी हरुको कमि छैन नेपालमा। उनीहरुलाई "कानुन किताब खाना" हटेको जानकारी दिएर जसरी भए पनि अंग्रेजी मै कागज दिन मनाउनुहोला। (राजस्वका एक उपसचिव सग लामै बहस भएको थियो मेरो कुनै दिन यसबारेमा लेखौला एक दिन समय मिलेमा)


२. पररास्ट्र मन्त्रालय ले "नोटरि पब्लिक"लाइ गन्दैन, भाउ दिदैन। त्यहि भएर "नोटरि पब्लिक"ले अनुबाद गरेका कागजातलाइ पररास्ट्रले प्रमाणीकरण गर्दैन। छुदा पनि छुदैन। त्यहि भएर नेपालीमा लेखेको कागज नोटरि पब्लिकले अनुबाद गरेर पररास्ट्रबाट छाप लाउला भन्ने नचिताउनुहोला। फटाहा हरुको कमि नभएको देशमा नोटरि पब्लिकले पनि झुक्याउलान। ध्यान दिनु बेश।  (त्यहि भएर ता माथि भने नि नोटरि पब्लिक को नेपालमा के काम हो! बुझी नसक्नु छ. अर्को लेखमा बाकी)

फेरी सबै कागजात निकाल्न गाबिस/नपा जाने हैन नि. कुन कागजात कहा बाट निकाल्ने र कसरि प्रमाणित गर्ने भने बृस्तृत जानकारी अर्को ब्लगमा. 

पररास्ट्र मन्त्रालय कागजात प्रमाणिकरण शाखाको यो लिंक पनि हेर्नुहोला. केहि सुचना यहा बाट पनि पाउनुहुनेछ.

(NOTE: आजकाल यो ब्लग नेपालिकबिले चलाउदैनन. केहि जुनियर भाइ हरु लाइ "गुगल एड्सेन्स" को प्रयोगका लागि यो ब्लग जिम्मा लगाइएको छ. नेपाली कबि/घनश्याम खड्काले लेखेका लेखहरु उनको पुरा नाम राखेर प्रकाशित हुनेछन. कमेंट्स इमेलमा पठाए पनि भो: nepalikabitaharu@gmail.com)