Showing posts with label Nepal India relationship. Show all posts
Showing posts with label Nepal India relationship. Show all posts

Sunday, 8 January 2017

नेहरू नेपालका लागि के थिए? को थिए?

नेहरू नेपालका लागि के थिए? को थिए?

नेहरू भारतका प्रधानमंत्री र विदेशमंत्री थिए १७ बर्ष सम्म। ऊनि नमरुन्जेल यो पोस्टमा रहे। पुरै भारतका र अझै दक्षिण एसियाका अग्ला नेता थिए ऊनि त्यसबखत। बेलायतमा पढेका, अंग्रेजी र हिंदी राम्रो बोलने, बुझने, लेख्ने क्षमता भएका ऊनि अंग्रेजले पत्याएका मानिस थिए। रवाफी, सौखीन पनि थिए भनिन्छ। भारतको स्वतन्त्रता संग्राम मा उनका बाबू मोतीलाल नेहरू सगै ऊनि पनि संलग्न थिए। भारतका स्वतन्त्रता संग्रामका अग्रणी नेता थिए। गांधीको बराबरका। उमेरमा सीनियर भल्लभभाई पटेल भये पनि गान्धीले नेहरुलाई कांग्रेसको अध्यक्ष बनाउनुपर्छ भनेर जोड़ गरे। ऊनि कांग्रेशको अध्यक्ष ता रहे नै। तर महत्वपूर्ण  नेहरू स्वतंत्र भारतका प्रधानमन्त्री आफ्नो बाक़ी जीवनभर रहे। बहुत उचाइका नेता थिए ऊनि निसंदेह।

तर यो ब्लगमा मैले नेहरुको बखान गर्ने उद्देस्यले लेख्न लागेको हैन। मेरो ध्येय चाही के हो भने नेहरुले नेपाल, नेपाली, राजा र नेपाली नेताहरुलाई कस्तो ब्यबहार गर्थे त्यों बारेमा खोजी गर्ने जमर्को हो यो।

नेहरूको नेपाल र नेपाली प्रतीकों ब्यबहारको विश्लेषण गर्दा मैले बिभिन्न श्रोत र ब्यक्तिका बिचारलाई उद्दरण गर्नेछु। नेहरू धेरै बर्ष पहिले मरेर गए। उनलाई देख्न, भेट्न र मैले लेखेका कुराको सत्यता बारे सोध्ने सम्भावना छैन। त्यही भएर आशा गरौ: मैले "कोट" गरेका 'सोर्स" हरुले सत्य-तथ्य नै लेखेका हुन।यसका साथै नेहरुका बिभिन्न समयका भाशणहरुलाइ पनि आधार मानेर लेखियेको लेख हो यो।

एरोगेंट (Arrogant) नेहरू? 

प्रायः धेरै पढेलेखेका, धेरै जान्ने बुझ्ने, धेरै उचाइमा पुगेका मान्छेमा अलिकति ईख, या आफुलाई ठुलो ठान्ने प्रबृति ता हुन्छ नै। सायद नेहरुमा पनि यो थियो की जस्तो देखिन्छ। आफुलाई अली बढ़ी "इलीट" नै ठान्ने रोग नेहरुमा थियो झै लाग्यो मलाई। यसबारेमा अलिपछि पनि कुरा गर्छु नै। तर यो बिर्सन हुदैन की शायद यसै कारणले नेहरूको आफ्नै पार्टीका नेतासग पनि ठाक-ठुक परेको इतिहास छ। धेरै प्रमुख नेताले "इन्डियन नेसनल कांग्रेस" पार्टी छोडेको घटना, नेहरुको मंत्री परिषद् बाट राजीनामा दिएको घटना भुल्नु हुदैन। उनका कानून मंत्री भीमराव आंबेडकरले राजीनामा दिए मंत्रिपरिषद बाट जब "हिन्दू कोड बिल" मा नेहरू सग कुरा बाझ्यो। सीनियर लीडर बल्लभ पटेल, र साउथ इन्डियन लीडर "राजा जी" सग पनि नेहरुको मनमुटाब थियो नै। श्यामा प्रसाद मुखर्जी - बंगाली नेताले त पार्टी नै छाड़े र "जन संघ" को निर्माण गरे। पछि "जन संघ" भारतीय जनता पार्टीको निर्माण गर्ने आधार बन्यो।


यो सबै कुरा म तपाईलाई किन भनिरहेछु भने नेहरू आफ्नै पार्टीका नेतासग पनि परेको खण्डमा आफ्नो पाइन देखाउथे। उनमा इच्छा शक्ति पनि थियो, र एक प्रकारको स्वयंमा गर्ब र घमंड। अब सोच्नुहोस त नेपाल जस्तो सानो, अविकसित र फुच्चे देशलाई कसरी ब्यबहार गर्थे होलान नेहरू! आउनुहोस मुलकुरो तरफ लागौ।

के राजा त्रिभुवनले नेपाललाई भारतमा गाभ्ने प्रस्ताब नेहरूलाइ दिएका थिए?

मैले पहिले पहिले पनि अपुष्ट खबर कोही कोही बाट सुनेको हो की राजा त्रिभुवन नेपाललाई भारतमा गाभ्ने प्रस्ताब लिएर नेहरू कहा गएका थिए तर नेहरुले बड्डपन देखाएर त्यसो नगर्ने जवाफ दिए रे। यो ता कल्पना नै गर्न नसकिने कुरो हो जब भारत सैन्य बलको भरमा हैदराबाद, जूनागढ़, काश्मीर र पछि गोवालाइ भारतको भाग बनाइरहेको थियो। बिना कुनै सैन्यबल यदि नेपाली राजाले नेपाललाई भारतमा गाभ्ने प्रस्ताब राखेको भये नेहरुले किन त्यस्तो प्रस्ताब रिजेक्ट गर्थे र। तसर्थ यो भनाइ कपोलकल्पित, नेहरुको भाऊ बढाउन र नेपाल र नेपाली लाइ हीनताबोध गराउने उद्देस्यले केहि स्वतंत्र नेपाल देखि नसहने भारतीयहरुको प्रचारबाजी मात्रै हो।

सन २०००-२००१ मा भारतमा बीजेपी नेता मलकानीले यो कुरो उठाएका थिए तर नेपाल सरकारले तत्कालै यसको प्रतिबाद गर्यो। अनी भारतको बिदेश मंत्रालय ले पनि त्यों भनाइ भारतको भनाइ नभएको जनायो। बीजेपी अध्यक्ष बंगारू लष्मणले पनि बीजेपीको आधिकारिक भनाइ होइन भनेर भंनुपर्यो। भारतका पूर्ब बिदेश सेवाका कर्मचारी र तत्कालीन कांग्रेसका नेता नटवर सिंह ले त्यसको कुनै प्रमाण नै नभएको र हावादारी कुरो हो भने त्यसबखत। अर्को दिन मल्कानीले त्यों बक्तब्यको बारेमा माफी नै माग्नुपर्यो।

त्यसको केहि पछि आफुलाई नेपाल बिसेसज्ञ ठान्ने एसडी मुनिले रेडिफ.कम मा अंतरबार्ता दीदा त्यही कुरा दोहोर्याएका रहेछन बिना कुनै सबूत र बिना कुनै आधार।

यो पत्याउनै नसकिने, बिश्वास गर्न गार्हो र कुनै ऐतिहासिक आधार र प्रमाण बिना राजाले नेपाललाइ भारतमा गाभ्ने प्रस्ताब नेहरू सामु राखे भन्ने कुरामा कुनै सत्यता नरहेको देखिन्छ। यो केवल भारतीय "डिजाइन" अन्तर्गत "प्रोपागांडा" मात्रै हो भनेर बुझ्न कुनै गार्हो छैन।

मुख्य कुरोमा प्रबेश गरे म - के राय र बिचार थियो नेहरुको मनमा नेपाल को बारेमा? 

नेपाल सधै स्वतंत्र थियो, र छ. यसले भारतले जस्तो आफ्नो स्वतन्त्रता गुमायेन। अंग्रेजले कहिल्यै राज गर्न पायेनन नेपालमा। त्यही भएर यो कुनै "प्रिंसली स्टेट" थिएन। जब अंग्रेजले भारत छोड़े, र पाकिस्तानको निर्माण भयो, तब अंग्रेजको अधीनमा रहेका "प्रिंसली स्टेट" ले जस्तो नेपालले की त भारत, की त पाकिस्तान जोइन गर्नुपर्ने जस्तो बाध्यता झेलेन। नेहरुले बुझेका थिए: नेपाल स्वतंत्र देश हो, सर्बभौम देश हो। नेहरुको यो बुझाई नेपाल, भूटान र सिक्किमको हकमा थियो। त्यही भएर उनले कहिल्यै यी तीन राज्यलाई भारतमा गाभ्ने कोशिस गरेनन, र सायद यस्तो सोचेनन पनि होल।. की सोचेका चाही थियेकी? त्यों उनै जानून।

त्यसअर्थमा नेपालको स्वतन्त्रता, सार्बभौम को "रिकॉगनिसन" भारत गणराज्यले कुनै ढिलाई नगरि गर्यो। नेहरुले त्यों बुझेका थिए। तर कुरो मुख्य छ है अब: नेहरू एककिसिमको "स्फेयर ऑफ इंफ़्ल्युएन्स" चाही क्रिएट गर्ने मुड़मा देखिन्छन। ऊनि तिनै देश (नेपाल, भूटान, सिक्किम) स्वतंत्र ता हुन तर पूर्ण स्वतंत्र हैनन भन्ने खालको कुरा गर्थे। त्यों पनि कतई लुकाएर, छुपाएर कुनै गुप्तचरीले जस्तो हैन- सोझै, सीधा रुपमा। संसदमा भाषण गर्दा होस वा नेपाली नेतालाई चिठ्ठी लेख्दा। उनले तिनै देश सग कुनै बिलम्ब "फ्रेंडशिप ट्रीटी" साइन गरे र नेहरुको उद्देस्य यी तिनै देश, नेपाल लगायत, भारतको बिदेश नितीको अन्तर्गत नै रहून भन्ने झल्किन्छ.

नेहरुको केहि लेख, भाषण र चिठ्ठी हेर्ने हो भने ऊनि नेपालको बिदेश नीती मात्रै हैन, नेपालको आतंरिक मामला पनि बेला र मौकामा हात हाल्न तयार देखिन्छन। हेरौ नेहरुले सन १९५१ मा राजा त्रिभुवनलाई लेखेको पत्रको अंश:

".......मलाई लाग्दैन बीपी कोइराला प्रधानमंत्रीका योग्य उम्मेदवार हुन। यदी बीपीलाई प्रधानमन्त्री नियुक्त गरियो भने सरकार बलियो हुदैन, बरु झनै कमजोर हुन्छ। बीपी कोइरालाको सत्ता हातमा लिने ध्येय छ, ऊनि आफूमा सक्ती संग्रह गर्न चाहन्छन र यसले उनलाई बढ़ी तानासाही बनाउनेछ......"

(Source: Nepal in Transition: A Way Forward By D P Tripathi, at page 160)

सन १९५१ भनेको नेपालमा त्यो बेलाको समय थियो जतिबेला राजा त्रिभुवन अन्तिम राणा प्रधानमन्त्री मोहन समशेर लाई हटाएर कुनै साधारण नेपालीइको छोरालाई प्रधानमन्त्री बनाउन चाहन्थे। प्रतिस्पर्धा मातृका दाजु र भाई बिशेश्वरका बिचमा थियो। यो बुझ्न गार्हो छ के आधारमा नेहरुले बिपीका बारेमा त्यस्तो बिचार  बनाएका थिए। के मातृका कम्जोर ब्यक्ती थिए? के नेहरु चाहन्थे नेपालमा आफुले भनेको सुन्ने मानिस प्रधानमन्त्री होस्? किन बिपी प्रती उन्को त्यस्तो बिचार ? यस्बारेमा पछी खोजी गरौला।

नेपालको बिषयमा हतारमै बोल्ने नेहरु सत्र सालमा बिपिलाई जब प्रधानमन्त्रिबाट हटाइयो, तब भने केही दिन चुप रहे। पाच दिन चुप थिए उनी। डिसेम्बर १५, १९६० मा राजा महेन्द्रले प्रजातन्त्र खोसे जनताबाट अनी नेहरुले २० तरिखका दिन भने "यो प्रजातन्त्रलाई धक्का हो। (It is a setback to democracy.)"

जवाहरलाल नेहरुको विचारमा नेपालको सर्बभौमीकता चाही कस्तो थियो त? त्यस्बारेमा पनि एकछिन बिचार गरौ। सन १९५० को अक्टोबरको अन्तिम हुनै लाग्दा चाइनाले आफ्नो सेना लाई तिब्बत पठायो। भारतले यसको बिरोध गर्‍यो तर चाइनाले यसलाई आफ्नो आन्तरिक मामला भएको बतायो। यस प्रसङ्मा नेहरुले चाइना हीमालयन बोर्डर बाट अघी बढे त्यस्लाई रोक्ने बताये। नेहरुले के प्रस्ट्याये भने यदी चाइनाले नेपाल, सिक्किम वा भुटान मा आक्रमण गरे इन्डियाले नसहने। किन त? के यी तीन देश भारतका हिस्सा थिए नेहरुको बुझाईमा?

१९५० को अक्टोबर मा (कही कतै नेहरु को यो भाषण १९५० डिसेम्बर ६/२००७ मंसिर मा भारतको सम्सदमा बोलेको भनिएको छ।त्यो समय भनेको राजा त्रिभुवन भागेर भारत पुगेका थिए - उनी कात्तिक बाट फाल्गुन सम्म भारत मै थिए।  )  नेहरुले एउटा भाषणमा भनेका थिए:
".......................Nepal was an independent country when India was under British rule; but strictly speaking, her independence was only formal. The test of the independence of a country is that it should be able to have relations with other countries without endangering that independence. Nepal’s foreign relations were strictly limited to her relations with the Government functioning in India at the time. That was an indication that Nepal’s approach to international relations was a very limited one......."

नेहरु अगाडि भन्छन: 

"When we came into the picture, we assured Nepal that we would not only respect her independence but see, as far as we could, that she developed into a strong and progressive country. We went further in this respect than the British Government had done and Nepal began to develop other foreign relations. We welcomed this and did not hinder the process as the British had done. Frankly, we do not like and shall not brook any foreign interference in Nepal. We recognise Nepal as an independent country and wish her well. But even a child knows that one cannot go to Nepal without passing through India. (हरेक बच्चाले पनि जान्दछ की भारतको बाटो नभै/क्रस नगरि कोइ पनि नेपाल जान सक्दैन।)Therefore, no other country can have as intimate a relationship with Nepal as ours is. We would like every other country to appreciate the intimate geographical and cultural relationship that exists between India and Nepal. (हामी चाहान्छौ की हरेक अर्को देशले नेपाल र भारत बिचको यो घनिश्ठ भौगोलिक र सान्स्कृतिक सम्बन्धको ख्याल राख्नु जरुरी छ।)"

मैले नेपालीमा ट्रान्स्लेट गरेका दुइटा वाक्य ले के देखाउदछ त? केवल नेहरुको अहंकार र कम शक्तिशाली नेपालले सामना गर्नुपर्ने चुनौती। नेपाल विश्वका बाकी देश सग सम्बन्ध बनाउन सक्ने पूर्ण स्वतन्त्र नभएको झै कुरो उठाएका छन नेहरुले यो भाषणमा। 

यो २००७ सालको तीन पार्टी राणा-राजा र काङ्रेस बिचको सम्बन्ध अघिको भाषण हो। नेहरुले भारतले नेपालमा प्रजातन्त्र ल्याउन मद्दत गरेको छ नै। तर नेहरु का अभिब्यक्तीहरु हेर्नु त। त्यही भाषणमा उनी अघी भन्छन:

"We wished to treat Nepal as an independent country but, at the same time, saw that, unless some steps were taken in the internal sphere, difficulties might arise. Our advice, given in all friendship, did not, however, produce any result."

मलाई नेहरुका माथिका भनाइ पढ्दा भारतले २०७३ सालको संबिधान पास गर्दा ताकाको दिनहु निकालेको ब्यक्तब्यको याद दिलायो। नेहरुको भनाइ नेपालीमा:    


"हामी चाहन्थ्यौ की नेपाललाई हामी एउटा स्वतन्त्र राष्ट्रको जस्तो व्यबहार गरौ, तर, त्यस सन्दर्भमा हामीले के देख्यौ भने केही कदमहरु आन्तरिक मामिलामा नचालिने हो भने समस्या हरु आउन सक्छन। तर मित्रवत रुपमा दियिएका हाम्रा सुझाबहरुले कुनै पनि परिणाम दिनसकेको छैन।" 

यसको मतलब के हो त भन्दा नेहरु भारतको सुझाब बिनाकुनै परिवर्तन नेपालले मानोस भन्ने चाहन्थे। भारतको यो बिचार  नेहरु मरेर गएको ५० बर्ष पछी पनि परिवर्तन भएको छैन। पात्र फेरिए, तर प्रब्रिती फेरिएन। 

त्यस्पश्चात नेहरु कसरि हिमालयन बोर्डरले भारतको पनि सुरक्षा गर्दछ भन्ने बारेमा चर्चा गर्दछन. तिब्बत माथि चिनको आक्रमण ले पनि नेहरु झस्केका देखिन्छन. नेहरुको डर भनेको कतै चिन नेपाललाइ आक्रमण गरेर नेपालको बाटो हुदै दिल्लि आउने त हैन भन्ने रहेकोछ. 

नेहरुका बाकि भाषण र चिठ्ठिहरु पढेर बाकि कुरा अर्को लेख्मा.......

Saturday, 26 September 2015

Update on #IndiablockadesNepal

LIVE BLOG

Posted on 26-09-2015 at 20.30 Hrs (Nepal Standard Time)

Setopati.com has further reported that due to shortage of fuels in Nepal resulted by embargo placed by India, Nepal has requested the flights coming to Nepal to arrange its own fuels. The news can be read HERE: http://setopati.com/samaj/34412/

The news says that Nepal has requested short haul flights to come with enough fuels to fly from Kathmandu but in case of long range flights, Nepal will be providing fuels to them. However, Nepal may not be able to provide the fuel for a long haul flights for a long time if India continues the blockade.

Due to unofficial and undeclared blockade by India on Nepal, there is a huge outrage and anti-India sentiments in Nepal. In the twitter, #IndiablockadesNepal is trending.

Posted on 26-09-2015 at 19.45 Hrs (Nepal Standard Time)

Due to unofficial and undeclared blockade by India on Nepal, there is a huge outrage and anti-India sentiments in Nepal. In the twitter, #IndiablockadesNepal is trending.

As the blockade has only started, the difficulties in people are yet to be seen. However, as a precautionary measure, Nepal's Home Ministry has asked people to use vehicles on alternate days depending whether the Number plat is even or odd.

As per the news on Setopati.com and on many other portals, the Spokesperson of Home Ministry has issued the release. News can be read here: http://setopati.com/samaj/34411/ Setopati writes that the request has been made by Government spokesperson on general public after "the beginning of shortage of fuels". The fuel shortage has resulted from the blockade imposed by India on Nepal after the former has not allowed the release of vehicles to enter Nepal on the ground of Security Concerns.

It must be noted that India had never raised the security concerns on the goods and vehicles when Nepal was suffering from Maoist's Civil Warn which took the lives of 18,000 people. In the past, even during the Madhesh Aandolan of 2063, India never raised such issues and never obstructed the movement of goods. However, at this point of time, India has raised the security concerns of vehicles and goods only after Nepal went ahead to pass its Constitution by asserting the sovereignty of Nepal. Many analysts say that It has made India angrier as it feels that Nepal is slipping away from its hand and is siding with China. However, Nepal dismisses such concerns of India and has asked India to stay away from big bully exercises and shed its misconceptions in Nepal. The message from Nepal is clear to India, if India understands at this moment, not to interfere in Nepal's domestic and internal affairs.

Posted on 26-09-2015 at 19.15 Hrs (Nepal Standard Time)

Due to unofficial and undeclared blockade by India on Nepal, there is a huge outrage and anti-India sentiments in Nepal. After the successful visit by Prime Minister Modi earlier, the relationships were on high but it has suddenly slumped.

Nepalese people consider that it is the big brother attitude of India that has put the relationships between the two countries at risk. India has opted to put the embargo, however without saying so, after Nepal did not pay much attention to India's concerns while passing Constitution. Analysts say India is irked from Nepal for not following its advice while passing Constitution by almost 90% majority. Nepalese parties (3 main parties which were instrumental to pass the Constitution)have defended their decision to pass the constitution by majority votes as total consensus on every constitutional issues were not possible.

Many people in Nepal think that India wants to keep Nepal under its control and does not like it when Nepal asserts its sovereignty. One of the demands put by India (presented as the demand of Madheshi Parties) is that naturalized Citizens of Nepal (who will be mostly migrated from India) should be allowed to hold higher posts like of President, Prime Minister, Chief Justice etc. These demands put forth by India (but denied later after the outrage in the Media) gives force to such views in Nepal that India is never comfortable when Nepal asserts its sovereignty without consulting India in every minor points.


Posted on 26-09-2015 at 18.00 Hrs (Nepal Standard Time)

Nepal Government has concluded that India is blocking movements of goods and fuels inside Nepal on the garb of violence and agitation in Nepali Side. Though India has not officially announced the blockade, and has denied any such news, the conduct of Indian Side shows that it is going ahead with blockade against Nepal. This is the conclusion of Nepal Government after India has refused to allow movements of goods from border points which are least affected or not affected by violence. Nepal's borders like Kakarbhitta in Eastern Nepal, Biratnagar in Morang district and Sunauli in Bhairahawa are not affected at all by the violence and agitation but even there, there is no movement of vehicles coming from India. Therefore, Nepal Government has concluded that it is an "undeclared blockade" by India to Nepal to make Nepal accept the demands of India to make changes in Nepal's Constitution.

Friday, 25 September 2015

What is #backoff #India in #Twitter?

It is the twitter rage initiated by Nepali People after India refused to welcome the Constitution that Nepal promulgated on 20 September, 2015. #BackOffIndia was started when Nepalese People were celebrating #WelcomeConstitution and #NepalConstitution. There were other hashtags in twitters. They were: #YesItsourConstitution and the people who protested the New Constitution of Nepal started their hashtags: #NotMyConstitution

The People who had started #NotMyConstitution allege that Nepal Constitution does not give them equal rights as compared people from hills in #Nepal. This is a very contentious and actually a false assertion as #Nepal Constitution gives equal rights to everyone and provides special reservations and Positive Discrimination to many marginalized communities.

Basically, Nepal's Constitution was an internal document prepared by sovereign #Nepal's Parliament for its people. Many People were happy that they were getting secular, federal, multi-ethnic, multi-cultural country and its constitution. Government was busy negotiating with different agitators in Nepal and passed its constitution after being ratified by more than 90% of members of Constituent Assemblies in Nepal.
##########################################

After the #NepalConstitution was passed by CA, major countries around the world have supported it but India did not welcome it. Not only India failed to welcome it or rather chose to unwelcome it, it has gone ahead by issuing statements after statements on how Constitution should have been passed, what should have been included etc. In  some statements, India even accused Nepal that it had suggested ways to handle the internal protests but Nepal neglected such "good " suggestions and finally, issued a threat indirectly that India may have to stop the supplies due to threats created by protests in Nepal. This effectively means India may go ahead to impose economic blockade in Nepal forcing shortages of fuels, medicines, and food supplies and expects Nepal government to surrender to its controversial demands to be included in Nepal's new Constitution.
################################################

Due to its open threat and aggression, Nepalese people started protesting in twitter, facebook and in other online and social media by trending #backoffindia and #backoffmodi. #backoffIndia was able to appear as worldwide trend in twitter. That showed that millions of Nepalese did not want to surrender #Nepal's sovereignty to India.

It may bring the hardships to Nepalese People in future as Indian authorities seem to have decided to impose the embargo on movements of vehicles and goods on the pretext of security. How will it shape Nepal-India relationship in the future is a matter of worry for everyone.