Showing posts with label Nepali Communist Party. Show all posts
Showing posts with label Nepali Communist Party. Show all posts

Saturday, 9 February 2013

कम्युनिजम प्रतिको बुझाइ र कम्युनिस्ट प्रशिक्षण

मैले यो मेरो ब्लगमा कसरी मैले मदन भण्डारी लाइ चिने धेरै बर्ष पहिले गाउमा हुदा भनेर लेखेको छु। त्यसपछि मेरो कम्युनिजम प्रतिको लगाब बढ्दै गयो। पछि काठमान्डू आएर त्रिचन्द्र कलेजमा पढ्दा मुल्यांकन मासिकका सम्पादक श्याम श्रेष्ठ सग एकदिनको कम्युनिजम को बारेमा प्रशिक्षण लिन गएको थिए। त्यो बारेमा मेरो अनुभब यहा छ। 

श्याम श्रेष्ठ को गेट सहितको र गेटमा कुकुर देखी सावधान लेखेको पत्रिकाको कार्यालय घर रहेछ। उनको बसाइ पनि त्यही हो कि हैन मलाइ थाहा भएन। त्यो चाही अन्तरक्रिया प्रकाशन प्रा. लि. को नवयुबा र मुल्यांकन मासिकको घर रहेछ। एउटा ठुलो कोठामा हामि बस्यौ पन्ध्र जना जती। भुइमा चट्टाई/दरी ऒछ्याइयेको थियो र त्यसैमा बस्यौ  हामी। बिचमा बसे हाम्रा गुरु श्याम श्रेष्ठ। पहिले क्रान्तीकारी पारामा नमस्कार गर्दै सबै को परिचय लिने दिने काम भयो। त्यस पश्चात उनले आफ्नो परिचय अलिक लम्बेतान दिदै कम्युनिजम्को बारेमा गफ दिन थाले। उही थोत्रो मार्क्स, कार्ल्स, एंगेल्स, आदि इत्यादि। एमाले कम्न्युस्ट नै होइन भन्ने खालको कुरा गरे। तेस पछि राजा ज्ञानेन्द्र लाइ टन्नै गाली गरे। त्यस बखत राजाले साशन हातमा लिएका थिए। कांग्रेसी नेता देउवा प्रती पनि सक्तो रिस पोखे। अनि माओबादी प्रति चाही अलि नरम देखिए। 

उनले जे जे भने पनि हो हो ए ए भन्दै सुने मैले। मलाइ धेरै उनीबाट जान्ने मन थिएन। मैले पोलिटिक्स का कीताब खोजि खोजि पहिले देखिनै पढ्न थालेको थिए। त्यहि भएर उनले भन्न सुरु गरेका कुरा एकदमै पहिलो लेभल का भएर खासै नया लागेन। 
खासै चाख लागेन मलाइ उनको बोलाइ मा। नेता हरुका अलिक कडा भासण सुन्ने बानी भएर होला श्याम श्रेष्ठ कम्न्युस्ट भएर पनि अलि नरम जस्ता देखिए। यो केटाले चाख लिएको छैन भन्ने उनलाई नलागोस भनेर यता तेता के के जाती बोले मैले, प्रश्न गरे तर त्यति धेरै चाखलाग्दो नया कुरा भएन त्यो दिन। 

त्यस पछि प्रस्न उत्तर को कार्यक्रम भयो बेलुका चार बजेतिर। एमाले किन कम्न्युस्ट हैन भन्ने खालका प्रसङ्ग उठे र प्रसंग उठ्यो मदन भण्डारीको "जबज" - जनताको बहुदलीय जनबाद र सिपि मैनालीको नया जनबाद (नौलो जनबाद - नज) । मैले त्यतिबेला र अहिले सम्म पनी नबुझेको कुरो यी दुइ बिचमा के फरक छ। मलाई लाग्यो कि मौका यहि हो अब प्रश्न सोधी हाल्नु पर्दछ। र मैले सोध्नु भन्दा पहिले मेरो एउटा साथीले श्याम जी लाइ प्रश्न गर्यो कि फरक के छ जबज र नज को बिचमा।

आजचाही बुडा ले प्रस्ट जवाफ देलान र सबै खुल्दुली मेटाइदेलान भन्ने थियो नि आफुलाई त। तर कहा हुन्थियो बुडा ले त के के भने भने। लटर पटर जवाफ दिए। केहि बुझेको भए मरिजाउ। त्यो साथीले फेरी प्रश्न गर्यो त्यहि बिसयमा अनि बुडाले पनि फेरी उही पारामा लटरपटर जवाफ  दिए। मैले बुझे या त बुडा लाइ नै थाहा छैन किनभने उनि एमाले लाइ कम्न्युस्ट भनेर गन्दैनन। त्यही भएर त्यता तिर तेती धेरै ध्यान दिएका छैनन्। या त यो कुरो नै यति गाह्रो छ बुझ्नका लागि कि हाम्रो राजनीतिक चेतना को स्तर लाइ अझै खार्नुपर्दछ हामीले यो कुरो बुझ्नलाई। अनि लखर लखर गर्दै बेलुका म घर फर्किए हिन्दै टेकुबाट हनुमानस्थान/बबरमहल सम्म। 

***********************************

भोलिपल्ट गइयो त्रिचन्द्र कलेज। फेरी गइयो त्रिचन्द्रको छतमा गफ गर्दै, घाम ताप्दै गर्न। हिजो श्याम श्रेष्ठको कम्न्युस्ट बिचार को प्रवचन सुन्न आउन नपाउने साथीहरुले सोधे - के भयो? कस्तो भयो। मेरो अर्को साथीले जोत्न सुरु गर्यो। बढाई चढाई गफ हान्यो है तेस्ले अब। हामीले यो सिकेउ, त्यो सिकेउ, श्याम जी ले यो भन्नु भो, त्यो भन्नु भो भनेर निकै बेर जोत्यो। अनि त्यो सुन्ने साथीले पनि हौसी हौसी सोध्न थाल्यो। यो बारेमा पनि कुरा भो, त्यो बारेमा पनि कुरा भो? लेनीन को बारेमा? स्टालिन को बारेमा? मेरो साथीले हो हो भन्दै गफ हान्यो। अनि कुरा आइ पुग्यो नौलो जनवाद र जनताको बहुदलिय जनवादको बारेमा। सोध्ने ले सोध्यो, भन्ने ले पनि हो हो भन्नुभो, सिकाउनु भो भन्दै गफ ठोक्यो। तब एक्ज्याट फरक के छ भनेर जब प्रश्न आयो - तब गफ हान्ने मेरो साथि अकमकियो, कपाल कनायो र फिस्स हास्दै म तिर हेर्यो। म उसलाई हेरेर एकछिन ट्वाल्ल परे र फिस्स हासिदिये। केटोले कुरा बुझ्यो की म उसको केहि सहयोगी हुन सक्दिन। त्यस बारेमा मैले केही बुझेको भए ता मारिदिनु। तेस्पछि केटो आफै सम्हालियो। र कनी कनी फेरी जोत्न सुरु गर्यो। अर्को साथीले कुरो धेरै क्लियर पार्न प्रश्न गरिरह्यो अनि भन्ने ले अन्तिम अश्त्र छोड्यो, "श्याम जी ले भन्नु भो, यो बुझ्न धेरै गाह्रो छ अरे। निकै पढे पछि मात्रै बुझिन्छ अरे।" अब चाही मैले पनि हो त्यहि भन्नु भो भनेर सही थापिदिए र कुरोलाई पुर्णबिराम लगायेउ। 

तेस्पछी समयक्रम यस्तो भयो की मैले ती साथीहरुलाई आजसम्म (लगभग बाह्र वर्ष पछि सम्म) भेटेको छैन। अहिले ता नाम पनि बिर्यिये। र फेरी कुनै कम्न्युष्ट पार्टीको प्रशिक्षण लिन गैयेन। अलि पछि आएर कम्युनिजम को सत्यता धेरै नै बुझियो र यसप्रतिको मोह पनि मर्दै गयो।  (समाप्त)

Monday, 4 February 2013

माओबादीको बहुदलिय जनबाद र कम्न्युस्टका शब्दहरु

मैले यो लेख्न सुरु गरेको छु कम्न्युस्ट हरुको बारेमा दुइ चार दिन देखि। सुरु चाही किन गरेको भने माओबादिले  हत्या हिँसा को राजनीती बाट अब जनताको बहुदलिय जनबाद (जुन मदन भण्डारीले एमालेमा घुसाएका थिए) को बाटोलाई आत्मसाथ गर्ने भन्ने खालको पार्टी लाइन पारीत गर्ने सोच बनाएको छ रे। अब भने पछी माओबादिले बुझ्यो की राज्यसत्ता कब्जा गर्ने वा सरकार चलाउने भनेको जनताको मत जितेर हो। जनता मारेर हैन।  

ढिलै भए पनि माओबादीले यो बुझ्यो। यो राम्रो कुरा हो। सान्तीपूर्ण प्रक्रिया द्वारा मात्र देश र संबिधान बनाउन सकिन्छ र शान्तीपुर्ण प्रक्रियाबाट मात्र देशको आर्थिक कायापलट हुन्छ न की जनता मारेर भनेर माओबादिले बुझ्नु भनेको यो बिस्वमा बुद्द र गान्धी को जीत हो। यसले लेनीन र स्टालिन हरु कती गलत छन् भन्ने पनि देखाउदछ। तर यसले यो प्रश्न पनि उब्जाएको छ कि आखिर किन माओबादीले हत्या, हिँसा को बाटो रोज्यो? हत्या र हिँसा ले देशलाई के दियो - शिवाय देशलाई पछि धकेल्नु बाहेक। माओबादीले यो बारेमा जवाफ दिनै पर्छ जनतालाई। ढिलो चाडो जनताले पनि यस बारेमा माओबादी सग जवाफ मागेरै छोड्नेछन - कुनै न कुनै रुपमा। सायद माओबादी प्रतिको जनताको अविश्वास को रुपमा जनताको जनमत प्रकट हुनेछ आउने दिनमा यदि चुनाब हुने हो भने। 

माओबादी भित्र आएको यो धरातल परिबर्तन ले यो पनि प्रश्न उब्जाउनेछ कि यो देशमा किन दश थरि कम्न्युस्ट पार्टी छन्। र ति एमाले लाइ गाली गर्दछन तर कसरि एमाले भन्दा भिन्न छन्? यसको मतलब नेपाल को परिप्रेक्ष्यमा के नेकपा एमाले मात्रै बैज्ञानिक कम्न्युसिट पार्टी हो  जसले देशको र जनताको आवश्यकता छिट्टै बुझ्यो? र देश अनुसारको कम्न्युस्ट पार्टिको स्थापना गर्यो? यस अर्थमा माओबादिको एमाले लाइ गर्ने गाली केवल सत्ता प्राप्त गर्ने "प्रोपागान्डा" मात्रै थियो। त्यसैले माओबादीको यो परिबर्तन कुनै सैधान्तीक धरातलको आडमा टिक्ने खालको छैन। 

माओबादिको यो परिबर्तन बारे कान्तिपुर मा एउटा लेख पढे - राजनीतिक बिस्लेशक मुमाराम खनालको। उनि माओबादीका पुर्बनेता पनि हुन्। उनले प्रचण्डले पेश गर्ने भनिएको कार्यपत्र को चिरफार गरेका छन् र यो प्रचण्डको कार्यपत्र को श्रेय एमाले नेता घनश्याम भुषाल लाइ दिएका छन्। यसको मतलब एमाले नेता भुसालले कुनै दिन एमाले पार्टीमा पेश गरेको कार्यपत्र लाइ प्रचण्डले जुरुक्क उठाएका छन् र आफुलाई मनपरेको मनपरेको अंश त्यही बाट "कपि" गरेर माओबादीको कार्यपत्र भन्दै "पेस्ट" गरेर पेश गरेका छन्। मुमाराम खनालको यो लेख पढ्दा उनले कान्तिपुरमै सुरुगरिएको कुनै बहसलाई पनि "रिफर" गरेका छन्। त्यस बारेमा मेरो सानो लेख। 

सन् 2012 को जुलाई मा घर गएको बेला थियो। कुरो गरेको गत बर्षको। एकदमै थोरै दिन घरमा बिताउने मौका पाए। आफ्ना आफन्त हरुलाई भेट्न पाइन्। फोनमै भेटे। तेतिकैमा एकजना सानिमा को फोन आयो। सानिमा भनेको मेरी आमाको अन्तरी बहिनी। फोनमा मलाई भेटेर खुसि हुनुभयो। के छ नानी, कस्तो छ खबर, यता उता हालखबर सोध्नुभयो। सबै बताए। अनि सानिमाले फोन गर्नुको कारण बताउनु भो। सोध्नु भो आजको कान्तिपुर पढिस? 

मैले भने पढे। म नेपालका पत्रिका तीन देखि लिएर पाच मिनेटमा पढी सक्छु। अनि सोध्नु भो "भिनाजु को लेख पढिस?" मैले भने, "पढिन त, भिनाजुको लेख छ कान्तिपुरमा आज?" सानिमा ले भन्नु भो, " छ त। पढ्न। धेरै राम्रो लेख्नु भै रछ". मैले हुन्छ भने। फोन राखे र फेरी कान्तिपुर मा खोजे सानिमा का ज्वाई (मेरा दिदी तर्फ बाट भिनाजु) को लेख। भिनाजु अमेरिका बाट पिएचडी गर्दै हुनुहुन्छ र लेख्नु भाको र छ कान्तिपुर मा "कम्युनिज्म" को बारेमा। 

अब आफ्नै भिनाजुको लेख। मन लगाएर पढियो। त्यो लेखमा लेखिएको रहेछ - घनश्याम भुसाल ले एउटा लेख लेख्नुभो, तेस्को जवाफ प्रदीप नेपाल जी ले फ़र्काउनुभो र त्यहि सिलसिला मा दुवै लाइ जवाफ फर्काउदै मेरा भिनाजुले लेख्नुभाको रहेछ। पहिले का दुइटा लेख (भुषाल र नेपाल का लेख) त् पढ्न पाइएन। भिनाजुको लेख पढेरै, त्यहा भएका आर्गुमेण्ट, काउण्टर - आर्गुमेण्ट पढेरै पहिले के लेखिएका थिए भन्ने बुझ्ने कोसिस गरियो। 

तर लेख्न चाही बुढाले के लेखेका हुन् बुझ्ने गाह्रो भो। एकदमै नेपालीका क्लिस्ट सब्द, ति माथि कम्न्युस्ट हरुले प्रयोग गर्ने सब्द ता तेसै गार्हा। घुमाइ फिराइ एउटै कुरा लेखेका छन्। यो भनेका छन्। त्यो भनेका छन्। तर कुरो केहि बुझ्न सकिएन। उता सानिमा चाही गजब राम्रो लेख्नु भै र छ ज्वाइले भन्दै हुनुहुन्थ्यो। मैले केहि बुझिन। सानिमाले बरा के पो बुझ्नुभो होला र! 

मैले चाही के बुझेको छु भने समस्या मेरा भिनाजुमा "एक्सप्रेस" गर्ने "अबिलिटि" को हैन। नेपालका कम्न्युस्ट हरुको खराब बानि के छ भने उनीहरु ठुला ठुला, बडा बडा कुरा गर्न माहिर छन्। एकदमै सरल सब्दमा त उनीहरुको कुरो प्रस्ट हुदै हुदैन। उनीहरुका कुरो प्रस्ट पार्न लाई गार्हा गार्हा शब्द हरुको सहारा लिन्छन र अन्तमा बुझ्न गाह्रो बनाएर छाड्छन। सायद उनीहरु चाहन्छन कि जनताले उनीहरुको कुरै नबुझुन। सायद जनताले कम्न्युस्ट का कुरा बुझे भने जनताले उनीहरुलाई बिश्वास गर्न पनि छोड्छन। तेही भएर बडा बडा क्लिस्ट मतलब गार्हा र छेउ न टुप्पाका कुरा गर्न, लेख्न र तेसैको आधारमा कार्यपत्र, कार्यनिती बनाउन नेपालका सबै खाले कम्न्युष्ट लागिपरेका छन्। नभए हेर्नुहोस त नवासंशोधनबाजी, लफ़्फ़ाबाजी,  लालसाही एक्सेक्ट्रा एक्सेक्ट्रा सब्द प्रयोग नगरी गरिब जनताको दिन चलेकै छ। तर नेतालाई यी सब्द प्रयोग गर्न पाएनन् भने दिल्लीको कुनै हस्पतालमा भर्ना गराउनु पर्ने खालको समस्या ले ग्रसित हुन बेर छैन।