Showing posts with label Communism. Show all posts
Showing posts with label Communism. Show all posts

Thursday, 12 February 2015

कम्युनिस्ट बन्ने की नबन्ने - बाल्यकालको राजनिती

जुगल भुर्तेल सरको एउटा पुरानो ब्लग पढेपछि मनमा केहि लेखु जस्तो लाग्यो. अनि लेख्न सुरु गरे "बाल्यकालको राजनिती". हामीलाई सानामा राजनीति के कस्तो हो भन्ने खास केहि थाहा हुदैन तर चाख बहुत हुन्छ. कम्तिमा मलाइ चाही सानै देखि राजनीतिमा चाख थियो. धेरै राजनीतिक बिचार हरु सुनियो सानामा र एउतै प्रश्न मनमा सधै आइरह्यो, "कसले भनेको चाही सहि हो?"

मैले प्रजातन्त्र, बहुदल जे भन्नुहोस- त्यो जाने सुनेको भनेको २०४६ को जनआन्दोलन पछि मात्रै हो. त्यो आन्दोलनको बारेमा मेरो अनुभब र राजनीतिका अरु कुराको बारेमा केहि पहिलेका दुइटा ब्लगमा कनिकुथी केहि लेखेको छु. हेर्ने भए यहा छ. Part I Part II

त्यो आन्दोलन को सफलता पछि मैले के थाहा पाए भने हाम्रा बाउ त् सार्है क्रान्तिकारी रहेछन. कम्युनिस्ट भएर प्रजातन्त्र ल्याउन सिक्षक को सरकारी जागिर नै छोडेर हिनेका र सानोतिनो नेतानै भएका रहेछन गाउका. अब घरमै नेता भेटे पछी "बाइ डिफल्ट" कम्युनिस्ट भए म. मेरा बाउले राजनिती गरेर जीवनमा के पाए, त्यो उनैलाई थाहा छैन अहिले. अब बुडा भएका बाउलाई यो उमेरमा हिसाब माग्ने कुरो पनि भएन. तर उनको राजनीति को दौडाइले घरमा आय बन्द भयो. परिवार पाल्न हम्मे भयो. हामि पहिले देखिकै गरिब. छोराछोरी पाल्न झनै साह्रो भयो. अनि "गरिबको पार्टि" कम्न्युसिट भन्ने हाम्रैलागी भने जस्तो भो.

हामीलाई "बाइ डिफ़ल्ट" कम्युनिस्ट बन्न घरमै उपलब्ध नेता भन्दा पनि अन्य आफन्त का किस्सा र कहानीले झन् सहयोग गरे. मेरो दाइहरु बाट के सुने मैले भने बुवाका मावलीहरुले त बुवालाई झन् धेरै दुख दिएका रहेछन हाम्रा बाउ कम्न्युसिट भए भनेर. मावली ले नै पुलिसमा खबर गरिदिएर पुलिसले घरमा छापा मार्या थियो रे. सबै "राता गाता भएका किताब" पुलिसले लिएर गएर गाड्यो रे, जलायो रे. ति मावलीहरु प्रजातन्त्र आएपछि खर्लप्पै कांग्रेस भए. अनि हामीमा कम्युनिस्ट हुनुभन्दा अर्को कुनै बिपकल्प नै थिएन. 

अहिले सोच्दा हाम्रा दाजुहरु को कहानी मलाइ अलि हावा लाग्छ. तर ठुलो भएर अलिकति जान्ने सुन्ने भए पछि फेरी हामी दाजुभाइ साथ् बसेर कहिले पनि यो कुरामा छलफल गरेनौ. बेकारको "टाइम खराब" गर्न कसलाई समय छ र! सायद सबैलाई यहि लाग्यो. 

तर उ जमानामा को राम्रो, को नराम्रो भन्ने कुरा एउटा मै भर पर्थ्यो- फलानो कम्युनिस्ट हो कि होइन? धनि जति सबै कांग्रेस अनि खराब, अनि गरिब र सर्बहाराको पार्टी कम्युनिस्ट - असल पार्टी -हाम्रो बुझाइ त्यती थियो. सबै चार खुट्टे असल, सबै दुइ खुट्टे खराब भनेर ओरेल ले भने जस्तो. ठ्याकै त्यस्तै तरिकाले दिमाग मा कम्युनिस्ट को चित्र घुसाइदियेका थिए त्यति बेलाका जान्ने सुन्नेले. 

मेरो बुझाइलाइ अझै मलजल के ले दियो भने मैले मावल गएर बसेर पढ्नुपर्ने भो - घरको गरिबीले गर्दा. तर त्यो मावल मेरो मावल थियो - मेरो आमाको माइती. त्यो मैले माथि भनेको मेरा बाउको मावली चाही मेरा बाउकी आमाको माइती. म मावल आइपुगे चार कक्षा बाट पढाइ सुरुगर्न चन्द्रगढी - ३, झापा.

मेरा मावलीहरु अलिकति धनी थिए. धनी ता के भन्नु - खानको समस्या थिएन, मावली हजुरबुवा जजमानी गरेर कमाउनुहुन्थ्यो, अलिकति जग्गा र घरमा गाइ गोरु. गाउमा त्यति भए पछि जीवन चलिहाल्थ्यो त्यो बेला. छोरीको दुख सम्झेर मलाइ बिए सम्म पढाइदिन्छु भनेर ल्याउनुभो. 

रमाइलो के भैदियो भने कासी गएर पढेर आएका मेरा हजुरबुवा कांग्रेश, बाउको सिको गरेर मामा कांग्रेस अनि बिहे नगरेकी दुइटी छोरी समेत सबै अरु बाकी पाच छोरी र ज्वाइहरु कम्युनिस्ट. बाउआमा कम्युनिस्ट भए पछि हामी नाती नातिना (चल्लाहरु) हरु "उम्रिदैका तिन पात कम्युनिस्ट". हजुरआमा भान्सामै व्यस्त - राजनितीमा काला अक्षर.

पाहुना आएका दिन त्यो घरमा राजनीतिक छलफल गजबका हुन्थे. हुन् ता सबै आ-आफ्नो काममा ब्यस्त भए पनि सबैलाई छ बजे खाना खाए पछि नौ नबजुञ्जेल टुकी को उज्यालो मा आआफ्नो राजनीतिक दर्शन भन्न समय मिल्थ्यो. पहिलो आम निर्बाचनमा कांग्रेसले जितेको थियो, हजुरबुवा दङ्ग. सके सम्म सभ्य शब्द प्रयोग गरेर हजुरबुवा कम्युनिस्टलाई गालि गर्नुहुन्थ्यो. ससुराले जे भने पनि ज्वाईहरु, चुपचाप लागेर सुन्थे मात्रै - बुडा बाउ समानका मान्छे को आदर गर्न होला. तर मलाइ चाही भित्रभित्रै उकुसमुकुस हुन्थ्यो. एकदिन मैले मुख खोल्ने निधो गरे. हजुरबुवा र म छलफल गर्न थालेउ किन हजुरबुवा गलत भनेर. मलाइ थाहा पाए सम्म सबै कुरा भने किन कम्युनिस्ट राम्रा भनेर. जंगिनु भो हजुरबुवा - "तलाई  टाउको काट्ने मान्छे राम्रो लाग्न थाले? आरके (राधाकृष्ण मैनाली) र सीपी (चन्द्रप्रकाश मैनाली)  मिलेर गरिब राजबंशी को टाउको काट्या छन् अनि तिमेरु तेस्तालाई नेता मान्छौ!"

मलाई आरके र सिपीले गरिब राजबंशीको कहा कहिले टाउको काटे थाहा थिएन. अब बुढा मान्छे लाइ के जवाफ दिने? मैले जाने जति दर्शन ता अघि नै भट्याइसके. त्यतिकैमा तल भान्साबाट बोलावाट आयो सानीमा (आन्टी) को. सहि समयमा बचाउ आयो भनेर दङ्ग परेर आए तल. कम्युनिस्ट आण्टीहरु बाट दामी गाली खाइयो: हजुरबा सग आइन्दा राजनीतिक कुरामा बहस नगर्नु. म रनभुल्लमा परे. चुप लागे. तर सोचे के हो यो मैले ता आण्टीहरुकै पार्टीको बचाउ गर्या थिए. उत्तर थिएन उसबेला तर अहिले लाग्छ घरभित्र राजनीतिक गफ हान्नु भनेको चाही "कमन पिपल" का लागी "वेस्ट अफ टाइम" नै हो. त्यो जमानामा सानिमाहरुले पनि त्यहि सोचे. 

त्यो दिनको छलफल त्यति मै सकियो तर मनमा कौतुहल रहिरह्यो. सिपि को बारेमा ता मैले गजब का कहानी मात्रै सुनेको थिए - उनले कसरि जेल मुनि सुरुङ्ग खनाएर भागेका थिए रे. सधै उच्च सब्दमा पन्चहरुलाई चक्मा दिने नेता भनेर सुनेको हो उनको बारेमा. कसैले उनले टाउको पनि काटे भनेर त मलाइ भनेन. जान्न एकदमै मन लाग्यो.

तर घरमा राजनीतिका कुरै नगर्नु भनेर "फतवा" आए पछि मैले त्यहा केहि जान्न पाइएला भनेर आसै नगरे हुन्थ्यो. अनि बाहिरको सहारा लिन थाले. 

मैले भने नि अघि हाम्रो मावली धनी थियो. दुइ दुइ वटा साइकिल थिए घरमा. 

कहिले काही मिलमा गएर चामल र चिउरा कुटाउन सकोस नातीले भनेर साइकिल चलाउने छुट थियो मलाइ. साइकिल लिएर हान्निए. राधाकृष्ण र सीपीको पुरानो घर तिर. त्यो घरमा मेरो साथि (खड्का) हरु बस्थे. पहिले मेरै साथीले भन्यो जे जति उसले जानेको. अनि थाहा पाए दुवागढी/धाइजन/ज्यामिरगढ़ी कतै बस्ने गरिब राजबंशीलाई पुलिसलाई सुचना दिएको भनेर कमरेड हरुले सफाया गरेका रहेछन. मैले ता सुनेको थिए कांग्रेसहरु फटाहा हुन्छन, झुट बोल्छन. नाइँ. हजुरबाले बोलेकै कुरा ठिक रहेछ. अनि म कस्तो कम्युनिस्ट? कम्युनिस्ट भनेर गर्ब गर्न थाल्दा नथाल्दै सोच्नुपर्ने बेला आयो.

********************************

हजुरबुवासग बिबाद भएको दिन पश्चात हजुरबुवाको ब्यबहार पनि अलि बदलियो म प्रति. हकार्ने, झपार्ने भन्दा पनि अलि "सिरियस" कुरा पनि म सग "सेयर" गर्नुहुन्थ्यो हजुरबुवा म कच्चा केटाकेटी नै भए पनि. 

एकदिन पारिखेत दुवागढीमा धानबारीमा पानी लगाएर फर्कदै थियौ. हडिया खोला तर्नुपर्ने थियो. अलिमाथी डाडामै थियौ हामी. हजुरबुवाले भन्नुभो पुहातुबारी हाइस्कुल तर्फ देखाउदै, "नानी, त्यो हाइस्कुलको छानो देखिस नी, त्यो हामीले सिल्गुडीबाट लिएर आएका. त्यस्तो खालको बाक्लो सिमेन्टेड छानो यो गाउमै पहिलो चोटी हो". "राधाकृष्ण (मैनाली) हरुको पनि साथ् थियो!" म उहालाई सुनिमात्र रहे. हजुरबा भन्दै जानुभो, "एकदिन हामी सबै मिलेर यो गाउको बिकासको बारेमा कुरा गर्दै थियौ, आरके र सिपी जुरुक्क उठेर जंगिए मसग र भने हो! यहि बिकासको कुरोमा त तपाइँ र हाम्रो नीती मिल्दैन" 

"नानी! मैले बुझिन त्यो दिन उनीहरु किन कड्किए किनकि म ता उनीहरुले जिताएर नै चन्द्रगढ़ी गाबिसको प्रधान्पंच बनेको. अलि दिन पछि राजबंशीलाई मारेछन अनि मैले थाहा पाए उनीहरुको नीती"

हजुरबुवाले त्यति भन्दा हामी खोला तरी सकेर घर छेउको बारीमा आइपुगेका थियौ. साझ परिनै सकेको थियो. घर पस्नु पहिले हजुरबुवाले फेरी भन्नु भो बारीको एक कुना देखाएर, "जब उनीहरुले राजबंसीलाई मारे भन्ने थाहा पाए, उनीहरुद्वारा सम्पादित सबै पत्रिका मैले त्यहा खाल्डो खनेर गाडिदिये"... उहा गाइ दुहुन बाल्टी माग्दै भान्सा भित्र पस्नुभो, म बारीको कुनो हेरिरहे. 

पहिलो चोटि जीवनमा सिरियस भएर सोच्न बाध्य गरायो, "कम्युनिस्ट बन्ने की नबन्ने!".....बाकी अर्को अंकमा.

Friday, 5 April 2013

Adolf Hitler, Jewish, Nazism and Communism- Some thoughts - I

As a part of my research work in Human Rights, I got chance to visit different places in Europe. In a period of long time, I visited various Jewish Synagogues, Jewish Museum and Holocaust Museum in different parts of Europe.

When I was in Nepal and India, I learned that Hitler was a bad guy. Adolf Hitler wanted to take revenge of Germany's defeat in the First World War (WWI) and grabbed power by raising German Nationalist Slogans. We read that Adolf Hitler put blame on Jews for the loss in WWI and killed many of them. We learned these things but actually could never feel how painful the Past might have been to People of Europe and Jews in particular.

Surprisingly, in India, when I was studying, some of my classmates reviewed the book "Mein Kampf" supposedly the biography of Adolf Hitler. I read that Hindu Nationalist's Party Rastriya Swayam Shewak Dal ("RSS") in India considers Adolf Hitler a disciplined nationalist leader which is unbelievable. I never read Mein Kampf and to my knowledge, a German State Government holds Copyright over this book and does not allow it to publish in Germany. That means it is as good as banned in Germany. When I was in India, I could see that "Mein Kampf" was freely published, sold and distributed in every book shelves and it is surprisingly one of the most sold books.

The Problem is that in the eastern part of the World, we do not understand and realize the havoc created by Nazism practiced by Adolf Hitler.

In my student days, I also got a chance to read a book called "A Diary by a Fourteen Years Old Girl". The book was prepared by collecting the diary of Anne Frank who had to hide along with her parents as they were all Jews. In the diary, Frank writes how the whole family had to struggle to survive. Imagine a pain of a young kid which is only 14 years. The book sheds light on what Adolf Hitler was trying to do - by killing Jews and spreading antisemitism - in history, to be termed as "holocaust". Then, there was a movie called "Life is Beautiful" which I watched to understand more about Jewish's sufferings. That was my understanding of Adolf Hitler and his policies of destruction.

Later, when I started travelling to Europe, I could visit Jewish Museum and Synagogue in Budapest (Hungary), Jewish Museum in Amsterdam (The Netherlands), The Anne Frank Museum in Amsterdam (The Netherlands), The Dachau Concentration Camp in Munich (Germany), The Topography of Terror  Museum (Berlin, Germany). These all visits enlightened me. They told the same story in different language, from different viewpoint, through various audio - video, contemporary news papers of those times, through image, arts, photography. In silence, these huge materials speak the same language - the fear, trauma and the annihilation of human civility and modernism. It is undisputed fact that Adolf Hitler murdered Six Million People and mostly Jews. Then, We must ask another question- Why? Why Adolf Hitler Killed so many Jews? 

I will write what I think about it in my next post. Before I conclude, there are laws in many countries punishing the denial of holocaust. Holocaust denial is explicitly or implicitly illegal in 17 countries: Austria, Belgium, Canada, Czech Republic, France, Germany, Hungary, Israel, Liechtenstein, Lithuania, Luxembourg, Netherlands, Poland, Portugal, Romania, Slovakia, and Switzerland. It is also to be noted that Adolf Hitler did not kill only the Jewish people. Hitler targeted Communists, Homosexuals, Jipsy, Roma and Sinti, Russian Prisoners of Wars etc. However, the killing of Jewish has outnumbered the others and has gained many significance and received wide attention.

Some of you my ask a question. Was Hitler a Communist?Actually, No. Hitler was never communist. In fact, he killed many communists in Germany and elsewhere. Later, Hitler breached the pact with Communist Russia and Communist Russia (then USSR) had to fight against Hitler. In my Berlin Trip, in the Museum called "Topography of Terror", I saw a pamphlet of 1930-40 where Hitler blamed Communist for fire in Reichstag. Therefore, we see that Hitler was anti-communist and killed many communist People also.

More on Next Post

Saturday, 9 February 2013

कम्युनिजम प्रतिको बुझाइ र कम्युनिस्ट प्रशिक्षण

मैले यो मेरो ब्लगमा कसरी मैले मदन भण्डारी लाइ चिने धेरै बर्ष पहिले गाउमा हुदा भनेर लेखेको छु। त्यसपछि मेरो कम्युनिजम प्रतिको लगाब बढ्दै गयो। पछि काठमान्डू आएर त्रिचन्द्र कलेजमा पढ्दा मुल्यांकन मासिकका सम्पादक श्याम श्रेष्ठ सग एकदिनको कम्युनिजम को बारेमा प्रशिक्षण लिन गएको थिए। त्यो बारेमा मेरो अनुभब यहा छ। 

श्याम श्रेष्ठ को गेट सहितको र गेटमा कुकुर देखी सावधान लेखेको पत्रिकाको कार्यालय घर रहेछ। उनको बसाइ पनि त्यही हो कि हैन मलाइ थाहा भएन। त्यो चाही अन्तरक्रिया प्रकाशन प्रा. लि. को नवयुबा र मुल्यांकन मासिकको घर रहेछ। एउटा ठुलो कोठामा हामि बस्यौ पन्ध्र जना जती। भुइमा चट्टाई/दरी ऒछ्याइयेको थियो र त्यसैमा बस्यौ  हामी। बिचमा बसे हाम्रा गुरु श्याम श्रेष्ठ। पहिले क्रान्तीकारी पारामा नमस्कार गर्दै सबै को परिचय लिने दिने काम भयो। त्यस पश्चात उनले आफ्नो परिचय अलिक लम्बेतान दिदै कम्युनिजम्को बारेमा गफ दिन थाले। उही थोत्रो मार्क्स, कार्ल्स, एंगेल्स, आदि इत्यादि। एमाले कम्न्युस्ट नै होइन भन्ने खालको कुरा गरे। तेस पछि राजा ज्ञानेन्द्र लाइ टन्नै गाली गरे। त्यस बखत राजाले साशन हातमा लिएका थिए। कांग्रेसी नेता देउवा प्रती पनि सक्तो रिस पोखे। अनि माओबादी प्रति चाही अलि नरम देखिए। 

उनले जे जे भने पनि हो हो ए ए भन्दै सुने मैले। मलाइ धेरै उनीबाट जान्ने मन थिएन। मैले पोलिटिक्स का कीताब खोजि खोजि पहिले देखिनै पढ्न थालेको थिए। त्यहि भएर उनले भन्न सुरु गरेका कुरा एकदमै पहिलो लेभल का भएर खासै नया लागेन। 
खासै चाख लागेन मलाइ उनको बोलाइ मा। नेता हरुका अलिक कडा भासण सुन्ने बानी भएर होला श्याम श्रेष्ठ कम्न्युस्ट भएर पनि अलि नरम जस्ता देखिए। यो केटाले चाख लिएको छैन भन्ने उनलाई नलागोस भनेर यता तेता के के जाती बोले मैले, प्रश्न गरे तर त्यति धेरै चाखलाग्दो नया कुरा भएन त्यो दिन। 

त्यस पछि प्रस्न उत्तर को कार्यक्रम भयो बेलुका चार बजेतिर। एमाले किन कम्न्युस्ट हैन भन्ने खालका प्रसङ्ग उठे र प्रसंग उठ्यो मदन भण्डारीको "जबज" - जनताको बहुदलीय जनबाद र सिपि मैनालीको नया जनबाद (नौलो जनबाद - नज) । मैले त्यतिबेला र अहिले सम्म पनी नबुझेको कुरो यी दुइ बिचमा के फरक छ। मलाई लाग्यो कि मौका यहि हो अब प्रश्न सोधी हाल्नु पर्दछ। र मैले सोध्नु भन्दा पहिले मेरो एउटा साथीले श्याम जी लाइ प्रश्न गर्यो कि फरक के छ जबज र नज को बिचमा।

आजचाही बुडा ले प्रस्ट जवाफ देलान र सबै खुल्दुली मेटाइदेलान भन्ने थियो नि आफुलाई त। तर कहा हुन्थियो बुडा ले त के के भने भने। लटर पटर जवाफ दिए। केहि बुझेको भए मरिजाउ। त्यो साथीले फेरी प्रश्न गर्यो त्यहि बिसयमा अनि बुडाले पनि फेरी उही पारामा लटरपटर जवाफ  दिए। मैले बुझे या त बुडा लाइ नै थाहा छैन किनभने उनि एमाले लाइ कम्न्युस्ट भनेर गन्दैनन। त्यही भएर त्यता तिर तेती धेरै ध्यान दिएका छैनन्। या त यो कुरो नै यति गाह्रो छ बुझ्नका लागि कि हाम्रो राजनीतिक चेतना को स्तर लाइ अझै खार्नुपर्दछ हामीले यो कुरो बुझ्नलाई। अनि लखर लखर गर्दै बेलुका म घर फर्किए हिन्दै टेकुबाट हनुमानस्थान/बबरमहल सम्म। 

***********************************

भोलिपल्ट गइयो त्रिचन्द्र कलेज। फेरी गइयो त्रिचन्द्रको छतमा गफ गर्दै, घाम ताप्दै गर्न। हिजो श्याम श्रेष्ठको कम्न्युस्ट बिचार को प्रवचन सुन्न आउन नपाउने साथीहरुले सोधे - के भयो? कस्तो भयो। मेरो अर्को साथीले जोत्न सुरु गर्यो। बढाई चढाई गफ हान्यो है तेस्ले अब। हामीले यो सिकेउ, त्यो सिकेउ, श्याम जी ले यो भन्नु भो, त्यो भन्नु भो भनेर निकै बेर जोत्यो। अनि त्यो सुन्ने साथीले पनि हौसी हौसी सोध्न थाल्यो। यो बारेमा पनि कुरा भो, त्यो बारेमा पनि कुरा भो? लेनीन को बारेमा? स्टालिन को बारेमा? मेरो साथीले हो हो भन्दै गफ हान्यो। अनि कुरा आइ पुग्यो नौलो जनवाद र जनताको बहुदलिय जनवादको बारेमा। सोध्ने ले सोध्यो, भन्ने ले पनि हो हो भन्नुभो, सिकाउनु भो भन्दै गफ ठोक्यो। तब एक्ज्याट फरक के छ भनेर जब प्रश्न आयो - तब गफ हान्ने मेरो साथि अकमकियो, कपाल कनायो र फिस्स हास्दै म तिर हेर्यो। म उसलाई हेरेर एकछिन ट्वाल्ल परे र फिस्स हासिदिये। केटोले कुरा बुझ्यो की म उसको केहि सहयोगी हुन सक्दिन। त्यस बारेमा मैले केही बुझेको भए ता मारिदिनु। तेस्पछि केटो आफै सम्हालियो। र कनी कनी फेरी जोत्न सुरु गर्यो। अर्को साथीले कुरो धेरै क्लियर पार्न प्रश्न गरिरह्यो अनि भन्ने ले अन्तिम अश्त्र छोड्यो, "श्याम जी ले भन्नु भो, यो बुझ्न धेरै गाह्रो छ अरे। निकै पढे पछि मात्रै बुझिन्छ अरे।" अब चाही मैले पनि हो त्यहि भन्नु भो भनेर सही थापिदिए र कुरोलाई पुर्णबिराम लगायेउ। 

तेस्पछी समयक्रम यस्तो भयो की मैले ती साथीहरुलाई आजसम्म (लगभग बाह्र वर्ष पछि सम्म) भेटेको छैन। अहिले ता नाम पनि बिर्यिये। र फेरी कुनै कम्न्युष्ट पार्टीको प्रशिक्षण लिन गैयेन। अलि पछि आएर कम्युनिजम को सत्यता धेरै नै बुझियो र यसप्रतिको मोह पनि मर्दै गयो।  (समाप्त)

Thursday, 7 February 2013

जनताको बहुदलीय जनबाद र मदन भण्डारी सगको मेरो चिनाजानी

मैले अघिल्लो पोस्टमा मदन भण्डारीको मृत्युको बारेमा एउटा रिफरेन्स दिएको थिए। तेस्बारेमा अलिकती लेख्ने मन छ। मदन भण्डारी बिचरा दुर्घटना मा मरेछन। तर ती को हुन् मलाइ केहि थाहा थिएन। म हजुरबुवा हजुरआमा सग माओल मा बस्थे। अबिबाहित दुइजना सानिमा/आन्टी हुनुहुन्थ्यो मावलमा। हजुरबुवा काँग्रेस तर सानिमा हरु एमाले। बाउ को आखा छली छली राजनीतिका कुरा हुन्थे। मेरो पार्टी पनि एमाले तेस बखत। म गरिबको छोरो - अनि गरीबको पार्टी कम्न्युस्ट भन्थे। त्यहि भएर एमालेलाई दायाबाया नसुनी सपोर्ट गरिन्थ्यो त्यो जमानामा। म नौ या दस बर्ष को थिए र मेरो पार्टी एमाले भए पनि यी मदन भण्डारी भन्नेलाई चिनेको सुनेको थियिन। हरेक दिन नौ बजे समाचार आउथ्यो रेडियोमा। सुनिन्थ्यो बिहानको भात खादै र तेस्पछि स्कुल जान्थे म। 

नौ बजेको समाचारमा भनेछ। मदन भण्डारी दुर्घटनामा परे। हराए भनेर। सानिमा हरुले दुख मनाउ गर्नुभो। म स्कुल हिडे। स्कुल पुगे पछि हेडसर सायद बिष्णु सर हुनुहुन्थ्यो - नोटिस पढेर सुनाउनु भो र टास्नुभो सुचना पार्टीमा - आजलाई स्कुल छुट्टी किनकि हाम्रा महान नेता मदन भण्डारी हराए। सायद तेतिन्जेल सम्म मदन गइ नै सके भन्ने खबर र छ क्यार अहिले सम्झिदा नभए किन स्कुल छुट्टि दिन्थे र। हेडसर सिवाकोटी एमाले का खुंखार गाउका नेता थिए। ज्यादा कुरा बताएनन। नोटिस सुनाएर, पिउन ले नोटिस सुचना पार्टीमा तास्दा नटास्दै साइकील निकालेर सर हिडे। हामि पनि बाट्यो लागेउ। बाटामा मेरो क्लास भन्दा सिनियर साइलो दमाइको छोरा सग भेट भयो। उ पनि हिड्दै घर फर्कदै गरेको। एउटा खुट्टा जन्मजातै अलि छोटो वा कुँजो थियो। बिस्तारै हिड्थ्यो। तेही भएर अरु भन्दा ढिलो हिड्ने हुदा एक्लै बिस्तारै आउदै रहेछ। मैले भेटे र उ सग गफ्फिदै बिस्तारै घर आए। आउन पनि कुनै हतार नै थिएन। 

अनि उसले सोध्यो र बतायो। को हुन् मदन भण्डारी। कसरी उनले स्वयम् राजा बीरेन्द्रलाई मुकुट खोलेर चुनाब लड़ना च्यालेन्ज गरेका थिए। कसरी किसुन जी पनि हार्नु भो मदन भण्डारी सग आदि इत्यादि सबै कुरा बतायो त्यो दाइले। अनि थाहा पाए को थिए मदन भण्डारी। 

तेस्पछि अलि ठुलो हुदै गइयो। पत्रपत्रिका पनि पढ्न थालियो र थाहा भो मदन भण्डारी ले "जनताको बहुदलिय जनबाद" (जबज) भन्ने कार्यपत्र एमालेको महाधिबेशनमा पेश गरेर चन्द्र प्रकाश मैनाली (उर्फ सिपि मैनालीको सायद नौलो जनबाद भन्ने कार्यपत्र) लाइ माथ ख्वाएका रहेछन। 

यसरि चिने मदन भण्डारीलाई मैले। तर जबज के हो मैले तेती बेला बुझिन, ज्यादा बुझ्न पनि चाहिन। 
****************************************************************

ठुलो भैयो। त्रिचन्द्र आइयो बीएस्सी बढ्नलाई। आउँन ता गाउबाट डाक्टर, नभए पक्का इन्जिनियर बन्ने आफ्नो सपना, परिवार, इस्टमित्र, नातेदार र असल छिमेकीहरु सम्मको सपना बोकेर आइया थियो। तर काठमान्डौ को एकबर्ष को बसाइले त्यो कुनै सपना पुरा हुने नदेखेर 2002 मा त्रिचन्द्र जोइन गरियो। बियस्सी पढ्नलाई। एक ता भर्ना नै ढिलो भएको थियो। ति माथी भर्खर मरेका सपनाहरुको सोक मन्नौने क्रम जारि नै रहेकोले प्रथम बर्षमा केहि पढ़ियेना। हुन् ता कसैले पढेको पनि देखिन। तेही भएर मनमा सन्तोक चाही थियो कि कुनै गलत काम गरिएको छैन भन्ने। कलेज पनि ज्यादा जाने गरेको थियिन। हप्ता या दश दिनमा एकचोटी मात्रै। त्यहा जादा पनि वाहि राजनीती र हावादारी गफ मात्रै। त्रिचन्द्र पुरै कांग्रेसको अड्डा थियो तेस बखत। देउवा नेविसंघ र कोइराला नेविसंघ दुइटै थिए त्यसबखत। बाहिर बाहिर नेविसंघ भए पनि भित्र चाही कम्न्युस्ट थिए म। बिचार मिल्ने केहि साथि भेट भए। उनीहरु म भन्दा ज्यादा जान्ने कम्न्युस्ट थिए। त्रिचन्द्रको छत मा गएर घाम ताप्दै गफ़िन्थे राजनितीका बारेमा। यत्तिकैमा हाम्रो प्लान बन्यो की मुल्यांकन मासिकका सम्पादक/प्रकाशक श्याम श्रेष्ठ ले उनकै घरमा सनिबार कम्युनिज्म सम्बन्धी राजनितीक प्रसिक्षण गराउछन यदी हामीले दश पन्ध्र जनाको ग्रुप बनाएर उनलाई रिक्वेस्ट गरयौ भने। मलाई त तेती धेरै इन्ट्रेस्ट थिएन ति प्रसिक्क्षण मा तर साथि हरुसग साथ नछोड्न र उनीहरुलाई ति दस - पन्द्र जनाको ग्रुप बनाउन गाह्रो भाको देखेर मैले पनि भाग लिने भनेर सहमति जनाए। समय र गते फिक्स भयो अनि एक सनिबार 2002-2003 को हामी श्याम श्रेष्ठ को घर /छापाखाना (टेकु तिर कता हो) मा भेला भयेउ। (क्रमश:)

(यो मेरो ब्लगको दोश्रो भाग यहा छापिएको छ। तपाइँ यो पढेर सुझाब र सल्लाह दिनुहोला।)

Monday, 4 February 2013

माओबादीको बहुदलिय जनबाद र कम्न्युस्टका शब्दहरु

मैले यो लेख्न सुरु गरेको छु कम्न्युस्ट हरुको बारेमा दुइ चार दिन देखि। सुरु चाही किन गरेको भने माओबादिले  हत्या हिँसा को राजनीती बाट अब जनताको बहुदलिय जनबाद (जुन मदन भण्डारीले एमालेमा घुसाएका थिए) को बाटोलाई आत्मसाथ गर्ने भन्ने खालको पार्टी लाइन पारीत गर्ने सोच बनाएको छ रे। अब भने पछी माओबादिले बुझ्यो की राज्यसत्ता कब्जा गर्ने वा सरकार चलाउने भनेको जनताको मत जितेर हो। जनता मारेर हैन।  

ढिलै भए पनि माओबादीले यो बुझ्यो। यो राम्रो कुरा हो। सान्तीपूर्ण प्रक्रिया द्वारा मात्र देश र संबिधान बनाउन सकिन्छ र शान्तीपुर्ण प्रक्रियाबाट मात्र देशको आर्थिक कायापलट हुन्छ न की जनता मारेर भनेर माओबादिले बुझ्नु भनेको यो बिस्वमा बुद्द र गान्धी को जीत हो। यसले लेनीन र स्टालिन हरु कती गलत छन् भन्ने पनि देखाउदछ। तर यसले यो प्रश्न पनि उब्जाएको छ कि आखिर किन माओबादीले हत्या, हिँसा को बाटो रोज्यो? हत्या र हिँसा ले देशलाई के दियो - शिवाय देशलाई पछि धकेल्नु बाहेक। माओबादीले यो बारेमा जवाफ दिनै पर्छ जनतालाई। ढिलो चाडो जनताले पनि यस बारेमा माओबादी सग जवाफ मागेरै छोड्नेछन - कुनै न कुनै रुपमा। सायद माओबादी प्रतिको जनताको अविश्वास को रुपमा जनताको जनमत प्रकट हुनेछ आउने दिनमा यदि चुनाब हुने हो भने। 

माओबादी भित्र आएको यो धरातल परिबर्तन ले यो पनि प्रश्न उब्जाउनेछ कि यो देशमा किन दश थरि कम्न्युस्ट पार्टी छन्। र ति एमाले लाइ गाली गर्दछन तर कसरि एमाले भन्दा भिन्न छन्? यसको मतलब नेपाल को परिप्रेक्ष्यमा के नेकपा एमाले मात्रै बैज्ञानिक कम्न्युसिट पार्टी हो  जसले देशको र जनताको आवश्यकता छिट्टै बुझ्यो? र देश अनुसारको कम्न्युस्ट पार्टिको स्थापना गर्यो? यस अर्थमा माओबादिको एमाले लाइ गर्ने गाली केवल सत्ता प्राप्त गर्ने "प्रोपागान्डा" मात्रै थियो। त्यसैले माओबादीको यो परिबर्तन कुनै सैधान्तीक धरातलको आडमा टिक्ने खालको छैन। 

माओबादिको यो परिबर्तन बारे कान्तिपुर मा एउटा लेख पढे - राजनीतिक बिस्लेशक मुमाराम खनालको। उनि माओबादीका पुर्बनेता पनि हुन्। उनले प्रचण्डले पेश गर्ने भनिएको कार्यपत्र को चिरफार गरेका छन् र यो प्रचण्डको कार्यपत्र को श्रेय एमाले नेता घनश्याम भुषाल लाइ दिएका छन्। यसको मतलब एमाले नेता भुसालले कुनै दिन एमाले पार्टीमा पेश गरेको कार्यपत्र लाइ प्रचण्डले जुरुक्क उठाएका छन् र आफुलाई मनपरेको मनपरेको अंश त्यही बाट "कपि" गरेर माओबादीको कार्यपत्र भन्दै "पेस्ट" गरेर पेश गरेका छन्। मुमाराम खनालको यो लेख पढ्दा उनले कान्तिपुरमै सुरुगरिएको कुनै बहसलाई पनि "रिफर" गरेका छन्। त्यस बारेमा मेरो सानो लेख। 

सन् 2012 को जुलाई मा घर गएको बेला थियो। कुरो गरेको गत बर्षको। एकदमै थोरै दिन घरमा बिताउने मौका पाए। आफ्ना आफन्त हरुलाई भेट्न पाइन्। फोनमै भेटे। तेतिकैमा एकजना सानिमा को फोन आयो। सानिमा भनेको मेरी आमाको अन्तरी बहिनी। फोनमा मलाई भेटेर खुसि हुनुभयो। के छ नानी, कस्तो छ खबर, यता उता हालखबर सोध्नुभयो। सबै बताए। अनि सानिमाले फोन गर्नुको कारण बताउनु भो। सोध्नु भो आजको कान्तिपुर पढिस? 

मैले भने पढे। म नेपालका पत्रिका तीन देखि लिएर पाच मिनेटमा पढी सक्छु। अनि सोध्नु भो "भिनाजु को लेख पढिस?" मैले भने, "पढिन त, भिनाजुको लेख छ कान्तिपुरमा आज?" सानिमा ले भन्नु भो, " छ त। पढ्न। धेरै राम्रो लेख्नु भै रछ". मैले हुन्छ भने। फोन राखे र फेरी कान्तिपुर मा खोजे सानिमा का ज्वाई (मेरा दिदी तर्फ बाट भिनाजु) को लेख। भिनाजु अमेरिका बाट पिएचडी गर्दै हुनुहुन्छ र लेख्नु भाको र छ कान्तिपुर मा "कम्युनिज्म" को बारेमा। 

अब आफ्नै भिनाजुको लेख। मन लगाएर पढियो। त्यो लेखमा लेखिएको रहेछ - घनश्याम भुसाल ले एउटा लेख लेख्नुभो, तेस्को जवाफ प्रदीप नेपाल जी ले फ़र्काउनुभो र त्यहि सिलसिला मा दुवै लाइ जवाफ फर्काउदै मेरा भिनाजुले लेख्नुभाको रहेछ। पहिले का दुइटा लेख (भुषाल र नेपाल का लेख) त् पढ्न पाइएन। भिनाजुको लेख पढेरै, त्यहा भएका आर्गुमेण्ट, काउण्टर - आर्गुमेण्ट पढेरै पहिले के लेखिएका थिए भन्ने बुझ्ने कोसिस गरियो। 

तर लेख्न चाही बुढाले के लेखेका हुन् बुझ्ने गाह्रो भो। एकदमै नेपालीका क्लिस्ट सब्द, ति माथि कम्न्युस्ट हरुले प्रयोग गर्ने सब्द ता तेसै गार्हा। घुमाइ फिराइ एउटै कुरा लेखेका छन्। यो भनेका छन्। त्यो भनेका छन्। तर कुरो केहि बुझ्न सकिएन। उता सानिमा चाही गजब राम्रो लेख्नु भै र छ ज्वाइले भन्दै हुनुहुन्थ्यो। मैले केहि बुझिन। सानिमाले बरा के पो बुझ्नुभो होला र! 

मैले चाही के बुझेको छु भने समस्या मेरा भिनाजुमा "एक्सप्रेस" गर्ने "अबिलिटि" को हैन। नेपालका कम्न्युस्ट हरुको खराब बानि के छ भने उनीहरु ठुला ठुला, बडा बडा कुरा गर्न माहिर छन्। एकदमै सरल सब्दमा त उनीहरुको कुरो प्रस्ट हुदै हुदैन। उनीहरुका कुरो प्रस्ट पार्न लाई गार्हा गार्हा शब्द हरुको सहारा लिन्छन र अन्तमा बुझ्न गाह्रो बनाएर छाड्छन। सायद उनीहरु चाहन्छन कि जनताले उनीहरुको कुरै नबुझुन। सायद जनताले कम्न्युस्ट का कुरा बुझे भने जनताले उनीहरुलाई बिश्वास गर्न पनि छोड्छन। तेही भएर बडा बडा क्लिस्ट मतलब गार्हा र छेउ न टुप्पाका कुरा गर्न, लेख्न र तेसैको आधारमा कार्यपत्र, कार्यनिती बनाउन नेपालका सबै खाले कम्न्युष्ट लागिपरेका छन्। नभए हेर्नुहोस त नवासंशोधनबाजी, लफ़्फ़ाबाजी,  लालसाही एक्सेक्ट्रा एक्सेक्ट्रा सब्द प्रयोग नगरी गरिब जनताको दिन चलेकै छ। तर नेतालाई यी सब्द प्रयोग गर्न पाएनन् भने दिल्लीको कुनै हस्पतालमा भर्ना गराउनु पर्ने खालको समस्या ले ग्रसित हुन बेर छैन।