Monday 7 January 2013

साहित्य, कबिता र गजल मन पराउने साथी हरुलाई कबिता/Poem/Gazal/ गजल

परिवर्तन आउछ आउछ सबै सधैं यसो भन्ने गर्छन्
परिवर्तन हुनकै लागि सबै आफ्नै घ्याम्पो भर्ने गर्छन्

प्रजातान्त्रिक अभ्यास हो रे राजनीतिमा सबै छिरे
तेही अभ्यास मै महिनै पिच्छे अनेक थरी पार्टी फेर्छन

देश पछी भएर के भो र नेता सबै अघी यहाँ
मौका पाउदा यहाँ केवल आफ्नै फायदा हेर्ने गर्छन्

नाम का यिनी क्रान्तिकारी बोली उन्को बुझ्नै गार्हो
यिन्का कुरा नसुनेमा मारुला झै गरी घेर्छन

केवल उनी मात्रै इमानदारी, हैनन रे उनी भ्रस्टचारी
तर हग्दा चाँही केवल डलरा’का पहाड मात्रै छेर्छन

परिवर्तन आउछ आउछ सबै सधैं यसो भन्ने गर्छन्
परिवर्तन हुनकै लागि सबै आफ्नै घ्याम्पो भर्ने गर्छन्

___________________________________________________________________________________

यो धेरै जुग अघि सायद पंचायत कालमै लेखिएको होला। तर बर्सौ पछि पनि यस कवितामा भएका भावना भन्दा देश भिन्न हुन् सकेको छैन। यो कबिता, गजल कुन क्याटेगोरीको हो मलाई थाहा छैन। पढ्दा पनि तेस्तो राम्रो मिलेको जस्तो लागेन। तर भावना नेपाली समाजको बर्तमान राजनीतीक अवस्था चित्रण गर्ने खालको छ। मलाई यो पठाएर सहयोग गरिदिने अर्का ब्लगर साथी युभाजोन लाइ धन्यबाद। नेपाली कबिता, गजल जे होस्- पढौ माथि।

___________________________________________________________________________________
साहित्य, कबिता र गजल मन पराउने साथी हरुलाई कबिता/Poem/Gazal/ गजल प्रस्तुत गरेको छु। तपाईं पनि यदी नेपाली गजल मन पराउनु हुन्छ भने यो ब्लग हेर्दैइ गर्नु होला। मेरो ब्लग मा पालिदिनु भएकोमा धेरै धेरै धन्यवाद।
This post has been tagged under Nepali kabita, Nepali gazal, नेपाली साहित्य, Nepali kabita haru, Nepali Gazals, नेपाली कबिता, nepali gazals, nepaligazal, नेपाली गजल, and gazal

No comments: