Tuesday 8 January 2013

नेपाली साहित्य, कबिता र गजल मन पराउने साथीहरुको लागी यो नेपाली गजल

गजल

यौवनको आगोमा आफुलाई पोल्नुको मजा बेग्लै
यौवना तिमीसग छिल्लिएर बोल्नुको मजा बेग्लै

अमुल्य तिम्रो यौवनमा तिमीसगै लठ्ठीये म
आज तिम्रो यौवनको दाम मोल्नुको मज्जा बेग्लै
यौवना तिमीसग छिल्लिएर बोल्नुको मजा बेग्लै

प्रेम गर्दा धेरै पटक साझ रात सगै भयौ
तिनै रातहरुको रहस्य खोल्नुको मजा बेग्लै
यौवना तिमीसग छिल्लिएर बोल्नुको मजा बेग्लै

आउ आज तिमी फेरी यौवन्को उन्माद बोकी
मेरो जीवनमा तिम्रो यौवन घोल्नुको मजा बेग्लै
यौवना तिमीसग छिल्लिएर बोल्नुको मजा बेग्लै

यौवनको आगोमा आफुलाई पोल्नुको मजा बेग्लै
यौवना तिमीसग छिल्लिएर बोल्नुको मजा बेग्लै
__________________________________________________________________________________

यो नेपाली गजल हो। मैले लेखेको हैन। लेखक को हो मलाउ थाहा छैन। दुइ चार वटा नेपाली ब्लगमा छापिएको रहेछ। हरेक ब्लगमा भिन्दाभिन्दै रचनाकारको नाममा। मैले पनि टिपेर प्रस्तुत गरेको छु। यो नेपाली गजल मलाई ज्यादै नै "हट" र "सेक्सी" लाग्यो। मेरो भनाइको मतलब बहुतै राम्रो स्टाइलमा लेखिएको रहेछ। हाम्रो पुरानो जीवनका याद दिलाइदिने खालको गजल रहेछ। मन पर्यो भने कमेन्ट ठोकिदिनुहोला। जसको रचना हो उहाहरुले प्रमाण सहीत दाबी गर्नसक्नुहुनेछ। म तपाइको दाबी साच्चो ठहरेमा तपाइको नाम पनि यो नेपाली गजलको साथमा छाप्नेछु। रमाउनुहोस यो नेपाली गजल पढेर।
___________________________________________________________________________________

साहित्य, कबिता र गजल मन पराउने साथी हरुलाई कबिता/Poem/Gazal/ गजल प्रस्तुत गरेको छु। तपाईं पनि यदी नेपाली गजल मन पराउनु हुन्छ भने यो ब्लग हेर्दैइ गर्नु होला। मेरो ब्लग मा पालिदिनु भएकोमा धेरै धेरै धन्यवाद।
This post has been tagged under Nepali kabita, Nepali gazal, नेपाली साहित्य, Nepali kabita haru, Nepali Gazals, नेपाली कबिता, nepali gazals, nepaligazal, नेपाली गजल, and gazal

No comments: