Monday 24 December 2012

पेरिस भ्रमण - फर्केर हेर्दा - भाग तिन (अन्तिम भाग)

मेट्रोमा चढेर हामी कन्कोर्ड़े पुग्येउ। कन्कोर्ड़े को बारेमा ज्यादा जानकारी यहा छ। http://en.wikipedia.org/wiki/Place_de_la_Concorde

तपाइले फ्रेन्च रिभोलुसनको बारेमा ता सुन्नु भएको होला। हो यही ठाउमा फ्रेन्च रिभ्लुसनको क्रममा राजा लुइस सोर्हौ लाइ 21 जनवरी 1793 मा मारिएको थियो। फोटो मैले विकिपेडिया बाट लिएको हु।

तेसपछि हामि पेरिस गए पछि जानै पर्ने आइफेल टावार तर्फ लागेउ। आइफ़ेल टावर सेन नदीको किनार मा छ। यहा पुगेर यसलाई उज्यालोमा मजाले हेरे पश्चात नौका चढेर सेन नदीको यात्रा गरियो। 11 युरोमा करिब एकघन्टा को यात्रा सकिदा रात परि सकेको थियो। आइफ़ेल टावरमा सबै बती जलिसकेका थिए र यो रोसनी नै रोशनी को बिचमा चम्की रहेको थियो। हुन ता केहि पैसा तिरेर (सायद 12 युरो मा) आइफ़ेल टावर चढ्न पाइन्छ तर यसको टिकट काट्न निकै लामो लाइन लाग्नु पर्छ। लाइन लाग्नैइ 2-3 घण्टा लाग्ने हुदा हामि यसमा नचढी फर्कने निधो गर्यौ।


आइफेल टावर हेर्दा थाहा हुन्थ्यो- पेरिस एउटा रोमान्टिक सहर हो। यहा आइफ़ेल टावरको ब्याक्ग्राउण्ड मा किस क्यामरा मा कैद गर्न धेरै जोडी हरु तछाड मछाड गरिरहेको सजिलै देख्न सकिन्थ्यो।



(आइफेल टावर अगाडि एउटा मिठो याद दिलाउने चुम्बन लिदै प्रेमी प्रेमिका र त्यो समय कैद गर्ने उनीहरुको प्रयास)



(सेन नदीमा बेजोडले दौडी रहेको डुंगा )


(जल्दो बल्दो आइफेल टावर - रात्रीकालिन समय )


(लुभ्रे म्युजियम बाहिर - लुभ्रेको बारेमा धेरै जान्न यहा हेर्नुहोला  http://en.wikipedia.org/wiki/Louvre )



(Cathedral Notre Dame de Paris - Photo Source: Wikipedia) धेरै जान्न यहा http://en.wikipedia.org/wiki/Notre_Dame_de_Paris



The Basilica of the Sacred Heart of Paris, commonly known as Sacré-Cœur Basilica (French: Basilique du Sacré-Cœur, pronounced [sakʁe kœʁ]), is a Roman Catholic church and minor basilica, dedicated to the Sacred Heart of Jesus, in Paris, France. धेरै जान्न यहा http://en.wikipedia.org/wiki/Sacr%C3%A9-C%C5%93ur,_Paris

 This is The Arc de Triomphe. The Arc de Triomphe (Arc de Triomphe de l'Étoile) is one of the most famous monuments in Paris. It stands in the centre of the Place Charles de Gaulle (originally named Place de l'Étoile), at the western end of the Champs-Élysées.[3] There is a smaller arch, the Arc de Triomphe du Carrousel, which stands west of the Louvre. The Arc de Triomphe (in English: "Triumphal Arch") honours those who fought and died for France in the French Revolutionary and the Napoleonic Wars, with the names of all French victories and generals inscribed on its inner and outer surfaces. Beneath its vault lies the Tomb of the Unknown Soldier from World War I.

धेरै जान्न यहा http://en.wikipedia.org/wiki/Arc_de_Triomphe

National Assembly of France http://en.wikipedia.org/wiki/French_National_Assembly

सेन नदीमा डुंगा मा यात्रा गर्ने क्रममा हामीलाई पेरिसको बारेमा धेरै बर्णन सुनाइयो। यसको कला, संस्कृति र यसको म्युजिकको बारेमा धेरै सुन्न पाइयो। यहा भएको युनिभर्सिटी, म्युजियम को पनि राम्रो बखान सुनियो। कसरि यसले दोस्रो बिस्वयुद्ध ताका दुख खेप्नु पर्यो र कसरि यसले सबै दुख बिर्सेर अघि बढ्यो भन्ने बडो राम्रो कमेंट्री सुन्न पाउदा पेरिस भ्रमण साच्ची नै मनमोहक भयो।



मोर अन आइफेल टावर यहा http://en.wikipedia.org/wiki/Eiffel_Tower
 त्यो दिनको टुर तेतिमै सिमित भयो।

भोलिपल्ट उठियो। पहिले लुभ्रे म्युजियम गइयो, तेस पश्चात साक्रे कुर चर्च र सेन्ट नोट्रेदाम क्याथेड्रल हेरियो। बाकी भएको दिन  ओपेरा र फ्रान्सको संसद भवन तिर वाक गरेर बिताइयो। तेस्तै आरक दे त्रीउम्फ पनि हेरेउ हामीले.

सबै ठाउ लाइ कभर गर्ने गरि मैले माथि फोटो राखेको छु र सानो कमेन्ट र फरदर Links हरु पनि दिएको छु।

पेरिस भ्रमण यत्ति नै। सुझाब को आस छ। मेरो ब्लग हेर्दै गर्नुहोला। 

(यस भ्रमणको भाग एक - http://nepalikabitagajal.blogspot.com/2012/12/blog-post.html  र दुइ - http://nepalikabitagajal.blogspot.com/2012/12/blog-post_22.html यहाँ छ)

No comments: