Saturday 22 December 2012

पेरिस भ्रमण - फर्केर हेर्दा - भाग दुइ

जब टिकट मिल्यो तब दौडदै हामी मेट्रो तिर लागेउ, सिधै आइफेल टावर जाने भनेर तर त्यहाबाट आइफेल टावर जाने मेट्रो मिल्दो रहेनछ। मनै खिन्न भो। अनि फेरि मेट्रोको म्याप ऊल्टाई पल्टाई हेरेउ। मेट्रो को रुट पनि हेरेउ हामीले कहा कहा जान्छ मेट्रो भनेर। आखिर पेरिस ता चारैतिर घुम्नु नै थियो। त्येहै भएर प्लान बदल्येउ हामीले- निधो गरेउ कि अब सबै भन्दा पहिले हामि ईन्भ्यालिड्स जान्छौ  भनेर। ज्यादा जानकारीको लागि यहा हेर्नुहोस। http://en.wikipedia.org/wiki/Les_Invalides

Wikipedia says Les Invalides (French pronunciation: ​[lezɛ̃valid]), officially known as L'Hôtel national des Invalides (The National Residence of the Invalids), is a complex of buildings in the 7th arrondissement of Paris, France, containing museums and monuments, all relating to the military history of France, as well as a hospital and a retirement home for war veterans, the building's original purpose.

यो भवनको सामुन्ने बाट हेर्दा हामीलाई निककै भब्य लाग्यो। धेरै पुरानो भवन - अर्कितेक्चार पनि धेरै राम्रो र सामरिक दृष्टिले महत्वपुर्ण भवन हेरियो। यहा मिलिटरी म्युसियम पनि रहेछ। बिना पैसा पनि धेरै हेर्न सकिन्छ तर कुनै कुनै भाग हेर्न तपाइले टिकट काट्नुपर्छ। हामीले निर्णय गर्येउ की जुन भाग फ्रिमा हेर्न पाईन्छ त्यो मात्र हेरौ अनि फोटो खिचेर निक्लेउ हामि त्यहा बाट। 



(Photo taken from the front of Les Invalides)




(Seen on the roof of Les Invalides - Some sort of Arts)

(The Great Napoleon Bonaparte in Les Invalides)


(The view of Eiffel Tower from Les Invalides)
यसको चारै तिर बाट हेर्ने काम सकिए पछि हामी निस्कियेउ। 

हामि यो भनको सामने रहेको रोड पकडेर हिनी रहेउ। र एउटा पुल मा पुग्येउ। यो धेरै पुरानो पुल रहेछ। त्यो पुल लाइ Pont Alexandre III भन्दा रहेछन। यो फ्रान्स र रसियाको मित्रताको प्रतिक रहेछ। ज्यादा जानकारी http://en.wikipedia.org/wiki/Pont_Alexandre_III र फोटो विकिपेडिया बाट लिएको छु। 



त्यो पुल लाइ धेरै बेर चारै तिर बाट हेरिसके पछि हामि पुल पारी गयेउ। Champs-Élysées तरफ पुगियो। त्यहा धेरै ता बुझ्न सकिएन। बेलायतमा वर्ल्ड वार टू ताका प्रधानमन्त्री रहेका Winston Churchill को सालिक र उनको भनाइ रहेछ। 


हामीले तेस्को फोटो लियेउ र कन्कोर्डे तिर लाग्येउ मेट्रो पक्रेर। तेस्पछि......................

अर्को ब्लग मा क्रमश. 

हेर्दै गर्नुहोला अनि पढ्दै गर्नुहोला। 

(रिमाइण्डर नोट: यो ब्लग को पहिलो भाग यहा छापिएको छ  http://nepalikabitagajal.blogspot.com/2012/12/blog-post.html )

No comments: