दुइ हजार छयालिश सालको जनआन्दोलन लाइ सम्झेर धेरै अघि एउटा ब्लग लेखेर ड्राफ्ट मोडमा राखेको थिये। उद्देस्य यो थियो की चैत्र छबिस गतेको पुर्बसंध्यामा त्यो लेखलाई पोस्ट गर्नेछु। तर चैत्र छब्बीस को दिनमा यो सालमा म इटाली भ्रमणमा भएको कारण त्यो लेखलाई पोस्ट गर्न पाईन तर ढिलै भए पनि नया साल बैसाख एक गते भन्दा पहिले नै पोस्ट गर्ने बिचार गरेर त्यो लेख यहा राखेको छु। ब्लग लेख्दा युनिकोड मा टाइप गर्न सिक्दै थिए। हुन त् अहिले पनि सिक्दैनै छु तर यो लेख केहि अघि लेखिएको हुदा मिलाएर, बुझेर पढिदिनु हुन् अनुरोध छ।
********************************************
भाग - एक
कुरो २०४६ सालको हो। प्रजातन्त्र वा बहुदल जे आएको थियो भन्नुहोस। भर्खरै आएको थियो। चैत्र २६ गते राजाले राती ११ बजे बहुदल माथिको प्रतिबन्ध हटाएछन्।त्यतिखेर मलाइ यो सबैकुरा थाहा थिएन। म छ बर्षको ता थिए। के थाहा होस् र। पछि बुझ्दा थाहा पाए। ठुलो लफडा भएको र छ तेतिखेर बहुदल ल्याउनलाई।
बहुदल आएको अर्को दिन हुनुपर्दछ। सायद चैत्र २७। घर छेउको ठुलो पशुबजारमा मान्छे भेला भएका थिए। बाजा गाजा थियो। जे बी टुहुरेका गीतहरु माइकबाट बज्दैथिये। त्यो सबै कुरामा मेरो र त्यहा भएका मानिसहरुको ध्यान त्यती आकर्षीत भएन। हाम्रो मन र आखा चाही एउटा बजिरहेको संख र मानिसहरुको हुल तर्फ भएको थियो। संख बजिरहेको थियो। मानिस हरुले केहि चिज बोकेका थिए। सायद मरेको मान्छे जस्तो। तेही भएर संख फुकिरहेका थिए। हामी दौडियेउ त्यो पशुबजार तिर किनकि त्यो संख बजाउने हुल त्यति जादैथियो। मलाई सम्झना छ - ममी र म थियौ त्यहा. हुन ता सबै दाजु, भाइ, दिदीहरु पनि त्यतै हुनुपर्दछ। हाम्रो घर पशुबजार भन्दा टाढा भएकोले त्यो रमीता हेर्न पशुबजार का वरीपरी भएका घरका बरण्डा र बार्दली मा मानिसहरुको भिड थियो। हामि पनि चढ्यौ तिनै चिने जानेका बस्नेत, चौलागाई वा बन्जराका घरका बार्दलीमा। तर यतिन्जेल भाको के हो, को मरेको पो हो की भन्ने मलाई पत्तो थिएन। अब माथी बार्दली बाट हेर्दा दुइ जना लाइ सेतो कपडामा मरेको मानिस जस्तो बेरेको प्रस्टै देखिदा अब लाग्यो की कोइ दुइजना ता मरेछन। को होलान जस्तो लाग्यो। फेरी मरेका मानिसलाई यो हुलमा, सभामा किन पो ल्याका हुन् - की पंचायत का मानिसलाई पो मारेकी जस्तो पनि लाग्यो। फेरी आइमाइको बिचमा म केटाकेटी, त्यसैले आमाहरुको गफगाफ मा ध्यान दिदा कुरो बुझे। ति मरेका त राजा रानी रहेछन। राजा रानीका पुत्ला अरे। केहि लाग्छ अब।

पहिलो कुरा त मलाइ छ बर्ष को उमेरमा राजारानी छन् भन्ने बाहेक कुनै कुरा थाहा थिएन।दोश्रो कुरा पुत्ला भनेको के हो धेरै थाहा थिएन। तर धेरै प्रश्न गरिन मैले। त्यहा हल्लाखल्ला थियो। सबै आइमाई, लोग्ने मान्छे का आआफ्नै बिचार। तिनी हरू जे जे बोल्थे सुनिरहे। अनि एकछिन पछि आगो लागेको देखियो। राजारानीका पुत्ला जलाएका रे! राजारानी प्रती आक्रोस पोखेका रे। त्यहा "बिरे चोर मुर्दा बाद, पम्भादेबी मुर्दाबाद" भन्ने नारा पनि लाग्दै थिए। एकहोरो संख बजेको आवाज पनि सुनिन्थ्यो। माइकमा गित पनि बजेकै थिए। टाढै बाट अबिर हावा मा उडिरहेको पनि देखियो अनि घरी घरी पररर ताली बजेको सुनिन्थ्यो। उता पशुबजार को चौरमा ताली बज्दा यता घरका बार्दली मा बसेका मान्छे ले पनि थाहा पाउथे। अनि यता बार्दलीका मान्छे पनि जोसिएर ताली पड्काउथे। मैले पनि पड्काए।
यसरी स्वागत गरिएको थियो छयालीस सालको बहुदललाई।
...................................................................................................(क्रमश:)
भाग - दुइ
हाम्रा घरमा किशुनजी र गणेशमानजी को बोल्ने तरिका र थेगोलाई लिएर "जोक" हुन्थियो। गिरिजा बाबुको नाम मैले तेती सुनेको पनि थिइन। सायद कहिलेकाही गिरीजा हल्दार भनेको सुन्न सकिन्थ्यो। म भन्दा चार पाच वर्ष जेठा मेरा दाइहरु भन्थे की बीपीले गिरिजामा नेता हुने कुनै क्वालिटी नदेखेर केवल पुलिसको सामान्य हल्दार मात्र बन्छ गिरिजा भनेर भन्नुभाको थियो रे। अब तेत्रा महान बीपीले भन्नुभाको र त्यो जमाना मा मेरा दाइहरु जत्ति जान्ने कोइ छैनन जस्तो लाग्ने मलाई यो पत्याउन कुनै गाह्रो थिएन की गिरिजा केवल सामान्य नेता हुन् - महान नेता हरु किशुन जी र गणेशमान जी नै हुनुहुन्छ। त्यसैले गइयो त्यो दिन भाषण सुन्न।
गणेशमान जी र किशुन जी दौरा सुरुवाल, कोट र कालो नेपाली टोपी लगाएर आउनु भएको थियो। अझै मलाइ याद भएझै लाग्छ - किशुनजी सेतो कोट, खैरो खैरो टोपी र मोटो फ्रेम भएको चस्मा मा हुनुहुन्थ्यो। गणेशमान जी कालो कोट र कालै टोपी। उहाहरुले के के बोल्नु भो मलाइ तेती याद भएन, न त कुनै मतलब नै थियो। म त उहाहरुले उहाहरुको त्यो थेगो कसरी प्रयोग गर्नुहोला भन्ने सुन्न मा बढी ध्यान केन्द्रित गर्दै थिए। मलाई थाहा पाउनु थियो साच्चिकै हो की केवल उहाहरुलाई गिज्ज्याउन मात्रै मेरा दाजुहरुले तेसो भनेका हुन् भनेर मलाई जाच्नु थियो।
उहाहरुले बोल्न थाल्नु भो।उहाहरु ता साच्चिकै थेगो प्रयोग गर्नुहुदो र छ। गणेशमान जी हरेक चोटी "माने" "माने" भन्नुहुन्थ्यो, मानिस हरु गललल हास्थे। ताली पड्काउथे। सायद गजबको कुरा गर्नुहुन्थ्यो गणेशमान जी। म चाही उहाको त्यो थेगो सुनेर हास्थे। एकदमै "फन्नी" लाग्थ्यो। अब पालो आयो किशुन जी को। उहा पनि आफ्नै थेगो प्रयोग गर्ने - सायद "चाइनेजो" होला। फेरी पनि उहाले बोल्दा मानिस हरु कुनै बेला गलल हास्थे, कुनै बेला ताली पड्काउथे। हुन् त मलाइ नेताका भाषणमा त्यती रुचि नभए पनि अरुले ताली पड्काउदा चाही म पनि रमाएर ताली पड्काउथे है।

बहुदल आएको खै कती दिन पछि हो। एक्ज्याक्ट डेट मैले बिर्से। तेस्तै चैत्र सत्ताइस देखि तीसको बिचमा हुनुपर्दछ। नेपाली कांग्रेस का तीन नेता पशुबजारमा भाषण गर्न आउने कुरो थियो। मेरो घरको राजनीतिक बाताबरण चाही कम्युनिस्ट विचारधाराले प्रभावित थियो तर बहुदल भर्खर आएकोले जुनसुकै पार्टीको सभा भए पनि हामि हौस्सियेका थियौ। तीनजना नेता हुनुहुन्थ्यो - किसुन जी, गणेशमान जी र गिरिजा बाबु। हामी तेतिबेला उहा हरुलाई कृष्ण प्रसाद भट्टराई, गणेशमान सिंह र गिरिजा मात्रै भनेर जान्दथेउ। म छ बर्षको थिए।
हाम्रा घरमा किशुनजी र गणेशमानजी को बोल्ने तरिका र थेगोलाई लिएर "जोक" हुन्थियो। गिरिजा बाबुको नाम मैले तेती सुनेको पनि थिइन। सायद कहिलेकाही गिरीजा हल्दार भनेको सुन्न सकिन्थ्यो। म भन्दा चार पाच वर्ष जेठा मेरा दाइहरु भन्थे की बीपीले गिरिजामा नेता हुने कुनै क्वालिटी नदेखेर केवल पुलिसको सामान्य हल्दार मात्र बन्छ गिरिजा भनेर भन्नुभाको थियो रे। अब तेत्रा महान बीपीले भन्नुभाको र त्यो जमाना मा मेरा दाइहरु जत्ति जान्ने कोइ छैनन जस्तो लाग्ने मलाई यो पत्याउन कुनै गाह्रो थिएन की गिरिजा केवल सामान्य नेता हुन् - महान नेता हरु किशुन जी र गणेशमान जी नै हुनुहुन्छ। त्यसैले गइयो त्यो दिन भाषण सुन्न।
गणेशमान जी र किशुन जी दौरा सुरुवाल, कोट र कालो नेपाली टोपी लगाएर आउनु भएको थियो। अझै मलाइ याद भएझै लाग्छ - किशुनजी सेतो कोट, खैरो खैरो टोपी र मोटो फ्रेम भएको चस्मा मा हुनुहुन्थ्यो। गणेशमान जी कालो कोट र कालै टोपी। उहाहरुले के के बोल्नु भो मलाइ तेती याद भएन, न त कुनै मतलब नै थियो। म त उहाहरुले उहाहरुको त्यो थेगो कसरी प्रयोग गर्नुहोला भन्ने सुन्न मा बढी ध्यान केन्द्रित गर्दै थिए। मलाई थाहा पाउनु थियो साच्चिकै हो की केवल उहाहरुलाई गिज्ज्याउन मात्रै मेरा दाजुहरुले तेसो भनेका हुन् भनेर मलाई जाच्नु थियो।
उहाहरुले बोल्न थाल्नु भो।उहाहरु ता साच्चिकै थेगो प्रयोग गर्नुहुदो र छ। गणेशमान जी हरेक चोटी "माने" "माने" भन्नुहुन्थ्यो, मानिस हरु गललल हास्थे। ताली पड्काउथे। सायद गजबको कुरा गर्नुहुन्थ्यो गणेशमान जी। म चाही उहाको त्यो थेगो सुनेर हास्थे। एकदमै "फन्नी" लाग्थ्यो। अब पालो आयो किशुन जी को। उहा पनि आफ्नै थेगो प्रयोग गर्ने - सायद "चाइनेजो" होला। फेरी पनि उहाले बोल्दा मानिस हरु कुनै बेला गलल हास्थे, कुनै बेला ताली पड्काउथे। हुन् त मलाइ नेताका भाषणमा त्यती रुचि नभए पनि अरुले ताली पड्काउदा चाही म पनि रमाएर ताली पड्काउथे है।
अनि पालो आयो गिरिजा बाबुको।
गिरिजा ता मान्छे नै कस्तो हौ। सार्है अग्लो। बिजुलीको पोल वा रुख जस्तै सिधा अग्लो। उहा तक्लू हुनुहुन्थ्यो त्यो दिन। चस्मा लगाउनु भाको। एउटा खाकी को तर सादा खाकी (सेनाको जस्तो बुट्टे हैन) को पाइन्ट लगाउनु भाको तर लामो भएर तल तिर मोड्नुभको। हेर्दै चौकीदार जस्तो। नेताको कुनै गुण मेरा बालख आखाले त्यो दिन देखेनन्। उहाले पनि भाषण ठोक्नु भो। सबै का कुरा सुनेर घर आइयो।
तेस पछी मैले तिन नेता लाइ एकसाथ कहिल्यै देखिन। गणेशमान जी र किशुनजी लाइ त फेरी देख्ने मौका पाइन। गिरिजा बाबु दश बर्ष पछि छप्पन सालको चुनाब प्रचार प्रसार गराउने क्रममा हेलिकप्टर उडाउदै त्यहि पशुबजारको मैदानमा प्रधानमन्त्री र नेपाली कांग्रेशका सभापतीको रुपमा आउनुभयो। यसपटक उहा एकदमै गोर्हो नेता जस्तै देखिनुहुन्थ्यो।
No comments:
Post a Comment