Wednesday 6 February 2013

बहुदल, प्रजातन्त्र , नेपाल र माओबादी

आजकाल मैले प्रजातन्त्र र बहुदलका बारेमा लेख्दै छु। लेखाइ त्यति ठुलो चिजमा त् हैन त्यही पनि आफ्ना अनुभब लेखौ भन्ने जोश चलेर आएकोले लेख्न सुरु गरेको हो। जोश के कुराले गर्दा चलेको भन्नुहुन्छ भने माओबादीको हेटौडा महाधिबेशन र तेस्ले देखाउने राजनितीक निकासका बारेमा चर्चा सुनेर र पढेर मलाई पनि आफ्ना पुराना अनुभब सेयर गरौ जस्तो लाग्यो। त्यही भएर लेख्दैछु।

नेपाल मा अहिले के छ, कुन मोडलको राज्यब्यब्स्ता छ कसैलाई थाहा छैन। कसैलाई यो प्रजातन्त्र लाग्दछ, कसैलाई गणतन्त्र , कसैलाई लोकतन्त्र, कसैलाई बाबुरामको दिनानुदिन बढ्दै गरेको घमण्ड तन्त्र आदि इत्यादि। 

अहिलेको नेपालको शाशन ब्यबस्ता जे जस्तो भए पनि समयक्रमले हामीलाई यो मोडमा ल्याइपुर्याउदा दुइटा घटना हामीले बिर्सन सक्दैनौ। ति हुन् प्रजातन्त्रका लागी नेपालि जनताले गरेको संघर्ष। ति दुइवटा संघर्ष हरु नेपाली इतीहासमा प्रमुख रहनेछन। ति हुन्  - प्रजातन्त्र को लागी २००७ सालमा गरिएको क्रान्ती र २०४६ को जनाअन्दोलन र तेस्ले मुलुकमा ल्याएको प्रजातान्त्रिक परिवर्तन। 

२००७ सालको क्रान्तीको बारेमा नेपालि इतिहास का किताब हरुमा पढियो र २०४६ सालको क्रान्ति अलि अलि आफैले देखियो. सुनियो. भोगियो. म २०६३ को तथाकथित आन्दोलनलाई प्रजातान्त्रिक क्रान्ति मानि हाल्न सक्दिन. यो केवल माओबादि घमण्ड र केहि हद सम्म राजा ज्ञानेन्द्रको अदुरद्रिस्टिको परिणाम थियो. तेस्माथी २०६३ का उपलब्धी के हुन् भन्ने हाम्रो सामू यकिन नहुदा यसलाई सफल जनआन्दोलन मानी हाल्न सकिदैन. अहिले लाइ कुरा गरौ २०४६ को आन्दोलन को 

२०४६ चैत्र २६ गते नेपाली हरुका लागी एकदमै महत्वपुर्ण दिन थियो. नेपाली हरुले प्रजातन्त्र अथवा बहुदलिय ब्यबस्ता फेरी एकपटक फिर्ता पाएका थिए. कांग्रेश को सरकार आयो त्यस पछि. कम्न्युस्ट पार्टी एमाले प्रमुख प्रतिपक्षि रह्यो. अर्को कम्न्युस्ट पार्टी संयुक्त जनमोर्चा केवल ९ सिट जित्न सफल भयो. त्यो संयुक्त जनमोर्चा कै एउटा पाटो माओबादि हो. माओबादीले बुझ्यो की अब जनताको मन जित्न सकिदैन र सत्ता कब्जा गर्ने एउटा मात्रै बाटो भनेको डर, हत्या हिँसा देखाएर हो. माओबादीले त्यो बाटो चुन्यो. 


त्यतिबेला का राजनीतिक सक्ती हरु बिसेष गरेर एमाले र कान्ग्रेशले देश को बिकासमा हात हाल्नुपर्थ्यो तर सबै कुरालाई थाती राखेर कांग्रेश र एमालॆ जुध्न थाले. एमालॆ ले कर्मचारीको आन्दोलन गराएर प्रजातन्त्र लाइ कम्जोर गर्ने काम सुरु गर्यो. उता मदन भण्डारीको दुर्घटनामा निधन पश्चात देशको बाताबरण बिग्रियो. यता गिरिजा बाबुको आफ्नै महत्वाकांछा र "ग्रीडी नेचर" ले काँग्रेस भित्र कलह सुरुभयो र २०५१ को मध्यावधी चुनाब देशले बेहोर्यो. 

जतिबेला माओबादीले शसस्त्र हिँसा सुरु गर्यो. तेस बखत २०४६ सालको प्रजातन्त्र केवल ६ बर्षको थियो. केही काम हुने पाएको थिएन. र माओबादीले तेस्पछि कुनै काम गर्ने अवसर दिएन. अहिले सोच्दा लाग्छ. यदि माओबादिले आतंक को बाटो नरोजेको भए हामीसग जनयुद्द ताकाको ११ बर्ष र तेस्पछिको अहिलेको छ बर्ष जुन २०६३/६४ को आन्दोलन पछि पनि राम्ररि सदुपयोग हुन् पाएको छैन, गरेर १७ बर्षको समय हुन्थियो र हामी धेरै अघि बढी सक्थेउ. माओबादिको ध्वंश र बिनास ले मुलुकलाई धेरै पछि ठेलेको छ र माओबादीकै आनावस्यक हत्या र हिँसा का कारण हामी धेरै पछि परेका छौ.  

२०४६ को आन्दोलन यो देशलाई परिबर्तन गराउने एउटा युगान्तकारी समयको सुरुवात थियो तर हामीले यसको पहिचान गर्न सकेनौ. माओबादीले रगतको खोलो यो देशमा बगाएर यसको पहिचान गराउन दिएनन् र हामी धेरै पछि पर्यौ. त्यही भएर नेताका फोस्रा दश बर्षमा देसको कायापलट गराउने भासण अझै सुन्दै बस्नु परेको छ. 

No comments: