मेरो ब्लगको कमेन्टमा डिल्ली प्रसाद खरालले दुबईबाट केहि गजलहरु कमेन्ट को रुपमा प्रस्तुत गर्नु भएको रहेछ. उहाका तिनै रामा गजल हरुलाई पोस्ट बनाएर प्रस्तुत गरेको छु.
गुलाब को फूल सम्झन्थे जिन्दगी,
सघर्षको मैदान रहेछ !!
खुसियालीको बहार सम्झन्थे जिन्दगी,
आशु नै आसु को भेल रहेछ !!
मायाको फूलबारी सम्झन्थे जिन्दगी,
उझाड बन पाखा को खाडा पो रहेछ !!
ईश्वरको बरदान सम्झन्थे जिन्दगी,
कहाली लाग्दो रात पो रहेछ!!!
डिल्ली प्रसाद खराल
अमर होइन हाम्रो जिबन
नसोच घाम र जून झैं
नसोच घाम र जून झैं
ढलनै पर्छ एकदिन सबैले
सुकेको रुख ढले झैं
डुब्दै छ जिबन यो दुखःको सागर मा
के नै पो अब होला र खै
तै पनि छोड्दैन लोभ ले कसैलाई
लगेर पो के जान्छन कोही !!
By डिल्ली प्रसाद खराल from Dubai, UAE
No comments:
Post a Comment