Sunday 5 July 2015

Documents Attestation/Legalisation in Nepal - By Ministry of Foreign Affairs Consular Division - PART II


Documents Attestation/Legalisation in Nepal - By Ministry of Foreign Affairs Consular Division - PART II
Documents Attestation/Legalisation in Nepal - By Ministry of Foreign Affairs Consular Division

I have already written two articles on the subject. In those articles, which you can Read Part I HERE and PART II Here, I had outlined the existing problems, issues, concerns, process and difficulties in documents attestation or documents legalisation in Nepal. This article is reproducing the same old articles on documents legalisation in Nepal with proper replacements of technical terms by English Phrases. This is intended to make sure that you get the idea if you are searching materials on "document legalisation in Nepal" by using English Phrases and terminologies.

कागजात प्रमाणीकरण सम्बन्धि नेपाली ब्यबस्था (Document Legalisation process in Nepal): नेपालको कानुन, कठै! नेपालीले के जानुन

कागजात प्रमाणीकरण सम्बन्धि नेपाली ब्यबस्था (Nepalese Document Legalisation): नेपालको कानुन, कठै! नेपालीले के जानुन 

- घनश्याम खड्का, हाल: दिल्ली, भारत/स्थायी ठेगाना: काकरभिट्टा, झापा

अनुभबको आधारमा तयार गरेको यो लेखमा मैले नेपालमा कागजात प्रमाणीकरण (Legalisation and Attestation of Nepalese Documents before submitting to various foreign governments and embassies) कसरि गर्ने, र कँहा कँहा कस्तो दुख पाउने भन्ने बारेमा चर्चा गरेको छु।

नेपालमा कागजात प्रमाणीकरण को बारेमा एउटा लेख लेख्न सुरु गरेको थिए। यता छ पहिलो भाग । त्यो पढेर मात्रै यो पढ्नु होला अनि बुझ्नुहुन्छ सबै कुरा।

अब कथालाई नया मोडमा लगौ है त।

मानौ पररास्ट्र को कन्सुलर अफिस जुन त्रिपुरेश्वर काठमान्डू मा छ (Ministry of Foreign Affairs, Government of Nepal, Consular Division, Tripureshwar, Kathmandu) त्यहा बाट जसो तसो कागजात दुख पाई नपाइ प्रमाणित गर्नु भो (मतलब छाप लगाउनु भो) (Legalisation or Attestation of Documents from Ministry of Foreign Affairs, Kathmandu, Nepal) अब तपाइँ दौडेर गएर जुन बिदेशी दुतावासले (embassies located at Kathmandu, Nepal) त्यो कागज मागेको हो त्यहा गरेर बुझाउदा भो यदि त्यो देश को दुतावास नेपालमा (embassies located at Kathmandu, Nepal) छ भने। मानौ त्यो देशको दुतावास नेपालमा छैन तर भारत को राजधानी दिल्लीमा (embassies located at New Delhi, India) छ भने अलि बढी काम गर्नुपर्छ तपाइले।

पहिलो काम ता दिल्ली आउनुपर्यो, अनि दिल्ली आएपछि त्यो देशको दुतावासमा (embassies located at New Delhi, India) गएर त्यो कागज (document attested or document legalised by Ministry of Foreign Affairs, Kathmandu, Nepal Consular Division) बुझाउने बित्तिकै त्यसले लिइ हाल्छ भन्ने छैन। त्यो देशको दुतावास (foreign embassy not at Nepal) नेपालमा नभएको कारणले त्यो देशको दिल्ली दुतावासमा (embassies located at Delhi, India)  त्यो कागज बुझाउनु अघि तपाइले नेपाली दुतावास नयादिल्ली (Nepalese Embassy, New Delhi, Barakhamba Road) बाट त्यो कागजमा अर्को एउटा छाप (Document Attestation by Nepalese Embassy) लगाउनुपर्छ। अनि मात्रै त्यो कागज उनीहरुले (बिदेशी देशको दिल्ली दुतावासले) बुझ्नेछ। तसर्थ जुन जुन देश को दुतावास नेपालमा छैन त्यहा बुझाउने कागजात मा नेपाली दुतावासको (Document Attestation by Embassy of Nepal/Nepalese Embassy) छाप हुनु जरुरि छ।

उदाहरण का लागि तपाइँ क्युबा जादै हुनुहुन्छ। मानौ (मलाइ तथ्य थाहा नभएर मानेको यहा, तपाइलाइ कुरो बुझाउन) क्युबाको दुतावास नेपाल (Embassy in Kathmandu, Nepal)मा छैन र नेपालको दुतावास पनि क्युबामा छैन र तपाइँ क्युबाको न्युदिल्ली दुतावासबाट विसा लिदै हुनुहुन्छ भने तपाइले क्युबाको दुतावास दिल्लीमा बुझाउनुपर्ने कागजातमा(जस्तै: तपाइको जन्मदर्ता, बिबाह दर्ता, अबिबाहित स्थितिको प्रमाणपत्र, नेपाल प्रहरीबाट प्राप्त चारित्रिक प्रमाणपत्र आदि इत्यादि) नेपाली दुतावास दिल्लीले एउटा छाप थपे पछि मात्रै क्युबाको दुतावास दिल्लीले लिन्छ। यो कुरा ध्यान दिनुहोला। प्राय सबै देशमा बुझाउनु पर्ने कागजात यहि प्रक्रियाबाट बुझाउनुपर्दछ।

नेपालको दिल्ली दुतावासमा छाप लगाउन (Document Attested by Nepalese Embassy, New Delhi)  त्यति गाह्रो छैन। एउटा सादा कागजमा निबेदन लेखेर दिए हुन्छ। किन चाहियो, के कागज हो, कसको भन्ने खालका सामान्य प्रश्न को सामना गर्नु नपर्ला भन्न सकिन्न।

मानौ तपाइँ क्युबाको कुनै सरकारी अफिसमा (मानौ: क्युबाको अध्यागमनमा) नाता प्रमाणित गरेको कागज बुझाउदै हुनुहुन्छ भने माथिको उदाहरणमा यदि क्युबामा नेपाली दुतावास छैन भने त्यो कागज मा नेपालको पररास्ट्र कन्सुलर डिभिजन (After getting the document attested or legalised from Ministry of Foreign Affairs, Kathmandu, Nepal, Consular Division)  का अतिरिक्त, भारतको दिल्ली मा रहेको नेपाली दुतावास (Nepalese Embassy, Barakhamba Road, New Delhi) र भारत मा रहेको क्युबा दुतावासको छाप लगाउनुपर्नेछ।

यदि क्युबामा नेपाली दुतावास छ भने त्यो कागज मा नेपालको पररास्ट्र कन्सुलर डिभिजनको छाप लगाए पछि  (After getting the document attested or legalised from Ministry of Foreign Affairs, Kathmandu, Nepal, Consular Division)  सिधै क्युबा गएर क्युबामा रहेको नेपाली दुतावासको छाप लगाए भयो। दिल्ली भ्रमण गरि राख्नुपरेन। तसर्थ यो केसमा दिल्ली को भ्रमण गरिराख्नुपरेन।

अर्को उदाहरण हेरौ है: यदि क्युबामा नेपाली दुतावास छैन तर क्युबाको दुतावास नेपालमा छ भने, नेपालको पररास्ट्र कन्सुलर डिभिजनको छाप लगाए पछि  (After getting the document attested or legalised from Ministry of Foreign Affairs, Kathmandu, Nepal, Consular Division) नेपालमा रहेको क्युबाको दुतावास मा जानुहोस। त्यहा बाट छाप लागेपछि फेरी कुनै नेपाली दुतावास बाट छाप लगाइरहनुपर्दैन। सिधै क्युबा गएर कागज बुझाए हुन्छ।

माथि उल्लेखित सिनारियो हरु बुझ्नु भो? बुझ्नुभयेन भने फेरी दोहोर्याई तेहेर्याई पढ्नुहोला। कुनै दिन काम लाग्नसक्छ। यसका आधारमा बाहिर जानेहरुलाई ज्ञान बाढ्न पनि सक्नुहुनेछ।

अब तपाइहरुको मनमा एउटा प्रश्न उब्जियो की: तेरीमा झ्याकने कतिवटा छाप लाउनुपरेको हो? किन यस्तो? यसो बिचार गर्दा यसको मूल कारण यो रहेछ:

पहिलो कुरा ता अर्को देशमा बनाइएको, उत्पति भएको कागजात सहि हो होइन भन्ने कुनै आधार हुनु नै पर्यो। यसका लागी धेरै देश ले प्रोसेस सजिलो गर्न "एपोस्टल कन्भेन्शन (Apostle Convention)" भन्ने बनाएका रहेछन। तर खै किन हो नेपाल यो कन्भेन्शन/सन्धिको (Apostle Convention/Apostle Treaty) हस्ताक्षर नगरेको पार्टी भएको हुदा थुप्रो छाप लगाउनुपर्दो रहेछ हाम्रो कागजातमा। यो सन्धिको बारेमा विकिपेडिया मा यस्तो लेखिएको रहेछ:

The Hague Convention Abolishing the Requirement of Legalisation for Foreign Public Documents, the Apostille Convention, or the Apostille Treaty is an international treaty drafted by the Hague Conference on Private International Law.

संसारका १०५ देशले यो सन्धिमा हस्ताक्षर गरेका रहेछन र प्रोसेस अलि सजिलो हुने रहेछ। तर हाम्रो देस नेपालमा सजिलो र छोटोछरितो काम गर्ने चलन नभएको हुदा यो सन्धिमा हस्ताक्षर कुनै दिन होला नहोला अनुमान गर्न गाह्रो छ।

अब कुन कागज कहाबाट लिने र कहा कहा जाने भन्ने छोटो जानकारी.

निम्न कागजहरु तपाइको स्थायी बसोबास गरेको गाबिस/नपा/उनपा/महानगरपालीका बाट लिने:(नपा/उनपा/महानगरपालीकाले त्यो कागज वार्ड अफिसलाई जारी गर्नुभन्ने अधिकार दिएको हुनसक्छ)

१) जन्मदर्ता प्रमाणपत्र (Birth Certificate to be issued by Municipality/VDC), २) मृत्युदर्ता प्रमाणपत्र (Death Certificate  to be issued by Municipality/VDC), ३) विवाहदर्ता प्रमाणपत्र (Marriage Certificate  to be issued by Municipality/VDC), ४) अविवाहित प्रमाणपत्र (Unmarried Certificate to be issued by Municipality/VDC), ५) सम्बन्धविच्छेद दर्ता प्रमाणपत्र (Certificate of Divorce  to be issued by Municipality/VDC), ६) नाता प्रमाणित प्रमाणपत्र (Certificate of Relationship  to be issued by Municipality/VDC), ७) वसाइ सराई प्रमाणपत्र (Certificate of change of residence  to be issued by Municipality/VDC)

सबै कागज अंग्रेजीमा लेखिएको हुनुपर्दछ। यदि वार्ड अफिसले दिएको कागज हो भने त्यसमा नपा/उनपा/महानगरपालीका को छाप पनि हुनुपर्दछ। सम्बन्धविच्छेद दर्ता प्रमाणपत्र (Divorce Certificate  to be issued by Municipality/VDC) को लागी अदालतको प्रमाणित आदेश (Certified Copy of the Nepalese Court Order granting divorce to Nepalese) हुनुपर्दछ। यदि सम्बन्ध बिच्छेद बिदेसी अदालत (Divorce of Nepalese People by the order of Foreign Court) बाट भएको हो भने त्यसको कुरै नगरौ अहिले। प्रोसेस लामो हुन्छ। त्यो कागज तयार भएपछी जिविस, अनि पररास्ट्र कन्सुलर साखा (Ministry of Foreign Affairs, Kathmandu, Nepal, Consular Division) मा आउनुहोस। 

शैक्षिक प्रमाणपत्र (Legalisation of Certificates of Education): एसएलसी (Legalisation of Certificates of SLC)  र प्लुस टु ((Legalisation of Certificates of PLUS 2) को प्रमाणपत्रमा उनीहरुको अफिस (Office of the Controller of Examination, Sanothimi, Bhaktapur, Nepal) सानोठिमी भक्तपुर बाट छाप लगाउने अनि सिक्षा मन्त्रालयबाट (Attestation from Ministry of Education, Kathmandu, Nepal) छाप लगाउने अनि पररास्ट्र कन्सुलर शाखा (Ministry of Foreign Affairs, Kathmandu, Nepal, Consular Division) मा आउने। 

त्रिविको प्रमाणपत्रमा ((Legalisation of Certificates of Tribhuvan University, Kathmandu, Nepal)  उनीहरुको अफिस सायद बल्खु (मलाइ यो त्यति क्लियर छैन। उनीहरुको अफिस सायद जमल मा पनि छ क्यार!) बाट छाप लगाउने अनि सिक्षा मन्त्रालयबाट छाप लगाउने  (Attestation from Ministry of Education, Kathmandu, Nepal) अनि पररास्ट्र कन्सुलर शाखा (Ministry of Foreign Affairs, Kathmandu, Nepal, Consular Division) मा आउने।

प्रहरी प्रतिवेदन (Police Certificate, Verification of Character Certificate issued by Nepal Police): नेपालमा बसोबास गरेका ले प्रहरी कार्यालय रानीपोखरी, रत्नपार्क (Police Certificate, Verification of Character Certificate issued by Nepal Police, Ranipokhari, Ratnapark, Kathmandu, Nepal) बाट लिने। बिदेशमा रहेकाले आफ्ना साथि-भाइ मार्फत नक्साल (Police Certificate, Verification of Character Certificate issued by Nepal Police, Naxal, Kathmandu, Nepal) बाट लिने। नक्साल जाने हो भने भ्यालिड भिसाको कपि चाहिन्छ। त्यो अंग्रेजीमा हुन्छ प्रतिबेदन। प्रतिबेदन लिएर पररास्ट्र, कन्सुलर साखा (Ministry of Foreign Affairs, Kathmandu, Nepal, Consular Division) जाने।

फोटोकपी प्रमाणीकरण (Attestation of Photocopies of various Nepali Documents) (नागरिकताको प्रमाणपत्र(Citizenship Certificate of Nepal), राहदानी (Passport issued by Nepal Government), सवारीचालक अनुमतीपत्र (Driving License), प्यानकार्ड (कर परिचय पत्र) (PAN CARD, Tax Registration Certificate): जुन अफिसले दिएको हो यी डकुमेण्ट हरु त्यहि बाट एक कपि फोटोकपिमा उनीहरुको सहि माग्ने। अनि ओरिजिनल र फोटोकपी दुवै लिएर जाने पररास्ट्र कन्सुलर (Ministry of Foreign Affairs, Kathmandu, Nepal, Consular Division) साखा।

नागरिकता (Nepalese Citizenship Certificate, Nepalese Citizenship Card) आजकाल एक साइड नेपाली, एक साइड अंग्रेजीमा दिन थालेछन। सजिलो भा छ। त्यसको फोटोकपिमा नागरिकता दिने (Attestation of Photocopy of Nepalese Citizenship Certificate, Nepalese Citizenship Card) अफिसले सहि गर्न मान्यो भने। मान्यो भने है किनकि ""नोटरी पब्लिक कानुन" (Notary Public Act of Nepal) आएको छ। हामीले सहि गर्न मिल्दैन पनि भन्दा रहेछन गोबरगणेश साखा अधिकृतहरु"। 

तर तपाइको नागरिकता मेरो जस्तो पुरानो छ भने प्रोसेस अलि झन्झटिलो छ। नागरिकता दिने अफिसले यसलाई अंग्रेजीमा त्रान्स्लेट गरिदिनुपर्छ (Translation of Nepalese Citizenship Certificate, Nepalese Citizenship Card). यो फर्म्याट मा:




हेर्नुहोस पररास्ट्र ले यो ड्राफ्ट दिएर यस बमोजिम गरेर लिएर आउ भन्यो। तर पररास्ट्र ले भने बमोजिम गर्दियेनन झापाका सहायक प्रमुख जिल्ला अधिकारी कमलबहादुर थापाले। हामि सग यस्तो पावर नै छैन, कहा पररास्ट्र ले भन्ने बित्तिकै गरिन्छ भने उनले। अनि भने पुरानो नागरिकता हरायो भन्नुहोस अनि नया बनाउनुहोस, त्यहा अंग्रेजीमा हुन्छ एक साइड। के गर्ने अनि?? तपाइँ नै भन्नु त।


हेर्नुहोस कागजात प्रमाणीकरणका (Documents Attestation, Documents Legalisation from Ministry of Foreign Affairs, Consular Division, Kathmandu, Nepal) हर एक पहेली का बारेमा जति लेखे पनि कम हुन्छ। कुनै प्रश्न भए सोध्नुहोला यहा कमेन्ट मा वा इमेलमा। जानेजती कुराको जवाफ दिन्छु नै।

जादाजादै "नोटरी पब्लिक" (Notary Public of Nepal, Notary Public Act of Nepal) को काम र तिनीहरुको फटाइ को बारेमा दुइ-चार शब्द खर्चिदैछु छोटकरीमा:

नोटरी पब्लिक (Notary Public of Nepal, Notary Public Act of Nepal) को कामै छैन नेपालमा त भन्दिन, छ होला काम तर कागजात प्रमाणिकरणमा (Documents Attestation, Documents Legalisation from Ministry of Foreign Affairs, Consular Division, Kathmandu, Nepal) उनीहरुको काम छैन। उनीहरुलाई यो काममा नलगाउनुहोला। किन भन्दा पररास्ट्रले (Documents Attestation, Documents Legalisation from Ministry of Foreign Affairs, Consular Division, Kathmandu, Nepal) उनीहरुले गरेको अनुबाद र प्रमाणिकरण लाइ (Translation of Nepalese Documents to English by Notary Public in Nepal and Attestation of such documents by Ministry of Foreign Affairs, Kathmandu, Nepal is simply not possible.)  रद्दीको टोकरीमा हालिदिदोरहेछ। अब पररास्ट्र (Ministry of Foreign Affairs, Consular Division, Kathmandu, Nepal) को कदम सहि हो वा गलत हो उही जानोस, तर यस्तै रहेछ यहाको चलन। त्यै भएर समय र पैसा नोटरी पब्लिकमा (Notary Public in Nepal) नखर्चेको बेश। तर मैले एक दुइ नोटरी पब्लिक  (Notary Public in Nepal) को फटाइ देखे काठमान्डू मा। कसरी नेपालीले नेपालीलाइ नेपालमै दिल खोलेर ठग्छन भन्ने उदाहरण।

बिचरा विदेशबाट भर्खरै फर्केका दाइको सम्बन्ध बिच्छेद भएछ काठमान्डू जिल्ला अदालतको आदेशले (Divorce decree from Kathmandu District Court of Nepalese)। दाइले कमायेछन विदेशमा मिहिनेत गरेर, काठमान्डूमा घर किनेछन। उनकी बुढी (भाउजु) काठमान्डूको हावामा रमाइलो गर्दै रहिछिन। दाइले थाहा पाए, मुद्दा हाले काठमान्डूमा। जिते मुद्दा। सम्बन्ध बिच्छेद (Divorce Order) भयो। त्यो वकिल/नोटरी पब्लिक (Lawyer of Nepal/Notary Public of Nepal) ले जिल्ला अदालतको आदेश अंग्रेजीमा उल्था गरेर छाप लगाएछ (translated the order of Kathmandu District Court by a Notary Public) त्यो कागजमा दुइचार ठाउ। बुढा मान्छे कागज बोकेर आयेछन पररास्ट्र। पररास्ट्र किन टेर्थ्यो नोटरी पब्लिक लाइ?

गर्नु के पर्थ्यो त?

त्यो जिल्ला अदालतको सक्कलै प्रमाणित आदेश लिएर जानु रे त्यो गाविसमा जहा बिबाह दर्ता छ। त्यो आदेश को आधारमा गाविसले कागज बनाइदिदो रहेछ "फलाना फलाना अदालतको आदेशले यो गाविसमा दर्ता भएको बिबाहदर्ता अब बिच्छेद भएको छ भनेर" (Based on the order of divorce of a Nepalese person from a Court of Nepal, Municipality or VDC gives a divorce certificate in English)। त्यो पनि गाबिस सचिबले अंग्रेजीमा लेखिदिनुपर्ने। अनि त्यो कागज बोकेर जिविस जानुहोस- जिल्ला बिकास समिति, जिल्लाको सदरमुकाम अनि त्यहाँ बाट छाप लगाएर आउनुहोस पररास्ट्र, कन्सुलर साखामा। त्यहा उनीहरुलाई अंग्रेजी भाषामा चित्त बुझ्यो भने लगाइदिञ्छन छाप। बुझ्नु भो?

त्यो मोरो फटाहा नोटरी.... ३-४ हजार कमाइ हाल्यो होला बादी बाट!

प्रश्न शोध्नुहोस, कमेन्ट लेख्नुहोस है। अहिलेलाई कलम बन्द गरे!

(NOTE: आजकाल यो ब्लग नेपालिकबिले चलाउदैनन. केहि जुनियर भाइ हरु लाइ "गुगल एड्सेन्स" को प्रयोगका लागि यो ब्लग जिम्मा लगाइएको छ. नेपाली कबि/घनश्याम खड्काले लेखेका लेखहरु उनको पुरा नाम राखेर प्रकाशित हुनेछन. कमेंट्स इमेलमा पठाए पनि भो: nepalikabitaharu@gmail.com)

2 comments:

lokesh said...

Hello,

I read your article and its too simple and easy to understand but what I am facing is not in your list.Thing is my friend studied BDS thats Dental Degree from Indian university and he has done his schooling and intermediate levels there in india only now problem is when he try to apply for NMC licensing exam they asked for eligibility certificate and for that he needs to attest his slc and +2 documents by Indian embassy and then by Ministry of education.Now I wanted to know how would be the process of attestation of slc and +2 documents of him by indian embassy and Sikshya Mantralaya ?

Chief Editor said...

It's a very difficult process. You have to go to Secretariat of the State from where you passed this examinations (Class 10, 11, 12, BDS or whatever Certificate you want to apostille).