Friday 2 March 2012

नेपाली कविता गजल

हास्नु र रुनु यो त हो समयको खेल
कहिले हुन्छ यहाँ दूइ आत्माको मेल

भिड बाट जोगिएर हिड्नु पर्ने बेला छ
चारै तिर धक्का मुक्का अनि ठेलाम ठेल

निर्धोलाई यहाँ जसले पनि हेप्छन
नियम एस्तो दबाउ किच सके जति पेल

माया भन्ने सार्है सस्तो छिन् भरको मुस्कान जस्तो
लैबरिको भाकामा पिरती गास्ने हरुको देखियो धेरै खेल 

हास्नु र रुनु यो त हो समयको खेल
कहिले हुन्छ यहाँ दूइ आत्माको मेल

No comments: