Wednesday 9 August 2017

Nepali kabita, Nepali gazal, नेपाली साहित्य, Nepali kabita haru, Nepali Gazals, नेपाली कबिता, nepali gazals

यो ब्लगलाई फेरी हामीले कथा, कबिता, र गजलहरु प्रस्तुत गर्ने थलो को रुपमा बिकास गरेका छौ. नेपाली कथा, कबिता र गजल मन पराउने पाठकहरुका लागि यो निश्चय नै खुसीको खबर हो. हाम्रा नेपाली कथा, कबिता र नेपाली गजल मन पराएर हाम्रो ब्लगमा पाल्नुहुने समस्त महानुभाब र पाठकहरुमा हार्दिक धन्यबाद ज्ञापन गर्दछौ.

This is a Nepali Poem/Gazal/ gajal written by myself. I do not know much about Gazal/Ghazal/गजल but shall try whenever I have time. I like writing Nepali and English Poems and reading them and गजलis one of such areas which attracts my interests. In my other blogs, there are other Poem/Gazal/ गजल. In case you also write Poem/Gazal/ गजल , then, you can send them to me, I will publish them in my blog. I am grateful to my all the readers for reading my Nepali Poem/Gazal/ गजल.

गजल १

हेर्ने धोको मर्या छैन तिमीलाई जति देखेपनि
तिम्रो मेरो बिछोढ कथा भाग्यमानै लेखेपनि

तिम्रालागि मैले मेरा सारा  नाता तोडी हिने
बाबु आमा दाजु भाई सारा घर नै छोडी हिने

हिलोहरुको बिचमा तिमिलाई स्वच्छ सफा कमल ठाने
पुसमाघको न्यानो घाम झै हजारबीचमा तिमिलाई छाने

तर प्यारको बदला प्यार पाऊने आसा मेरो मरि गयो
तिम्रा मेरा खुसिहरु दैवले नै हरी गयो

जिउन गार्हो छैन यहा, मर्न गार्हो तिमीलाई भुली
सारा जीवन जिउनै पर्यो "मगन्ते" झै यसै डुली

हेर्ने धोको मर्या छैन तिमीलाई जति देखेपनि
तिम्रो मेरो बिछोढ कथा भाग्यमानै लेखेपनि

गजल २

तिमी आयौ मेरो सामु , मुस्कानको ढोका खोली
आतुर मेरा कानहरु , सुन्न तीम्रो मधुर बोली

बिहानीको उषा अनी , साझको ओर्लदो घाममा
हास्यौ , खेल्यौ, डुल्यौ हामी बैशको रङ्ग घोली

बढ्दो उमेर , चढ्दो ज्यान जवानीले घेरेपछी
तिमी भन्थ्यौ लजाउदै सानो भयो मेरो चोली

हामीले गास्यौ सपना धेरै , हाम्रो साकार जीवनको
खाए मैले कसम पनी चढाउने तिमीलाई मेरै डोली

तर आज तिमी टाढा म धेरै टाढा भए
बाकी छैन जीवनमा केही ,छ है केवल "माग्ने झोली "

तिमी आयौ मेरो सामु , मुस्कानको ढोका खोली
आतुर मेरा कानहरु , सुन्न तीम्रो मधुर बोली

गजल ३ 

बाचाकसम तोडी तिमिले दुस्मनसग नाता जोड्यौ
कमजोर मेरो मायालु मन हजार टुक्रा पारी तोड्यौ

बिस्वास थीयो है तिमिप्रती मात्र तिम्रो सहाराको
तिमीले चाहि अबिस्वास र बिस्वासघातको छाप छोड्यौ

म धाए तिम्रो निम्ती बसन्तको बहार बोकी
बसन्तझै प्यारो मनमा सिसिरको खेति गोड्यौ

अब केहि छैन बाकी सम्झना छ केवल तिम्रो
मेरो सुखद् जीवनलाई  मरुभुमीतिर मोड्यौ

थाहा थीएन माया प्रेम धोका भन्ने चीज कस्तो
आज सबै बुझे मैले जब तिमीले साईनो तोड्यौ
   
वाचाकसम तोडी तिमिले दुस्मनसग नाता जोड्यौ
कमजोर मेरो मायालु मन हजार टुक्रा पारी तोड्यौ


No comments: