Saturday 5 October 2013

बडादशैं र विजयादशमीको हार्दिक मंगलमय सुभकामना

आज घटस्थापना को दिन रहेछ. तर थाहा नै नपाइ बित्यो. तर पनि केहि छैन, दशैँ आएको छ, नेपालीहरुको महान पर्ब दशैं आएको छ. नेपाली हरुको महान पर्ब बडादशैं र विजयादशमीको उपलक्क्ष्यमा समस्त नेपालीहरुमा हार्दिक मंगलमय सुभकामना.

म अहिले भारतमा बसेर यो लेख लेख्दैछु. बिदेसिनुको पिडा यहि हो. आफ्नो चाडबाड पनि ढुक्क सग मनाउन नपाइने, परिवारजन हरु साथमा नहुने. अनि चाड पर्बहरु चाडपर्ब जस्ता नै हुदैनन्. कहिलेकाही ता चाडपर्ब आएको त्यति थाहा पनि नपाइने. जस्तै आज भयो. घटस्थापना भन्ने थाहा नै नपाएको. घरमा भएको भए बिहान बिहानै आमा बुवाले नुहाई धुवाई गरेर जमरा राख्नु हुन्थ्यो. त्यो अध्यारो ठाउमा धान, मकै, गहु, जहु को भिजाएको दाना माटोमा राखेर जमरा राख्नुको मजा नै बेग्लै. त्यो जमार उम्रियेपछी दशौ दिनका दिन जब विजयादशमी आउथ्यो, तब टिका र आशिकको साथमा सिरमा लगाइन्थ्यो. ति दिनहरु अहिले केवल याद मात्रै गर्न सक्छु. आशा गर्छु अर्को वर्षा समस्त परिवारजनको साथमा नेपालमै दशैँ मनाउन पाउनेछु.#

अलिकति दशैं कसरी मनाइन्छ भन्ने बारेमा कुरा गर्न चाहन्छु. आज घटस्थापना. आजबाट सातौ दिन सम्म सामान्य नै हुन्छ. किनमेल, लत्ताकपडा, केटाकेटीलाई नया लुगा, सरसामान, चिनी, मसला, दशैंको मासुको लागि खसीको जोहो आदी.

सातौ दिनलाई सप्तमी भनिन्छ र तामझाम का साथ् फूलपाती भित्र्याइञ्छ. आठौ दिन महाअस्टमी र नवौ दिन महानवमी. यो पर्ब मा नोन भेज यानीकी मासु खाने चलन छ. अस्टमी र नवमी मा प्राय घरमै खसी काटेर मासू खाइन्छ. अनि दशौ दिन बिजया दशमी. यो दिन बाट पुर्णिमा सम्म आफ्ना मान्यजन, बुवाआमा, हजुरबा, हजुरआमा, काकाकाकी, मामा लगायतका मान्यजन सग टिका जमरा लिएर आशिर्बाद लिने चलन छ.

दशैं मा टिका जमराको साथमा आशिष दिने चलन छ. दशैंमा प्रयोग हुने मन्त्र हरु मध्ये यो प्रमुख मन्त्र संस्कृतमा छ.

“आयु द्रोण सुते
श्रीयं दशरथे
शत्रु क्षयं राघवे
ऐश्वरयं नहुसे
ग्तिस्चः पवने
मानं चः दुर्योधने
सूर्यो शान्त बने
बलं चः हलधरे
सत्यं चः कुन्ती सुते
सुज्ञानी विदुरे
प्रवृत्ति भवतान्
कृतिस्चः नारायणे ”

यो मन्त्रको अर्थ यो हुन्छ की तिमीलाई संसारका सबै राम्रा कुराहरुले पुगुन. जसतै आयु द्रोणपुत्र को जस्तो होस्. द्रोणका छोरा अस्वस्थामा थिए. अस्वस्थामा अस्ट्चिरनजिबि हुन्. यसको अर्थ उनि कहिल्यै मर्दैनन. त्यस्तै गरेर श्रेय राजा दसरथ्को जस्तो होस्. आदि आदी.

फेरी एकपटक सबैजनालाई विजयादशमी र बडा दशैको सुभकामना
**********************

In my blog post above, I have written about National Festival of Nepal "Dashain". I will be writing more on "Dashain" and "VijayaDashami" in my blog on coming days. I will write some of the posts in English as well so that our worldwide visitors will be able to know much about Nepali Culture and Festival.

No comments: