Saturday 5 September 2015

किन पढ्दिन म लेन्दाइका कथा?

किन पढ्दिन म लेन्दाइका कथा?

लेंदाई कथा लेखिरहनछन । राम्रा कथा लेख्छन । उनको त्वितर मा हरेक हप्ता वा कम्तिमा पन्ध्र दिनमा एकचोटी चर्चा हुने गर्छ । प्राय गरेर उनका कथाको जुन नेपाली रास्ट्रीय दैनिकहरुमा छापिईरहेका हुन्छन । मैले उनको एउटा कथा पढेको छु: सायद मकै थियो शिर्षक वा यस्तै कुनै "मकै पोलेर बेच्ने दिदी" सग सम्बन्धित थियो । मलाइ पनि मन परेको थियो र त्यसबारेमा उनको ब्लगमा पनि कमेन्ट गरेको थिए सायद। त्यसपछि मैले उनका कुनै पनि कथाहरु पढेको छैन मेरो बानि कस्तो छ भने नेटमा म प्राय त्यति साहित्य पढ़दिन। आफ्नो बिषय सम्बन्धि लेख पढ्दैमा समय जान्छ। आजकाल किताबहरु पनि म "फिक्शन" हरु त्यति किन्दिन। मलाइ मनपर्ने पुस्तक हरुका मूल बिषयहरु हुन्छन राजनीति, इतिहास, अर्थसाश्त्र र मानिसका जीवनी-स्वयं लिखित र अरु द्वारा लिखितफिक्शनमा मैले पढ्ने भनेको हिन्दुधर्म र आध्यात्म सम्बन्धि मात्रै हो। तर यसको मतलब यो होइन कि म "फिक्शन" पढ्दै पढ्दिन। नेपाली किताबहरुमा सबै भन्दा मन परेको पछिल्लो पुस्तक हो - बुध्दीसागरको "कर्णाली ब्लुज"। लगभग दुइ बर्ष अघि पढेको होला। त्यसपछि मैले नेपाली किताब पढेकै छैन भने पनि हुन्छ


बुध्दीसागरको "कर्णाली ब्लुज" प्रकाशित भएपछी सायद उनका फुटकर रचना नेपाली दैनिकहरूमा छापिन्थेअहिले राम्रो याद छैन तर बुध्दीसागरको "स्वर्गमा ट्राफिक" या यस्तै कुछ मेरो घरमा हिट थियो दाजु भाइ सबैले मन पराएका र मलाइ पढ्न सुझाएका थिए मैले बुध्दीसागरको त्यो लेख/कथा/व्यंग जे होस्, अहिले सम्म पढेको छैन। त्यस पश्चात केहि हप्तासम्म बुध्दीसागरको लेखको प्रतिक्षा हुन्थ्यो घरमा म बाहेक सबै पत्रिका पर्खन्थे, बुध्दीसागरले केहि लेखेकी भनेर सायद बुध्दीसागरले त्यो "टेम्पो" कायम गर्न सकेनन या ध्यान अर्कैतिर मोडे, अलिपछि उनको चर्चा कम हुनथाल्यो घरमा शायद त्यसबेला सम्म बुध्दीसागरको "कर्णाली ब्लुज" पनि धेरैपटक दोहोर्याई सकेका थिए घरमा सबैले, बुध्दीसागरको कुरागर्न बाकि केहि कुरै रहेन 

मैले लेन्दाइको प्रसंगमा बुध्दीसागरलाइ किन जोडेको भने यसले मेरो एउटा कमजोरीलाइ उजागर गर्न मद्दत गर्दछ खै किन हो, पत्रिका मा छापिने फुटकर लेख/कथा पढ्ने जागर चल्न छोडेको छ आजकाल  पहिलो कुरा त म धेरै देशमा बस्दिन पत्रिका बिहानै पसलबाट ल्याएर पढ्नुको मजा अर्कै हुन्छ, त्यो बाट बन्चित छु जहासम्म नेपाली पत्रिकाको कुरा आउछ अनि नेटमा बस्दा सगै काम गर्नुपर्ने चटारो वा काम बाट छुटेर गर्नुपर्ने अनेक अनलाइन का कामले एकाग्र भएर पढ्न दिदैन 

फेरी कुनै कथा पढेर धेरै मन पर्यो भने, त्यस्तै राम्रो अर्को कथा त्यहि लेखकको पढ्ने खुल्दुली हुन्छ जुन नेटमा सम्भब देख्दिन म ((मेरो मतलब अर्को पाना पल्टाएर पढौ भन्न नसकिने क्या। । त्यसको बारेमा गुगल सर्च गरेर, त्यो लेखकका अरु अरु वेबसाइटमा/ब्लगमा लेखिएका कथा/रचना त पढ्न पाइएला। तर त्यसो गर्नुपर्दा पढाइको "फ्लो हराउने अनुभब छ मेरो चाही खासगरी साहित्य सम्बन्धि लेख पढ्दा)

उदाहरणको लागि हेरौ त गुरुप्रसाद मैनालीको नासो कथा संग्रह। एक से बढ़कर एक झक्कास कथा छन् त्यहाएउटा पढ्यो अनि सकियो त के भो, लगत्तै अर्को पढ्न पाइन्छ। अनि एकाग्र भएर किताबै पढ्यो, सक्यो त्यो मज्जा जुन छ नि, किताब पढ्नुमा त्यो छैन पत्रिकामा छापिने फुटकर कथामा त्यहि भएर म लेन्दाइका कथाहरु पढ्दिन

एउटा कुरा "डिस्क्लोज" गरि हालौ यहा नेर। मलाइ लेंदाई ले त्वित्तर मा भाउ दिदैनन।  त्यहि भएर यो लेख्यो भन्ने लाग्ला। तर म त्यस्तो झ्यास हैन । पर्सनल त्वितरका कुरालाई लिएर बायस्ड भएर ब्लग लेख्दै हिड्ने त्यो भएको भए सायद म पहिलो वा दोश्रो वाक्य तिरै लेंदाई राम्रा कथाकार हुन् भन्ने नै थियिन होला। तपाइहरुले बुझी हाल्नुभो मैले लेन्दाइका कथा नपढ़नु उनको लेखाइ मन पर्नु नपर्नु भन्दा पनि "टेक्निकल" कारणले गर्दा हो.

त्वितरमा यतैकतै सुनेको थिए लेंदाई ले किताब लेख्दैछन के लेख्दैछन कथा वा उपन्यास थाहा भएन। हामीलाई भन्दैनन अरुलाई मेन्सेको पढेर थाहा पाएको हो रेला गरेर भनेका थिए वा साच्चै हो उनै जानुन तर जे जस्तो वाहवाही उनि पाउछन, त्यसले पनि उनलाई किताबै छाप्न प्रेरणा दिदो हो

छाप्लान कुनै दिन मैले भनिहाले माथि नै उनको एउटा कथा पढेको छु "मकै" त्यहि आधारमा भन्छु म उनको कथा संग्रह "हिट" हुन्छ नै दुइटा कारणले एउटा ता उनका कथाका "क्वालिटी" ले। अर्को प्रकाशकहरुले अपनाउने हर तरहको बिज्ञापन गर्ने तिक्डम बाजीले

जे होस्। भरसक उनको किताबै हिट होस् यदि नभए पनि त्यो दिन उनको किताब किनेर एकपछि अर्का कथा वा लामै उपन्यास एकबसाई मै पढ़ौला नत्र लेन्दाइका कथा म पढ़दिन फेरी पनि भन्छु उनको मकै बाहेक अरु कुनै कथा मैले पढेको छैन  भन्छन नी "अकबरी सुनलाई कसी लाउनुपर्दैन" लेंदाई आफै चुप लागेर ता नबस्लान र आफैलाई कसी लाउदै होलान त्यहि भएर  एउटा मात्रै कथा पढेको भए पनि भन्न सक्छु उनको कथा संग्रह (छापियो भने) राम्रो पुस्तक पढ्न लायक नै हुनेछ

पीएस: कहिलेकाही म:म खादा लेन्दाइको "आइ हेट म:म" भन्ने हालसालैको ट्विटर पिटेको कथाको शिर्षक याद आउछ तर कथा नपढेको कारण सायद यस्तो लेखेका थिए होलान भन्ने सोचेर चीत्त बुझाउछु भो जागर छैन नेटमा बसेर कथा पढ्ने। म पढ्दिन लेंदाई का कथा।

3 comments:

Lotus Studio said...

Interesting :
Cheap Popularity Fame :( बन्जाडेको साथ लिएर आफ्नो बारेमा उद्घार गरेझै भान भाको छ :( अन्यथा नलिनु होला म तपाईंलाई ब्यक्तिगत रुपमा चिन्दिन यो कुनै हिलो छ्याप्या हैन मलाई जे लाग्यो त्यही लेखे :)

Lotus Studio said...

Interesting :
Cheap Popularity Fame :( बन्जाडेको साथ लिएर आफ्नो बारेमा उद्घार गरेझै भान भाको छ :( अन्यथा नलिनु होला म तपाईंलाई ब्यक्तिगत रुपमा चिन्दिन यो कुनै हिलो छ्याप्या हैन मलाई जे लाग्यो त्यही लेखे :)

Chief Editor said...

तपाइले भनेका कुराहरुमा पनि केहि न केहि सत्यता ता होला नै. ब्लग पढ़िदिनो भो यसका लागि धन्यबाद दिन्छु. मैले केहि गलत लेखे जस्तो ता मलाइ लागेको छैन. यो ब्लग पढ्दै रहनुहोला.