Wednesday 4 January 2017

यसरी आउछ चिनको रेल नेपालसम्म - (फोटो सहीत)

नेपाललाई कसरी "ओबीओआर" (OBOR, One Road One Belt, Road and Belt) मा जोड्न सकिन्छ भन्ने चर्चा गर्दै तीनवटा लेख लेखेकोछू यो भन्दा पहिले।  ती लेखहरुमा चर्चा गरेका थियौ नेपाल र चीन जोड़ने राजमार्गका बारेमा।  यो अंकमा नेपाल र चीन बीचको संभावित रेलमार्गको बारेमा चर्चा गर्ने प्रयत्न गरिएकोछ।

अहिलेको चीनको रेलमार्ग जसले नेपाललाई चिनसग सजिलै जोड्नसक्छ त्यों हेर्ने हो भने Sichuan–Tibet रेलवे महत्वपूर्ण छ।  यो रेलवे ट्र्याकले चेंगडु (Chengdu) सहरलाई ल्हासा (Lhasa) सहरसग जोड्दछ।

ल्हासा बाट चीनका सबै जसो महत्वपूर्ण सहरहरुमा जान रेलवे मार्गको निर्माण भइसकेको छ।   अहिले "बेइजिंग टू ल्हासा", "शंघाई टू ल्हासा" र "चेंगडु टू ल्हासा" ट्रेन रेगुलर संचालन मा छ।  यात्रादूरी र समय लामो भएपनि पर्यटक र ब्यापारकालागि यी ट्रेनहरु तिब्बतका लागि महत्वपूर्ण छन।  अझ "चेंगडु टू ल्हासा" को रुटमा चाइनाले नया छोटो रेलमार्ग खोल्दैछ।  यसको काम २०२१ मा सकिनेछ।  मेनल्याण्ड चाइनालाई तिब्बतसग जोड़ने महत्वपूर्ण रेलवे लाइन को निर्माण र संचालन भएको झन्डै दश बर्ष बितिसकेको छ।  नेपालीहरुको चासो चाही अब कसरी ल्हासा लाइ नेपाल सग जोड्न सकिन्छ भन्ने हो र त्यसबारेमा केहि यो अंकमा।

तिब्बतको राजधानी ल्हासा काठमांडूबाट ६०० किमी टाढा छ।  र अहिलेको प्लान अनुसार Qinghai-तिब्बत रेलवे लाइनलाई नेपालसम्म बिस्तार गर्ने प्लान छ।  अहिले Qinghai-तिब्बत रेलवे लाइनले Xining सहर जून Qinghai Province को राजधानी हो लाइ तिब्बतसम्म जोडेको छ।  Qinghai-Tibet रेलवे लाइ नेपालसम्म बिस्तार गर्ने क्रममा ल्हासा बाट शिगात्से (Shigatse) सम्म रेल्वेमार्ग सन २०१४ अगस्त मैं संचालन भइसकेको छ।

तसर्थ हामीले के बुझ्नुपर्यो भने नेपालबाट सबै भन्दा नजिकको चाइनातर्फ को रेलवे स्टेसन "शिगात्से" हो।  शिगात्से ल्हासाबाट २४८ किमी छ।  त्यसको मतलब केवल ३५० किमिको रेलवे ट्र्याक बनायौ भने काठमांडूलाई शिगात्सेसग जोड्न सक्छौ? काठमांडूलाई शिगात्से सग जोड्नुभनेको नेपाललाई बेइजिंग, सानघाइ र चेंगडु सग सजिलै जोड्नु हो

कसरी काठमांडूलाइ शिगात्से नजिक ल्याउने त?

अबको बाटो भनेको Shigatse-Keyirong रेल्मार्गको बिस्तार हो। Shigatse-Keyirong बन्न सकेमा काठमाडौबाट रेल्मार्ग अझै नजिक हुनेछ।  चिनले गरेको "फिजिबिलिटी स्टडी" अनुसार Keyirong सम्म ट्रेन आउन सक्ने सम्भावना छ। त्यसो भएमा सिगात्से बाट Keyirong सम्मको रेल्मार्ग ५४० किमीको हुने जनाइएको छ। नेपालको रसुवा जिल्लाबाट Keyirong मात्र ३५ किमी टाढा छ। तसर्थ सिधा दुरी कम देखिये पनि नेपाल बोडरबाट सिगात्से सम्मको रेल्मार्ग खोल्न कम्तीमा ६०० किमी को ट्र्याक खोल्नुपर्ने देखिन्छ। Gyirong/Keyirong को उचाइ समुन्द्र सतहबाट २,८०० मिटरको छ। समुन्द्रसतह बाट पाच हजार मिटर माथि रेल कुदाइसकेको चिनलाई यो कुनै गार्हो काम हैन। अझै नेपाल तर्फ ट्रेन्मार्ग बनाउने हो भने Gyirong/Keyirong को पहाडी बाइपास १,८०० मिटरको हुने र त्यहाबाट रेल्मार्ग नेपाल छिर्नसक्ने बताइएको छ।

अहिलेको प्लान भनेको सिगात्से बाट सबैभन्दा पहिले रेलमार्ग Gyirong/Keyirong सम्म आउनुपर्‍यो। Gyirong/Keyirong एउटा सुख्खा बन्दर्गाह हो र ट्रेन यहिसम्म आउँदापनी नेपाल लाई निक्कै फाईदा हुने देखिन्छ। जब ट्रेनमार्ग Gyirong/Keyirong सम्म खोलिन्छ, अनी त्यहा बाट नेपाल कनेक्ट हुने देखिन्छ।

सीगात्से बाट केरुङ सम्मको रेल्वे लाइन चिनले बनाउने छ। यो सन २०२० यानीकी अबको तीन बर्षमा सकिने काम हो। त्यो समयमा नेपाल ले केरुङ काठमाडौं जोड्ने रेल्वे बनाउने हो भने चाइनाको रेल नेपाल आउन धेरै समय लाग्दैन। केरुङ - नेपाल नाकामा ट्र्याक खोल्न सजिलो नहुने र दुइबर्ष लाग्न सक्ने चिनको अध्ययनले देखाएको छ। 

सिगात्से बाट नेपाल आउने रेल्को बाटो यस्तो हुनेछ:

ल्हासाबाट सिगात्से सम्म आउने ट्रेन। सन २०१४ बाट यो रुट्मा ट्रेन सन्चालन भैइसकेको छ। तस्बीर: एजेन्सीको सहयोगमा

सिगात्से बाट गुइरोङ (नेपालीमा केरुङ) को बाटो हुँदै काठमाडौं आउने ट्रेन मार्ग। सिगात्से-गुइरोङ ट्रेन मार्गमा काम हुँदैछ। सन २०२० सम्म सिगात्से-गुइरोङको काम सकाउने प्लान छ। जब सिगात्से-गुइरोङ को काम सकिन्छ, नेपालबाट केवल ३५ किमिको दुरीमा ट्रेन अाइपुग्ने बताईएको छ। तस्बीर: एजेन्सीको सहयोगमा
अहिले चिनबाट रसिया, मङोलिया, भियतनाम, नर्थ कोरीया, कजाख्स्तान आदी देशमा डाइरेक्ट रेल्सेवा सन्चालनमा छ। 

No comments: