Friday 15 June 2012

हाम्रो बारेमा - हाम्रो उदेश्य

यो मेरो ब्लग मा हर कुरा हरु लेखिनछन्. मुख्यतया यो ब्लग नेपाली कविता, नेपाली गजल र नेपाली साहित्य मा केन्द्रित भएर लेखिने छ. हामी समय क्रम सगै यो ब्लगमा धेरै राम्रा र सुन्दर नेपाली कविता, नेपाली गजल, नेपाली सायरी, नेपाली भाषा र साहित्यको बढावा हुने किसिमले विभिन्न लेख हरु प्रस्तुत गर्ने छौ. तर समय अघि बढ्दै जादा हामी पनि परिबर्तन हुदै छौ.
यो ब्लग लाई नेपाली भाषाको सबै भन्दा राम्रो ब्लग बनाउने हाम्रो अठोट छ. तसर्थ यो ब्लग मा प्रकाशित हुने लेख र रचना को स्तर दिन प्रतिदिन बढ्दै जानेछ. बिगत मा जस्तो जे पायो तेइ कविता गजल र लेख र कथा हरु अब यो ब्लग मा बिस्तारै कम हुदै जानेछ.
हामीले यसको प्रयास स्वरूप यो ब्लग को मुख्य मार्ग निर्धारण गरेका छौ जुन हो नेपाली भाषा मा लेखेका नेपाली कथा र साहित्य को प्रोत्साहन गर्ने र नेपाली भाषा मा लेखेका नेपाली कविता र गजल हरु लाई स्तरीय रुप मा प्रस्तुत गर्ने.
तर मुख्य मार्ग त्यो भए पनि अब हामी बिस्तारै यसको दायरा बढाउदै छौ. यो ब्लग मा अब नेपाली कला, नेपाली साहित्य, नेपाली गित गजल, संगीत , नेपाली सिनेमा , नेपाली मनोरंजन छेत्र र नेपाली र बिस्व खेलकुद लाइ पनि समेट्नेछौ. अब यो ब्लग तपाई को हर चाहना को उदेश्य परिपूर्ति गर्ने खालको हुनेछ र यहाँ हर तरह का समाचार र विचार को प्रस्तुति हुनेछ.

No comments: