Monday 11 March 2013

मेरो तुहिएको सपना - नेपाली कबिता

मेरो तुहिएको सपना 

मेरो सपना, मेरो प्यारो सपना 
देश बनाउने, देशका लागि केहि गर्ने 
त्यो सपनाको बर्खान्त आज 

मैले समय पर्खि रहे 
अलिकति बन्ला, अनि आफै होमिएर धेरै बनाउला 
गरौला केही देशका लागी 
यस्तै यस्तै अनेक सपना
कुनै समयका जीवित सपना 

सोचे आन्दोलन होस् 
अनि केही गरौला 
सोचे समाज अलि अघि बढोस 
अनि केही गरौला 
सोचे रामे र चामे ले आफ्नो छानो त् छाउन 
अनि केही गरौला 
सोचे बाबु र रामले अलिकति सपारुन 
अनि केही गरौला

तर पर्खाइको बिचमा 
जन्मिनै नसकी मरेको छ मेरो सपना 

आज बर्खान्त छ ति सपनाहरुको 
जुन जन्मिन सकेनन 
जुन जन्मिए होला सायद तर 
धेरै बाच्न सकेनन 
ति सपना का आत्मा हरुले शान्ती पाउन 
आज बर्खान्त छ ति सपनाहरुको 

No comments: