Friday, 16 November 2012

प्रचण्डलाई झापड

आज दिन भर त्वित्तर र फेसबुकमा माओबादीको चिया पार्टीमा माओबादीका अदेक्छे कामरेड प्रचन्डले झापड खाएको समाचारले प्राथमिकता पाइरह्यो। प्रचन्डलाई उनकै पार्टीका कार्यकर्ता पदम कुवरले झापड हानेका थिए। कुवर लाइ पूर्व माओबादी लडाकु भनिएको छ। माओबादीले चाहि यो घटनालाई कन्सपैरेसी भनेको छ। माओबादी पार्टीको बक्तब्य अनुसार बैद्य समुहको माओबादिलाई दोस दिईएको छ। प्रचण्ड नेपालको माओबादी पार्टीका अदेक्छे धेरै समय बाट भएका हुन्। उनले नेपालमा तेर्ह हजार नेपालीको ज्यान स्वाहा भएको जनयुद्धको लिड गरेका थिए। गरिबहरुलाई झुटो आस्वासन दिएर सत्तामा आएका माओबादीहरु भौतिक सम्पति र विलासमा मग्न भएको देखेर जनताको पारो चढेको हुनुपर्छ भन्ने यो कविलाई लागेको छ। बाकी भिडियो केहि समय पछी हाल्नेछु।

No comments: