Wednesday 13 June 2012

म यहाँ.. केवल म ..विब्स ..म के गरूँ ?


म यहाँ.. केवल म ..विब्स ..म के गरूँ ? मन मिल्नु भन्दा पहिला नै टुट्यो ..हात थाम्नु भन्दा पहिले नै छुट्यो ..के लेखिदियौ भाग्यमा भगवान तिमीले? पटक पटक रुन्छ यो मेरो मन-पल पल धड्किन्छ मुटु, तिमी लाई न देख्न पाउँदा बिपनिमा।
बिपनिमा..| तिमी बिना यो जीवन कसरी बिताउ म? अचानक कुनै सपना टुटे झैँ टुटयो मेरो मन टुटिदियो | यो संसार नै एक्लो भयो तिमिबाट म… | दिन बिरानो जस्तो , अनि रात कहाली लाग्दो -सबै बाटोहरुमा काडेतार लागेजस्तो , सबै लक्ष्यहरु मेरा लागि अपुरो भए जस्तो..बिरानो भन्दा नि बिरानो, एक्लोपन भन्दा नि एक्लो, र म तेस्मा आफैमा आफै बिलाए जस्तो… |
भाग्योयबस संसार म , घुम्दै फिर्दै तिम्रो बाटो म आइपुग्छु म पागल प्रेमी | भगवान..हे मेरो भगवान यो के भयो, मेरो प्रेम म संग टाढा गयो..धेरै टाढा …|मेरो मन तिमी लाई दिनु अपराध भयो, तिमी लाई माया गर्नु मेरो लागि मलाईनै सजाय नै भयो..| तिमि लाई यसरी याद गर्दै छु कि रगत आँशु बनेर बर्सिदै छ..| अब त माया देखि डर लाग्न थाल्यो ..| यो टाढा पन , यो मजबुरी, यो एक्लोपन, यो बिदेशिने मेरो बाध्यता .. जीवन को हरेक पाइलामा मेरो साथ हुनेछ. .. | अब संसार ले माया को अदभूत रुप देख्ने छ, ..किन कि मेरो छाया नै मेरो सत्रु भनेको छ, मेरो जीवन नै उनकालागि सराप बनेको छ |
खुसी को लागि अब .. कल्पना मात्रै गर्छु, एक मुस्कान को लागि कामना मात्रै गर्छु, कारण, जीवन नै सुन्यता मा सकियो..| यो माया मा मा कति एक्लो भए, माया मा मन तिमि लाई दिएर, तिमि बिना तिम्रो यादले सदैब टोक्न खोज्छ | कहिले तिम्रो माया को मिठो सम्झना कल्पना गर्छु, त कहिले जीवन को उत्तार चढाब को सेतो कागज मा जिबन को तिता मिठा , कल्पना का धरको तान्न पुग्छु..| अब त टाढापन पनि मा माथि हासेको जोस्तो लग्न थाल्यो मलाई।
निर्जीव भै बसेको मुटु लाई माया गर्न तिमि ले सिकायौ, फेरी तिम्रै माया ले त्यो मुटु लाई छियाछिया पारयौ..| म कति सम्म अभागी रैछु, …| तर जेहोस जे जस्तो भएपनि मेरो माया सधै तिमीलाई नै।।।।।।मेरो माया सधै तिमिलाई मेरो मुटु धडकिन्छ त खालि तिम्रैलागि मेरो सपनि खालि तिम्रैलागि खालि तिम्रै लागि
निराजन बस्नेत,हाल बासिलोना,स्पेन।

No comments: