Thursday 23 February 2017

‘वान बेल्ट वान रोड’मा नेपालः सडकले जोड्ने कि रेल ? - भाग ३

‘वान बेल्ट वान रोड’मा नेपालः सडकले जोड्ने कि रेल ?


चक्रपथ.कममा केहि अघि मेरो लेखहरु प्रकाशित भएको थियो "वन बेल्ट, वन रोड" को बारेमा. ती सबै लेखहरुलाई एकठाउमा पढ्नको लागि सजिलोहोस भनेर फेरी पोस्ट गरेको छु. चक्रपथ डट कम मै पढ्ने भए यहा क्लिक गरेर पढ्न सक्नुहुनेछ.

यस बहसको पहिलो भागदोश्रो भाग यहा पढ्न सक्नुहुनेछ.

–घनश्याम खड्का
वान बेल्ट वान रोडमा कसरी जोडिन सक्छ नेपाल भन्ने प्रश्नको उत्तर हाम्रो यथार्थताको धरातलमा टेकेर लेखिनु पर्दछ यदि सत्य र प्रयोगात्मक उत्तर खोज्ने हो भने । उत्तेजना वा बहकाउमा लागेर सगरमाथा फोडेर भए पनि सडक निकालिन्छ भनेको भरमा सडक वा रेल बनाउन सकिने कुरा होइन । यो लेखमा नेपाललाई वान बेल्ट वान रोडमा कसरी जोड्न सकिएला र के कस्ता चुनौती आउन सक्छन् भन्ने बारेमा केही चर्चा गर्न खोजिएको छ । नेपाललाई वान बेल्ट वान रोडमा कसरी जोड्ने भन्ने चर्चा गर्दा अलि सुक्ष्म रुपमै चीन–पाकिस्तान आर्थिक करिडोरलाई नजिकबाट अध्ययन गर्नु उचित हुन्छ । चीनले समेत पाइलट प्रोजेक्ट (फ्लागशिप प्रोजेक्ट) मानेको हुँदा वान बेल्ट वान रोडका सम्भावित चुनौती र फाइदालाई बुझ्न चीन–पाकिस्तान आर्थिक करिडोरको निर्माणमा देखा परेका समस्या र तिनलाई सुल्झाउन अपनाइएका उपायहरुलाई गहिरिएर हेर्नुपर्ने हुन्छ ।

अहिलेलाई काठमाडौंबाट कोदारी राजमार्ग हुँदै नेपालले तिब्बतमा रहेको चीनको राष्ट्रिय राजमार्ग जी ३१८ लाई भेट्छ र त्यसले जी २१९ राजमार्गलाई भेटेर मानसरोवर सम्मको यात्राको लागि मात्रै यो बाटोको प्रयोग भएको छ । 

चीन–पाकिस्तान आर्थिक करिडोरले चीनलाई हिन्द महासागरसँग जोड्छ । यो बाटो चीनको काश्गर शहरबाट सडकमार्ग भएर पाकिस्तानको गवादर बन्दरगाहमा जोडिने हो । तसर्थ नेपालबाट जाने सडकले यदि चीनको काश्गर शहरलाई जोड्ने हो भने नेपालको वान बेल्ट वान रोडमा जोडिने सपना पूरा हुन कुनै समय लाग्दैन । केवल आँकडा हेर्ने हो भने नेपालबाट काश्गर करिब १७०० किमिको दूरीमा पर्छ । यो सबैभन्दा छोटो दुरी हो, सडकमार्गको दूरी भने होइन । पहाड तथा हिमाली इलाका भएको भौगौलिक कारण पनि नेपाललाई वान बेल्ट वान रोडमा भाग लिन निकै कडा मेहनत गर्नुपर्ने देखिन्छ ।

के के छन् त नेपालका लागि चुनौती ?
नेपालको भूराजनीतिक अवस्था नै नेपालको लागि पहिलो ठूलो चुनौती हो । सबैभन्दा सजिलो भौगौलिक इलाका भारततर्फ मात्र भएको हुँदा भारतमा नै अधिक निर्भरता हुनुपर्ने अवस्था छ । उत्तर चीनतर्फको भूभाग जुन अत्यन्त कठीन अवस्थाको छ त्यसलाई छिचोलेर नेपालले व्यापार बढाउने कुरा सजिलो कुरा होइन तर असम्भव भने छैन । यदि यो सम्भव भयो भने भारत तर्फको अधिक निर्भरतालाई कम गर्दछ । यसैका खातिर पनि नेपालले उत्तर तर्फको सडक संरचनाको निर्माणमा ध्यान दिनु अत्यन्तै जरुरी छ । सबैभन्दा यक्ष प्रश्न चाहीँ के हो भने हिउँले पुरिएका हिमाल चिरेर सडकमार्ग खोल्न सजिलो र सम्भब छ त ? के यस्ता हिमाल र पहाड चिरेर संसारमा अन्यत्र पनि सडकमार्ग खोलिएका उदाहरण छन् ।

त्यसका लागि संसारका केहि उचाइमा रहेका राजमार्गहरुलाई हेरांै र त्यसमा देखिने चुनौतीमा बिशेष ध्यान दिउँ । उच्च हिमाली इलाकामा कसरी सडक बनाउने भन्ने सिक्न धेरै टाढा गैराख्नु पर्दैन । पाकिस्तानलाई चीनसँग जोड्ने काराकोरम हाइवे र तिब्बत क्षेत्रमा रहेको चीनको जी २१९ हाइवेको निर्माण र त्यसको मर्मत–सम्भारलाई हेर्ने हो भने आशा गर्न सकिने ठाउँ देखिन्छ । तर एउटा नयाँ आशाका साथसाथै त्यसको चुनौतीका बारेमा पनि हामी अवगत हुनेछौं । तसर्थ नेपाललाई चीनको काश्गरसँग जोड्ने र त्यहाँबाट काराकोरम हाइवेमार्फत पाकिस्तानको गवादर बन्दरगाहसम्म जोड्ने सपना तत्कालका लागि आकाशको फल बराबर नै हुनेछ । नेपाललाई चीन–पाकिस्तान हँुदै पश्चिमा राष्ट्र, मध्य–एसिया र मध्यपूर्व सडकमार्गद्वारा जोड्ने सपना साकार हुन अलिक समय लाग्ने देखिन्छ ।

चीन–पाकिस्तान आर्थिक करिडोरले चीनलाई हिन्द महासागरसँग जोड्छ । यो बाटो चीनको काश्गर शहरबाट सडकमार्ग भएर पाकिस्तानको गवादर बन्दरगाहमा जोडिने हो । तसर्थ नेपालबाट जाने सडकले यदि चीनको काश्गर शहरलाई जोड्ने हो भने नेपालको वान बेल्ट वान रोडमा जोडिने सपना पूरा हुन कुनै समय लाग्दैन ।

तर निराश भईहाल्नुपर्ने जरुरी चाहीँ यसकारण छैन, किनभने चीनको राष्ट्रिय राजमार्ग जी ३१८ जसले नेपालको कोदारी राजमार्गलाई तिब्बतको ल्हासा हुदै अन्य भागलाई जोड्दछ, त्यो चाहिं धेरै राम्रो अवस्थामा छ र नेपाललाई चेङ्दु शहरसँग धेरै सजिलो गरी नभए पनि राम्रै तरीकाले जोड्न सकिन्छ । चेङ्दुबाट सांघाई २००० किमि को मोटरबाटो हो । यहाँसम्म सरसर्ती हेर्दा के कुरा चाहिँ प्रष्ट देखिन्छ भने नेपाल वान बेल्ट वान रोडको हिस्सा बन्दा मुख्य चासोचाहिँ चीनको पूर्वतर्फका क्षेत्रहरुमा ब्यापार बढाउने उद्देश्यले हुनुपर्छ । यो नेपालको चाहना भन्दा पनि बाध्यता हो । तर यसका साथै प्रशस्त सम्भावना चाहिँ के देखिन्छ भने नेपाल आसियानका अन्य राष्ट्रहरुसँग पनि चीनको सहायता र सक्रियतामा ब्यापार बढाउन सक्षम हुनसक्ने ठाउँ छ ।

सन् २०१४ मा अस्पÞmाल्ट बिछ्याइएको चीनको सबैभन्दा चुनौतिपूर्ण राष्ट्रिय राजमार्ग जी २१९ आर्थिकरुपमा भरपर्न सकिने विकल्प त होइन तर नाकाबन्दी जस्तो कठीन परिस्थितिमा भने काममा आउन सक्छ । तर हालकै अवस्थामा नेपालले यो राजमार्गको उपयोग गर्न सक्ने सम्भावना अलिक कमै छ । नेपाल र चीन दुवै तर्फ आवश्यक भौतिक संरचनाको विकास नगरी जी २१९ ले नेपालका लागि नयाँ बाटो खोल्ने सम्भावना देखिदैन । अहिलेलाई काठमाडौंबाट कोदारी राजमार्ग हुँदै नेपालले तिब्बतमा रहेको चीनको राष्ट्रिय राजमार्ग जी ३१८ लाई भेट्छ र त्यसले जी २१९ राजमार्गलाई भेटेर मानसरोवर सम्मको यात्राको लागि मात्रै यो बाटोको प्रयोग भएको छ । काश्गार हँुदै पाकिस्तान र मध्य–एसियाका कुनैपनि अरु नाकासम्म पुग्नका लागि कम्तिमा अरु २००० किमि को यात्रा गर्नुपर्ने हुन्छ । नेपालले सडकमार्गको प्रयोग गरी मानसरोबर क्षेत्रबाट वान बेल्ट वान रोडबाट फाइदा लिन आर्थिक हिसाबले अहिलेलाई फलामको चिउरा चपाउनु सरह नै हो ।

जी २१९ राजमार्ग  २००० किमी भन्दा लामो सडक खण्ड हो । जुन सगरमाथाको उत्तरतर्फको फेदीमै छ भन्दा पनि हुन्छ । जी २१९ राजमार्ग ५००० मिटरको औसत उचाइमा रहेको सडक हो । कतिपय सवारी चालक त्यहाँ अक्सिजन मास्क लगाएर गाडी चलाउने गर्दछन् । जी २१९  ले तिब्बतलाई सिन्जियान उइगुर क्षेत्रसँग जोड्दछ । नेपाललाई मध्य–एसियासँग जोड्नको लागि उइगुर पुग्नु जरुरी हुन्छ । उइगुरबाट कजाखस्तानको अल्माटी सम्म सडक र रेलमार्ग दुवै एकदमै राम्रो अवस्थामा छ ।
सम्भावित सडकमार्गको अध्ययन गर्दा के देखिन्छ भने नेपालले अप्ठेरो परिस्थितिमा काम चलाउनका लागि उत्तरी सडकमार्ग प्रयोग गरेर चीनसँग सम्पर्क बढाउन सक्ने भए पनि आर्थिक रुपमा त्यति फाइदा हुने देखिदैन । ¬¬कठीन भौगोलिक अवस्थिति तथा लामो दूरीका कारण नेपालले सडक मार्ग मार्फत भन्दा पनि रेल मार्पmत चीन लगायत अन्य राष्टसँग जोडिएर आर्थिक फाइदा लिन सजिलो हुने देखिन्छ । यसकारण चीनसँग सडकमार्ग भन्दा रेलमार्ग तर्पm हाम्रो ध्यान जानु आवश्यक छ । 
१ मिनेटको भिडियोमा के हो वान बेल्ट वान रोड : हेर्नुस्
:

 

(लेखक भारतको नयाँदिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयमा एसोसियट रिसर्चर हुन् ।)



यस बहसको पहिलो भाग र दोश्रो भाग यहा पढ्न सक्नुहुनेछ. यो बहस को चौथो तथा अन्तिम भाग यो लिंकमा क्लिक गरि पढ्न सक्नुहुनेछ 

No comments: