Sunday, 10 March 2013

Maha Shibharatri in Nepal - Lord Shall bless!

महाशिवरात्री (Maha Shibharatri) हिन्दुहरुकालागी र नेपालीहरुका लागि एउटा महान दिन हो। यो दिन भगवान शिबको पुजाअर्चना गरेर मनाइन्छ। नेपालको पशुपतिनाथ मन्दिरमा यो दिन हजारौ भक्तजनहरुको घुइचोलाग्ने गर्दछ। हरेक नेपाली नर नारी भगवान शिबको पुजा गरेर, उनलाई रिझाएर उनको आसिर्बाद माग्दछन।

महा शिवरात्रिको उपलक्क्ष्यमा हाम्रा ब्लग पाठक हरुलाई धेरै धेरै सुभकामना भगवान शिब यहासग प्रसन्न होउन र तपाइहरुले मागेको सबैकुरा बरदान दिउन। जय सम्भो

महा शिवरात्रिको बारेमा विकिपेडिया ले यस्तो लेखेको छ।


""महाशिवरात्रि हिन्दुहरूको एक प्रमुख चाड हो। यो भगवान शिवको प्रमुख पर्व हो।
फाल्गुन कृष्ण चतुर्दशीमा शिवरात्रि पर्व मनाईन्छ। मानिन्छ, सृष्टिको प्रारंभमा यसै दिन मध्यरात्रिकालमा भगवान् शंकर ब्रह्माबाट रुद्रका रूपमा अवतरण भएका थिए। प्रलयकालमा यसै दिन प्रदोषको समयमा भगवान शिव ताण्डव गर्दै ब्रह्माण्डलाई तेस्रो नेत्रको ज्वालाबाट समाप्त गर्दछन्। यसैकारण यस पर्वलाई महाशिवरात्रि अथवा कालरात्रि भनिन्छ। तीनै लोककी अपार सुन्दरी तथा शीलवती गौरीलाई अर्धाङ्गिनी बनाउने शिव प्रेत र पिशाचहरूबाट घेरिएर बस्ने गर्दछन्। उनको रूप बडो विचित्रको छ। शरीरमा मसानको भस्म, गलामा सर्पहरूको हार, कण्ठमा विष, जटाहरूमा जगत्-तारिणी पावन गङ्गा तथा मस्तकमा प्रलयङ्कर ज्वाला छ। साँढेलाई वाहनको रूपमा स्वीकार गर्ने शिव अमङ्गल रूपमा रहेर पनि भक्तहरूलाई मंगल प्रदान गर्दछन र श्रीसंपत्तिका दात मानिन्छन्।"


नेपालको पशुपतिनाथ मन्दिर परिसर मा लियिएको शिवरात्रिको दिनको फोटो पनि हेर्नुहोस। (फोटो साभार: इन्टरनेट)


May Lord Shiva who resides in our Heart, in addition to one of the Greatest Temples - Pashupatinath Temple, bless all of us to do good deeds in this life on this auspicious occassion of MahaShibharatri. Jaya Shiva! Jaya Sambho! Har Har Mahadev!
 

No comments: