Saturday, 1 September 2012

हरेक विहान झिसमिसेमा - कविता


मलाई यो कविता का लेखक को बारेमा केहि पनि थाहा छैन. यो कविता अरु कुनै ब्लग को कमेन्ट को रुपमा लेखिएको पाए मैले र मैले त्यो कविता लाई यहाँ सारहेको छू
हामीलाई यो कविता असाध्यै मन परेको छ. यदि तपाई हरु लाई यसका लेखक को बारेमा थाहा छ भने हामीलाई बताइदिनु होला.

हरेक विहान झिसमिसेमा
त्रासदीको तुवाँलो वीच थरथर काप्दै
मैले खवर कागत पल्टाउँछु
र खोज्छु आफ्नै नामका समवेदना सन्देशहरू

म वेदना हीनताको
समवेदनाका प्रायोजित शब्दहरूवीच
एक कप चियाको लागि
समवेदना विज्ञापनको कमिसन सम्झन्छु 
र फेरि एकपल्ट मर्न व्यग्र हुन्छु

समवेदनाको सास्कृतिक उत्सवमा
नीरोको नेपाली बासुरिहरू
शंखको कर्कश एकोहोरो आवाजहरू
मृत्युवेदनाका शतिप्रथाकालिन
एकोहोरो पञ्चेवाजाहरू
पुन पुन सुन्न उद्यत हुन्छु

किनकि हरेक विहान राजमार्गमा
लस्कर लागेका यात्रीहरू नेर
ससस्त्र वुद्धका मूर्तीहरू देखेर
हतार हतार न्यायालय पुग्दा
साक्षीको कठघरामा असरल्ल जल्न वाँकी हुन्छन 
गीताका अन्तिम पानाहरू
हरेक बिहान

हेरेर आफ्नै समवेदना सन्देश
म चुपचाप उभिएकी छु
जिजीविषाका याचनातीत
एकजोर आखाहरू बोकेर

No comments: