Sunday 8 April 2012

Nepali Gajal and Kabita Haru-1

सिमसारमा सुन फल्छ चिसेनीमा चादी
बाजो फोडन पसिना देउ आफ्नै धर्ती माथि
पसिनाको धाराले यहा नहर निकाल्न सकिन्छ साथी
झुपडीको अध्यारोमा दीप सालकै मुस्कान ल्याउनु जाति
उन्न्तीका थुप्रै फडके हामीले तर्नुछ नेपाली धर्ति माथि
देश बनाउन हे युवा ! पौरख गर्नुछ फर्कौ अब आफ्नै धर्ति माथि
पौरखीका सन्तान हामी पौरख गरि बाचौ
झिलीमिली घरगाउ बनाइ त्यती बेला नाचौ

आजै मरे आशाहरु उन्न्ती नै हुन्न
पौरख गरौ आफ्नै देशमा संसारले छुन्न

फापर फलाउ लेकैमा तेललाई तोरी झारनुछ
देश बनाउन हे युवा ! पौरख गर्नुछ ।
सुनाखरी चमेली झै बासना मगमग
आट हिम्म्त के पो छिन् तिमी हामीसग

हिम्म्तले देश बनाउन कुटो उचालौ
माया प्रेमले भाइचाराको नाता बसालौ

लाने केही होईन तो ज्यान एक दिन मर्नुछ
देश बनाउन हे युवा ! पौरख गर्नुछ ।
परिश्रमी हातहरुको सोचाइ सगरमाथा
खुशी हुन्छिन पौरख गर्दा आफ्नै धर्तीमाता
जोडौ आजै पूर्व पस्चीम राजमार्ग खनी
उतर दक्षिण त्यसै छुन्छ सहनशिल बनी
धरै सन्तान धरै थरी एउटै पर्नुछ
देश बनाउन हे युवा ! पौरख गर्नुछ

No comments: